क्रान्ति सुब्बा

जुन ३ तारीख शुक्रबार कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ४९९
.पिसिआरबाट पत्ता लागेको केस: १९९
.रयापिड एन्टिजेन टेस्टबाट आएको केस : ३००
.४९ वटा एन्टिजेनबाट पोजिटिभ भएको केस पिसिआर टेस्ट गर्दा नेगेटिभ आएको थियो ।
.कुल संक्रमित संख्या : १,२१४,१९२ (वर्ल्डोमिटरले देखाएको )
. कुल मृत्यु संख्या: ९,३८२ ( वर्डोमिटर)

.आज न्यूक्लिक एसिड परीक्षणबाट पुष्टि भएका नयाँ केस अन्तर्गतका १९९ जनामध्ये २७ जना अस्पताल प्राधिकरणले, १९ जना स्वास्थ्य विभागको जनस्वास्थ्य प्रयोगशाला सेवाबाट र बाँकी १५३ जना निजी प्रयोगशाला वा सामुदायिक परीक्षण केन्द्रबाट प्रत्यक्ष ढंगले पुष्टि भएका थिए  ।

.आयातित केस संख्या : ४९ जना
.एयरपोर्टमा पत्ता लागेको केस: २५
.क्वारेन्टाइन होटेलमा पत्ता लागेको केस : १४
.हङकङ आएको तेस्रो दिनमा एक जना स्थानीय पाइलट संक्रमित भएका छ्न।

. नर्सिङ होमबाट आएको केस संख्या : १ जना कर्मचारी । नर्सिङ होमका ९ जना क्लोज कन्ट्याक्टमा रहेकालाई क्वारेन्टाइन पठाइएको थियो ।

.हङकङका विभिन्न ११ वटा स्कुलबाट  थप १२ वटा नयाँ केस आएका थिए । जसमा ९ जना विद्यार्थी र ३ जना शिक्षक परेका थिए । यी केसहरु  ६ वटा किन्डरगार्टन , ३ वटा प्राइमरी स्कुल र २ वटा हाइ स्कुलबाट आएका थिए ।
हङकङ क्रिश्चियन सर्भिसेस टाइम्स नर्सरी स्कुलका २ जना विद्यार्थी संक्रमित भएका थिए जस मध्ये एक जना विद्यार्थीमा  ओमिक्रोन सब भेरिएन्ट बिए.२.१२.१ भेटिएको थियो । यी दुबै विद्यार्थी दिउँसो १२: ४५ र २:४५ सम्म हुने ब्रेकको समयमा मास्क नलगाई आमनेसामने सुतेका थिए । त्यही रुममा सुतेका अन्य ८ जना क्लोज कन्ट्याक्टमा विद्यार्थीलाई क्वारेन्टाइनमा जाने आदेश दिइएको थियो ।
  डेलिया स्कुल अफ क्यानाडाका थप एकजना विद्यार्थी ओमिक्रोन सबभेरिएन्ट बिए.२.१२.१ बाट पोजिटिभ भएका थिए । भाइरसको यो उपनश्लबाट संक्रमित हुनेको संख्या डेलिया स्कुलमा ४ पुगेको छ।

.हङकङको सेन्ट्रलमा रहेको जेन्ट्रल क्लस्टरबाट कुनै केस थपिएन। जेन्ट्रल क्लबको ठेगाना हो- ४-५फ्लोर , क्यालिफोर्निया टावर, ३२ डिएगुइलर स्ट्रीट, सेन्ट्रल ।

. आइरन फेरिज एन्ड जे. बोरोस्की नामक बार क्लस्टरबाट  थप कुनै केस आएनन।  उक्त बार रहेको ठेगाना हो – लोअर ग्राउन्ड , चाइनाचेम हलिवुड सेन्टर ,१ हलिवुड रोड, सेन्ट्रल।

.३५ नम्बर पोटिङ्गर स्ट्रीट , सेन्ट्रलमा रहेको लिन्क( LINQ) बारबाट थप ३ वटा केस आएका थिए । यो क्लस्टर अन्तर्गत संक्रमित हुनेको संख्या २३ पुगेको छ। उक्त बारमा  शुक्रबार र शनिबार अर्थात  मे २७ र २८ तारीख ३५० भन्दा बढी ग्राहकहरु उपस्थित भएका थिए । बारबाट संकलित ३२ वटा पर्यावरणीय नमुना नेगेटिभ आएको थियो ।

.सेन्ट्रलको लान क्वाइ फङमा रहेको सफ्फल नाइट क्लब मा संक्रमणको नयाँ प्रकोप फुटेको थियो  जहाँबाट १४ वटा नयाँ केस आएका थिए  जसमा २१ देखि ३२ वर्ष बीचका ११ जना महिला ३ जना पुरुष परेका थिए । ती संक्रमित मध्ये एक जना एक हप्ता अगाडि जेन्ट्रल क्लब गएका थिए । एउटै एरियामा संक्रमणको प्रकोप फैलिएको यो चौथो बार (नाइट क्लब ) क्लस्टर हो।

सप्फल नाइट क्लब

.अहिलेसम्म ६ जनाले जानीजानी कोभिड इन्फेक्सन भएको झुठो रिपोर्ट पेस गरेको पत्ता लागेको छ जसमा ३ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ। र ती ६ जनाको केस प्रहरी बिभागमा हस्तान्तरण भैसकेको छ।
.भ्याक्सिन पास स्किमबाट छुट पाउन लागि फर्जी वा म्याद सकिएको संक्रमण रिपोर्ट पेस नगर्न सरकारले पुनः अनुरोध गरेको थियो ।

हालसम्मको मृत्यु तथ्यांक
.हङकङमा पाचौं लहरले ल्याएको  कुल मृत्यु संख्या : ९,१६८
.आज रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : २
. मृत्यु हुनेमा २ जना पुरुष एक जना ७९ र अर्का ८७ वर्षका परेका थिए । ती दुई जनामा एक जनाले एक र अर्काले दुई मात्रा  खोप लगाएका थिए र दुबै जना दिर्घरोगी थिए ।
.औसत मृत्यु दर : ०.७६४%

.अस्पतालमा भर्नारत बिरामीको संख्या : ३६२
.क्रीटिकल  बिरामीको संख्या : १२
. सिरियस बिरामीको संख्या : ७
.आइसियुमा कृटिकल बिरामीको संख्या : ६
.निको भएको बिरामीको संख्या : ५९ ( गत २४ घन्टामा)
.डिस्चार्ज भएको बिरामीको संख्या : ४७      “

.अस्पतालमा भर्ना हुने क्रममा पुष्टि केस: १
.अस्पताल भर्ना हुँदा पुष्टि भएका केसको क्लोज कन्ट्याक्ट: २

.अस्पताल प्राधिकरणको मातहतमा रहेका संक्रमित कर्मचारीको संख्या :२३,४५७
. निको भएर काममा फर्किएका कर्मचारीको संख्या : २३,३६७

तपाईको प्रतिक्रिया