अदिती श्रेष्ठ

काठमाडौं ।  लेखक नयन राज पाण्डेद्वारा लिखित चर्चित उपन्यास ‘ उलार ‘ मा आधारित  नाटक वैशाख ६ गतेदेखि दैनिक  मञ्चन भई रहेको छ। चे शंकरको निर्देशनमा बनेको यो नाटक बुधबार देखि टेकु स्थित कौसी थिएटरमा नियमित अपरान्ह ५:३० बजे  एक महिनाको रिहर्सलपछि मञ्चन भएको हो । मंगलबार बिदाको दिन भएकोले मंचन हुन्न । शनिबार दिउँसो एक बजे मंचन हुन्छ । गार्डेन थिएटर र कथाघेराको सहकार्यमा ‘उलार’ लाई नाटकमा रूपान्तरण गरिएको हो ।


” यसमा एउटा टांगा चलाउने पात्र छ जसको आशा, अभिलाषा ,जीवनशैलीको वरिपरि कथा घुमेको छ।” भन्छन निर्देशक चे। ” सत्ताको अगाडि वास्तवमा हामी सबै प्रेम ललवा हौं।” थप्छ्न।
मुल पात्र प्रेम ललवा समाजले विद्रोही बन्न बाध्य पारिएको एउटा टुहुरा युवा हुन भन्छन ललवाको भुमिका निर्वाह गर्ने सबिर चुरौटे।
२५ वर्षअघि प्रकाशित ‘उलार’ सीमान्तकृत वर्गका जनताका संघर्ष  र भोगाइलाई नेपालगन्जको परिवेशमा बुनिएको छ । सरिता गिरी, सबिर चुरौटे, अरुण शर्मा, सञ्जय गुप्ता, शेखर चापागाईं लगायतका कलाकारहरुको यस नाटकमा प्रमुख अभिनय रहेको छ। रंगमञ्चको प्रप्स डिजाइनर अदिती श्रेष्ठ रहेकी छिन।


लेखक पाण्डेको महत्त्वपूर्ण कृतिका रुपमा पढिएको उपन्यासको कथा र यसले उठाएका मुद्दा वर्तमान नेपाली समाजमा सान्दर्भिक रहेकाले नाटकमा रुपान्तरण गरिएको निर्देशक चे शंकरको भनाइ छ । ‘कोही किन बर्बाद होस’,सेम टाइम नेक्स्ट इयर’,  `लूक ब्याक इन इंगेर’,  `उ मरेकी छैन’,  `तिर्खा’ लगायतका अन्य नाटकहरु निर्देशक चेले यस अघि निर्देशन गरिसकेका छन ।
यो नाटक  वैशाख ६ गतेदेखि १८ सम्म मञ्चन हुनेछ।

तपाईको प्रतिक्रिया