सुरेश चाम्लिङ , टेक्सास
युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका ट्याफ लोकल च्याप्टरले किराती राई हरुको महान चाड साकेला उधौंली र यलम्बर साँझ तेश्रो टेक्सासमा भब्य रुपमा सम्पन्न गरेको छ।
उक्त सभालाई सम्बोधन गर्दै अर्गनाइजेसनका केन्द्रीय सभापति मुना राईले हामी २८ भाषी किरात राईहरु जहाँ रहेता पनि सुम्निमा पारुहांगको सन्तान भएकोले र पितृ पुजक,तीन चुला पुज्ने भएकाले हाम्रा तीनै धर्म संस्कार र संस्कृतीको जगेर्ना गर्ने उदेश्यले अमेरीकामा यो ओर्गनाइजेसनको जन्म भएको कुरा बताउनु भयो। र हालै टेक्सास, अर्कान्सास र फ्लोरिडा राज्यलाई मिलाएर संगठन बिस्तार गरी ट्याफ लोकल च्याप्टर गठन गरिएको कुरा बताउनु भयो।
विश्व ग्लोबलाइजेसनका कारण साँगुरो भएको बेला हामीले नेपालबाट आत्मसात गरी आएको संस्कार संस्कृती भावी पुस्ताको लागी जगेर्ना गर्नु परी रहेछ भने आफ्नो कर्मभूमी अमेरीकाको नियम कानुन यहाँको संस्कार र संस्कृतिको पालन गर्दै अन्तरास्ट्रिय भातृत्वको बिस्तार पनि गर्नु परी रहेको कुरा बताउनु भयो।
अर्का वक्ता अर्गनाइजेसनका संस्थापक सभापति तथा एनआरएन अमेरीकाका पुर्व सभापति शिब कुमार राईले संस्थाको स्थापना किन आवश्यक भयो र स्थापना काल देखि अहिलेसम्मको चुनौती र कठिनाइ बारे प्रकाश पार्नु भयो।
संस्थाका पुर्व केन्द्रीय सभापति तथा साकेला थान निर्माण समीतीको संयोजक बिष्णु राईले साकेला उधौली र उभौली किन मनाउने र यसको महत्व के छ भन्ने बारेमा प्रकाश पार्नु हुदैअमेरीकामा साकेला थान किन आवस्यकता छ भन्ने बारेमा प्रस्ट पार्नु भयो।
उहाँले साकेला थान खरीद को लागी सिड मनीको रुपमा डलर ५००१/-सोहि समारोहमा प्रदान गर्नु भयो।
प्रमुख अतिथि एनआरएन अमेरीकाका पुर्व अध्यक्ष सुनील साहले साकेला उधौलीको शुभ कामना दिनु हुदै युनाइटेड किरात राई अर्गनाइजेसनले किरात भाषा धर्म संस्कृतिको संरक्षण गर्नुका साथै एनआरएनको जग बसाउने नेता पनि जन्माएको कुरा बताउनु भयो।
दुइ चरणमा विभक्त उक्त कार्यक्रमका सभापतित्व ट्याफ च्याप्टर सभापति दमकाजी राई र स्वागत मन्तव्य उपसभापति गौरब राई र संचालन महासचिव जय राई, शेखर राई र संदेश राईले गर्नु भएको थियो।
उक्त कार्यक्रममा बिभिन्न लोकल च्याप्टरका प्रतिनिधीले पनि बोल्नु भएको थियो। केशब राम राई न्युयोर्क, राम राई क्यालिफोर्निया, मुक्ति राई न्युहेम्प्शायर,सल्लाहकार तेज राई लगायतका वक्ताले बोल्नु भएको थियो।
दोश्रो सेसनको कार्यक्रममा कलाकारहरुले दमदार साँस्कृतिक कार्यक्रम प्रस्तुत गर्नु भएको थियो।
उक्त कार्यक्रममा स्थानीय संघसंस्थाका प्रतिनीधीहरु र आमन्त्रित पाहुनाहरुको सहभागीता रहेकोे थियो भने अर्गनाइजेसनका बिभिन्न च्याप्टरहरु बोस्टन केपकोट, न्यु हेम्प्शायर, भर्जिनिया,न्यु योर्क, नेब्रास्का, क्यालीफोर्निया लगाएतका राज्य हरुबाट पाहुनाहरु आएका थिए।
सुरेश चाम्लिङ्ग
टेक्सास बाट