आउदै गरेको ख्रिष्टमसको शुभकामनासहित इसाई धर्मावलम्बीहरुका परमपिता परमेश्वर पुत्र येशूको बर्णन गरिएको गीत  ‘हामी सबै येशूको’ सार्वजनिक भएको छ  ।

होसन्ना चर्चको प्रस्तुती  रहेको गीतमा सुष्मा बिश्वकर्मा र देबेन्द्र बरालको स्वर , लोकप्रीय संगीतकार सुबास भुसालको संगीत रहेको छ । जस्मिन एभरेस्टको शब्दरचना र पुरुषोत्तम सुबेदीको एरेन्ज रहेको गीतको म्युजिक भिडियोमा सुधिर श्रेष्ठ,  बिना राउत ,सरोज प्रजा र उषा उप्रेतीको अभिनय र नृत्य रहेको छ ।


  रामजी लामिछानेको कोरियोग्राफी, निर्देशन ,मनकृष्ण महर्जनको क्यामेरा र बन्दे प्रसाद शर्माको सम्पादन रहेको  ‘हामी सबै येशूको’  भिडियोलाई राजधानीमा एक कार्यक्रम गरी सार्वजनिक गरिएको थियो ।  होसन्ना चर्चको प्रस्तुती रहेको भिडियोमा राजु सुन्दास ,समिता सुन्दास ,आशिष महतो , माया लामा ,राधा भट्टराई र  रजनी थापा मगरको सयुक्त लगानीमा निर्माण गरिएको हो ।

भिडियो लिङ्क

तपाईको प्रतिक्रिया