क्रान्ति सुब्बा

जुन २ तारीख बिहीबार कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ४८९
.पिसिआरबाट पत्ता लागेको केस: १७०
.रयापिड एन्टिजेन टेस्टबाट आएको केस : ३१९
.कुल संक्रमित संख्या : १,२१३,६९३(वर्ल्डोमिटरले देखाएको )
. कुल मृत्यु संख्या: ९,३८० ( वर्डोमिटर)

.आज न्यूक्लिक एसिड परीक्षणबाट पुष्टि भएका नयाँ केस अन्तर्गतका १७० जनामध्ये ४१ जना अस्पताल प्राधिकरणले, १५ जना स्वास्थ्य विभागको जनस्वास्थ्य प्रयोगशाला सेवाबाट र बाँकी ११४ जना निजी प्रयोगशाला वा सामुदायिक परीक्षण केन्द्रबाट प्रत्यक्ष ढंगले पुष्टि भएका थिए  ।

.आयातित केस संख्या : ६५ जना
.एयरपोर्टमा पत्ता लागेको केस: ३७
.क्वारेन्टाइन होटेलमा पत्ता लागेको केस : २०

. नर्सिङ होमबाट आएको केस संख्या : ०
.अपांग गृहबाट आएको केस संख्या : १

.हङकङका विभिन्न ३४ वटा स्कुलबाट  जम्मा थप ४० वटा नयाँ केस आएको थियो। जसमा २८ जना विद्यार्थी र १२ जना शिक्षक परेका थिए । सेक किप मेइमा रहेको होलि ट्रीनिटी कलेजको एउटा ज्याज डान्स कक्षामा संक्रमणको नयाँ क्लस्टर जन्मिएको छ। जसमा पाँच जना विद्यार्थी र एकजना शिक्षक परेका छ्न जो मे २९ तारीख आइतबारको कक्षामा सहभागी भएका थिए ।
पोक ओइ अस्पताल ताङ पुइ किङ  मेमोरियल कलेजबाट कुनै केस आएन।
वु काइ शा स्थित लि पो चुन युनाइटेड वर्ल्ड कलेजबाट ४ जना विद्यार्थी संक्रमित भएका छ्न।

.हङकङको सेन्ट्रलमा रहेको जेन्ट्रल क्लस्टरबाट थप २ वटा केस थपिएका थिए । जेन्ट्रल क्लबको ठेगाना हो- ४-५फ्लोर , क्यालिफोर्निया टावर, ३२ डिएगुइलर स्ट्रीट, सेन्ट्रल । यो क्लस्टरबाट संक्रमित हुने कुल केस संख्या ३३ पुगेको छ जसमा १७ देखि ३० वर्ष बीचका १६ पुरुष र १७ महिला परेका छ्न ।

. आइरन फेरिज एन्ड जे. बोरोस्की नामक बार क्लस्टरबाट थप २ वटा केस आएका थिए । उक्त बार रहेको ठेगाना हो – लोअर ग्राउन्ड , चाइनाचेम हलिवुड सेन्टर ,१ हलिवुड रोड, सेन्ट्रल। यो बारबाट संक्रमित हुने  कुल केस संख्या ५१ पुगेको छ जसमा १८ वर्ष देखि ५८ वर्ष बीचका  ४९ जना कस्टमर २ जना स्टाफ परेका थिए ।
.३५ नम्बर पोटिङ्गर स्ट्रीट , सेन्ट्रलमा रहेको लिन्क( LINQ) बारमा थप एउटा प्रकोप क्लस्टरको जन्म भएको छ। यो क्लस्टर अन्तर्गत १७ देखि ५८ वर्ष बीचका १८ वटा केस आएका छ्न जसमा ११ जना पुरुष र ७ जना महिला परेका छ्न। संक्रमितहरु शनिबार र आइतबार अर्थात  मे २८ र २९ तारीख बारमा उपस्थित भएका थिए । २ जना संक्रमितले दुबै रात बारमा आफ्नो उपस्थिति जनाएका थिए । १ जना संक्रमितले पहिला आइरन फेरिज भन्ने  बार पनि गएका थिए । सबै १८ जना संक्रमितले लिङ्क बारमा बसेर पिएका थिए तर यो बारमा डान्स फ्लोर भने छैन। हङकङमा हालै उत्पन्न भएका नयाँ बार क्लस्टर मध्ये यो तेस्रो बार हो।

.रिचल्यान्ड गार्डेन निवासी एउटै परिवारका तीन जना सदस्य ओमिक्रोन सब लिनिएज (उपगोत्र) बिए.२.१२.१ बाट संक्रमित भएका छ्न। एकजना अर्का २९ वर्षका पुरुष र ताइकु सिङ बस्ने परिवारका एक सदस्य पनि बिए.२.१२.१ बाट संक्रमित भएका छ्न। ओमिक्रोनको यो उप संस्करणबाट संक्रमित हुनेको संख्या ४५ पुगेको छ।
.फुड एन्ड हेल्थ ब्युरोले जनसमुदायलाई किर्ते र म्याद गुज्रिएको रयापिड टेस्ट रिजल्ट नपठाउन चेतावनी दिएको छ। अहिलेसम्ममा ६ जनाले जानीजानी झुठो रिपोर्ट दिएको शंका गरिएको छ जस मध्ये तीन जनालाई गिरफ्तार गरिसकिएको छ।
अधिकारीका अनुसार हाल लागू अवस्थामा रहेको भ्याक्सिन पास जसमा अनिवार्य खोपको तेस्रो खुराक लगाएको हुनुपर्छ – लाई छ्ल्ने मनसायले संक्रमित भएको गलत रिपोर्ट पेश गर्ने गरिएको  आशंका गरेका छ्न। संक्रमित भएपछि तेस्रो खोप लाउनु नपर्ने भएकोले यसो गरिएको हो।

हालसम्मको मृत्यु तथ्यांक
.हङकङमा पाचौं लहरले ल्याएको  कुल मृत्यु संख्या : ९,१६७
.आज रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : १
. मृत्यु हुनेमा एक ६४ वर्षकी खोपको दुई मात्रा लगाएकी दिर्घरोगी  महिला थिइन ।
.औसत मृत्यु दर : ०.७६४%

.अस्पतालमा भर्नारत बिरामीको संख्या : ३९७
.क्रीटिकल  बिरामीको संख्या : १२
. सिरियस बिरामीको संख्या : ७
.आइसियुमा कृटिकल बिरामीको संख्या : ७
.निको भएको बिरामीको संख्या : ५०
.डिस्चार्ज भएको बिरामीको संख्या : ३०

.अस्पतालमा भर्ना हुने क्रममा पुष्टि केस: ०
.अस्पताल भर्ना हुँदा पुष्टि भएका केसको क्लोज कन्ट्याक्ट: ०

.अस्पताल प्राधिकरणको मातहतमा रहेका संक्रमित कर्मचारीको संख्या :२३,३८२
. निको भएर काममा फर्किएका कर्मचारीको संख्या : २३,३३२

तपाईको प्रतिक्रिया