क्रान्ति सुब्बा
मे ३१ तारीख मंगलबार कोभिड-१९ केसको विवरण
.रिपोर्ट भएको कुल पुष्टि केस संख्या: ३२९
.पिसिआरबाट पत्ता लागेको केस: ११४
.रयापिड एन्टिजेन टेस्टबाट आएको केस : २१५
.कुल संक्रमित संख्या : १,२१२,६९९(वर्ल्डोमिटरले देखाएको )
. कुल मृत्यु संख्या: ९,३७८
.आज न्यूक्लिक एसिड परीक्षणबाट पुष्टि भएका नयाँ केस अन्तर्गतका १२५ जनामध्ये २३ जना अस्पताल प्राधिकरणले, १३ जना स्वास्थ्य विभागको जनस्वास्थ्य प्रयोगशाला सेवाबाट र बाँकी ८९ जना निजी प्रयोगशाला वा सामुदायिक परीक्षण केन्द्रबाट प्रत्यक्ष ढंगले पुष्टि भएका थिए ।
.आयातित केस संख्या : ३५ जना
.एयरपोर्टमा पत्ता लागेको केस: १९
.क्वारेन्टाइन होटेलमा पत्ता लागेको केस : १६
आयातित मध्ये १ जना १९ वर्षका किशोर हङकङ भित्रिएको ८ दिन पछि समुदायमा पोजिटिभ पुष्टि भएका थिए । ती युवक यो भन्दा अगाडि अमेरिकामा छ्दा पनि पोजिटिभ भएकाले उनको केस रिपोजिटिभ भएको आशंका गरिएको थियो ।
आयातित केसमध्ये अमेरिकाबाट ९, सिंगापुरबाट ४,फ्रान्सबाट ३, बेलायतबाट ८, अष्ट्रेलियाबाट ४, क्यानाडाबाट २, ताइवानबाट २, इन्डोनेसियाबाट २, स्पेनबाट २, पोल्यान्डबाट २, फिलिपिन्सबाट २ जना आएका थिए ।
.हङकङका विभिन्न २४ वटा स्कुलबाट जम्मा थप २७ वटा नयाँ केस आएको थियो। जसमा २० जना विद्यार्थी र ७ जना शिक्षक परेका थिए ।
.हङकङको सेन्ट्रलमा पछिल्लो पटक जन्मिएको संक्रमणको नयाँ क्लस्टर आइरन फेरिज एन्ड जे. बोरोस्की नामक बारबाट थप १० वटा केस आएका थिए । उक्त बार रहेको ठेगाना हो – लोअर ग्राउन्ड , चाइनाचेम हलिवुड सेन्टर ,१ हलिवुड रोड, सेन्ट्रल। यो बारबाट संक्रमित कुल केस संख्या ३२ पुगेको छ जसमा १८ देखि ५४ वर्ष बीचका १३ जना पुरुष र १९ जना महिला परेका छ्न।
.हङकङको सेन्ट्रलमा रहेको जेन्ट्रल क्लस्टरबाट थप ४ वटा केस थपिएका थिए । जेन्ट्रल क्लबको ठेगाना हो- ४-५फ्लोर , क्यालिफोर्निया टावर,३२ डिएगुइलर स्ट्रीट, सेन्ट्रल । यो क्लस्टरबाट संक्रमित हुने कुल केस संख्या २७ पुगेको छ जसमा १७ देखि ३० वर्ष बीचका १५ पुरुष र १२ महिला परेका छ्न ।
.सेन्टर फर हेल्थ प्रोटेक्सनले ओमिक्रोन उपभेरिएन्ट बिए.२.१२.१ बाट संक्रमित थप ६ वटा केस पत्ता लगाएको थियो । यो संस्करणबाट संक्रमित हुनेको संख्या हङकङमा ७८ पुगेको छ। ओमिक्रोन सब भेरिएन्ट बिए.२.१२.१ बाट संक्रमित थप एउटा स्थानीय केस थपिएको थियो । यी संक्रमित पुरुष हङकङ कन्भेन्सन एन्ड एक्जिबिसन सेन्टर (HKCEC) भवनको पहिलो तल्लाको वेयरहाउसमा काम गर्छन ।
ती कामदारमा मे २६ तारिख लक्षण देखापरेको थियो भने मे २८ तारिख पोजिटिभ भएका थिए । सेन्टरको क्यान्टिनबाट संकलन गरिएको १५० थान नमुना सबै नेगेटिभ आएका थिए । मे २५ तारीख बिहान क्यान्टिनमा ब्रेकफास्ट खान गएका २६ जना व्यक्ति अनिवार्य परिक्षणमा गएका थिए ।
उक्त कामदार मे २६ तारीखदेखि काममा जान छोडेका छ्न। उनको मुख्य काम सरसमान सरसफाइ गर्नु रहेकोले उनको सम्पर्क जनसमुदाय भएको थिएन । उनको भनाइ अनुसार उनले खाजा खाने क्रममा क्यान्टिनका एक स्टाफलाई भेटेका थिए ।
.ओमिक्रोन सब भेरिएन्ट बिए.५ बाट संक्रमित एउटा केस पनि थपिएको थियो । उनी थिए एक २५ वर्षका युकेबाट आएका पुरुष ।
हालसम्मको मृत्यु तथ्यांक
.हङकङमा पाचौं लहरले ल्याएको कुल मृत्यु संख्या : ९,१६५
.आज रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : ०
औसत मृत्यु दर : ०.७६४%
.अस्पतालमा भर्नारत बिरामीको संख्या : ४१९
.क्रीटिकल बिरामीको संख्या : १०
. सिरियस बिरामीको संख्या : ८
.आइसियुमा कृटिकल बिरामीको संख्या : ५
.निको भएको बिरामीको संख्या : ५६
.डिस्चार्ज भएको बिरामीको संख्या : ४६
.अस्पतालमा भर्ना हुने क्रममा पुष्टि केस: ०
.अस्पताल भर्ना हुँदा पुष्टि भएका केसको क्लोज कन्ट्याक्ट: ०
.अस्पताल प्राधिकरणको मातहतमा रहेका संक्रमित कर्मचारीको संख्या :२३,२३८
. निको भएर काममा फर्किएका कर्मचारीको संख्या : २३,२०४