जुन ५ तारीख आइतबार कोभिड-१९ केसको विवरण
.रिपोर्ट भएको कुल पुष्टि केस संख्या: ५१५
.पिसिआरबाट पत्ता लागेको केस: १३६
.रयापिड एन्टिजेन टेस्टबाट आएको केस : ३७९
.४४ वटा एन्टिजेनबाट पोजिटिभ भएको केस पिसिआर टेस्ट गर्दा नेगेटिभ आएका थिए । नेगेटिभ सदर भएका केसलाई संक्रमितको लिस्टबाट हटाइने छ।
.कुल संक्रमित संख्या : १,२१५,१५३ (वर्ल्डोमिटरले देखाएको )
. कुल मृत्यु संख्या: ९,३८६ ( वर्ल्डोमिटर )
.आज न्यूक्लिक एसिड परीक्षणबाट पुष्टि भएका नयाँ केस अन्तर्गतका १३६ जनामध्ये २० जना अस्पताल प्राधिकरणले, १४ जना स्वास्थ्य विभागको जनस्वास्थ्य प्रयोगशाला सेवाबाट र बाँकी १०२ जना निजी प्रयोगशाला वा सामुदायिक परीक्षण केन्द्रबाट प्रत्यक्ष ढंगले पुष्टि भएका थिए ।
.आयातित केस संख्या : ४२ जना
.एयरपोर्टमा पत्ता लागेको केस: १८
.क्वारेन्टाइन होटेलमा पत्ता लागेको केस : २०
.फिलिपिन्सबाट आएको २ वटा केस हङकङ आएको बाह्रौं दिनपछि कम्युनिटीमा पोजेटिभ पुष्टि भएका थिए । उनिहरुको नमुनामा सिटि भ्याल्लु न्युन देखिएका कारण स्थानीय समुदायबाट उनीहरु संक्रमित भएको हुन सक्ने बताइएको थियो ।
. नर्सिङ होमबाट आएको केस संख्या : ०
.सेक किप मेइको होलि टृनिटी कलेजको ज्याज डान्स क्लासबाट एक जना विद्यार्थी पोजिटिभ भएका थिए । यो क्लस्टरबाट पोजिटिभ हुनेको संख्या ९ जना विद्यार्थी र एक जना टिचर गरेर १० पुगेको छ।
.हङकङको सेन्ट्रलमा रहेको जेन्ट्रल क्लस्टरबाट थप २ वटा केस आएका थिए । जेन्ट्रल क्लबको ठेगाना हो- ४-५फ्लोर , क्यालिफोर्निया टावर, ३२ डिएगुइलर स्ट्रीट, सेन्ट्रल । यो क्लस्टरबाट संक्रमित हुने केस संख्या ३७ पुगेको छ जसमा १७ देखि ३० वर्ष बीचका २० जना पुरुष र १७ जना महिला रहेका छ्न।
. आइरन फेरिज एन्ड जे. बोरोस्की नामक बार क्लस्टरबाट थप ३ जना कस्टमर संक्रमित भएका थिए । उक्त बार रहेको ठेगाना हो – लोअर ग्राउन्ड , चाइनाचेम हलिवुड सेन्टर ,१ हलिवुड रोड, सेन्ट्रल। यो क्लस्टरबाट संक्रमित हुनेको कुल केस संख्या ५६ पुगेको छ जसमा १८ देखि ५८ वर्ष बीच ५४ जना कस्टमर र २ जना स्टाफ परेका थिए ।
.३५ नम्बर पोटिङ्गर स्ट्रीट,सेन्ट्रलमा रहेको डान्स फ्लोर नभएको लिन्क( LINQ) बारबाट १३ वटा केस आएका थिए । यो क्लस्टर अन्तर्गत संक्रमित हुनेको संख्या ७८ पुगेको छ ।
.सेन्ट्रलको लान क्वाइ फङमा रहेको सफ्फल नाइट क्लब बाट थप २७ वटा नयाँ केस आएका थिए । यो क्लस्टरबाट संक्रमित हुनेको कुल केस संख्या ६९ पुगेको छ जसमा ४० जना महिला र २९ जना पुरुष परेका छ्न।
.हो मान तिन, काउलुन सिटिको स्यङ लोक स्ट्रीटमा रहेको क्वुन ताक कोर्टको क्वुन सिङ हाउस निवासी एक ३८ वर्षकी महिला ओमिक्रोन सब भेरिएन्ट बिए.२.१२.१ द्वारा संक्रमित भएकी थिइन । उनको परिवारको दुई जना सदस्य गत हप्ता संक्रमित भएका थिए । स्वास्थ्य अधिकारीका अनुसार काउलुन सिटिमा संक्रमणको गुप्त साङलाहरु सक्रिय रहेको हुनसक्छ । ताइकु शिङको म्याकडोनाल्ड क्लस्टरबाट ओमिक्रोन सब भेरिएन्ट बिए.२.१२.१ द्वारा संक्रमित हुनेको संख्या ३६ पुगेको छ।
क्युइन मेरि अस्पताल अर्थोपेडिक्स एन्ड ट्राउमाटोलोजी डिपार्टमेन्टकि एक नर्स हिजो संक्रमित भएकी थिइन। उनी काम गर्ने वार्डका २४ जना बिरामी माथी कोभिड परिक्षण गर्दा एक जना न्यून भाइरल लोडका साथ पोजिटिभ पुष्टि भएका थिए ।
नर्थ डिस्ट्रीक्ट हस्पिटल आसियु डिपार्टमेन्टका ३ जना डाक्टर रयापिड एन्टिजेन टेस्टबाट संक्रमित भएका थिए । तिनै जना डाक्टर काम गर्न जुन २ तारीख अस्पताल गएका थिए । त्यस अस्पतालका आइसियु डिपार्टमेन्टका सम्पूर्ण बिरामी तथा स्टाफहरु अनिवार्य कोभिड परिक्षणमा जानुपर्ने भएको थियो ।
हालसम्मको मृत्यु तथ्यांक
.हङकङमा पाचौं लहरले ल्याएको कुल मृत्यु संख्या : ९,१७३
.आज रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : ४
.मृत्यु हुनेमा ६८ वर्ष देखि ९८ वर्ष बीचका ३ जना पुरुष र १ जना महिला परेका थिए ।
.औसत मृत्यु दर : ०.७६४%
.अस्पतालमा भर्नारत बिरामीको संख्या : ३४९
.क्रीटिकल बिरामीको संख्या : ११
. सिरियस बिरामीको संख्या : ६
.आइसियुमा कृटिकल बिरामीको संख्या : ५
.निको भएको बिरामीको संख्या : २९ ( गत २४ घन्टामा)
.डिस्चार्ज भएको बिरामीको संख्या : २० “
.अस्पतालमा भर्ना हुने क्रममा पुष्टि केस: १
.अस्पताल भर्ना हुँदा पुष्टि भएका केसको क्लोज कन्ट्याक्ट: १
.अस्पताल प्राधिकरणको मातहतमा रहेका संक्रमित कर्मचारीको संख्या :२३,५०२
. निको भएर काममा फर्किएका कर्मचारीको संख्या : २३,४०९