१६ जुन २०२१ हङकङ । क्रान्ति सुब्बा ।
हङकङमा अहिले कोभिड विरुद्धको खोप लाउनेलाई सरकारी र निजि स्तरबाट अनेकौं सर सुबिधा साथै हङकङ डलर करोड सम्मको भाग्य चिठ्ठा काट्ने अवसर पनि उपलब्ध भइरहेकोछ। सेप्टेम्बर उप्रान्त धेरै जसो खोप केन्द्र बन्द गरिने भएकोले सो भन्दा अगाडि कम्तीमा हङकङका ५० प्रतिशत नागरिकले खोप लाओस भन्ने अपेक्षा राखिएकोछ। यस रचनामा यात्रा संग संबंधित केहि भाग्य चिठ्ठा कार्यक्रमलाई समेट्ने प्रयास गरिएकोछ।
१. ६०,००० वटा एयर टिकट फ्री एयरपोर्ट अथोरिटिको तर्फबाट
भ्याक्सिन लाउन हिचकिचाइ रहेको जमातलाई खोप तर्फ आकर्षित गर्न मे २६ तारीख हङकङ एयरपोर्ट अथोरिटिले कोरोना भ्याक्सिन लगाइसकेका हङकङका बासिन्दा र एयरपोर्टमा काम गर्ने कर्मचारीलाई ६० हजार वटा एयर टिकट भाग्य चिट्ठाद्वारा वितरण गर्ने कुरा घोषणा गरेको थियोे ।
६० हजार वटा टिकट मध्येबाट सेप्टेम्बरको अन्त सम्ममा दुबै डोज भ्याक्सिन लगाइसकेका हङकङ रेसिडेन्टको लागि ५० हजार र बाकी दस हजार वटा चाहिँ हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा काम गर्ने स्टाफको लागि छुट्याइएको छ।
यस चिट्ठाबारे पुर्ण जानकारी यथासमयमा प्रदान गरिनेछ।
२. करिब २ करोडको विभिन्न पुरस्कार हङकङ च्याम्बर्स अफ कमर्सले दिने
हङकङ सरकारद्वारा परिचालित खोप अभियानलाई मद्दत पुरयाइ धरासायी भएको हङकङको अर्थतन्त्रलाई यथाशीघ्र तन्दुरुस्त तुल्याउन द हङकङ जेनेरल च्याम्बर अफ कमर्सले जुलाई र सेप्टेम्बरको बीचमा भ्याक्सिन लट्री खेलाउने कुराको उदघोष गत जुन ३ तारीख गरेको थियो ।
उक्त भाग्य चिट्ठाका पुरस्कारहरु चाहिँ करिब २ करोड ( $20 million ) हङकङ डलर बराबरको हुनेछ। जस अन्तर्गत ५०० वटा एमटिआर एक वर्षे पास, क्याथे प्यासिफिक बिजनेस क्लासको एयर टिकट , होटेलमा बिशेष छुटमा बस्ने सुविधा , मनोरञ्जक पार्कको प्याकेज , ङोङ पिङ ३६० केबुल कारको पास, विभिन्न होटलमा डाइनिङ, सपिङ , कुपन ,उपहार साथै अन्य थुप्रै लाखौं डलरका पुरस्कारहरु राखिनेछ । पुरस्कारको पुर्ण सुची लक्की ड्र घोषणा भएको दिन सार्वजनिक गरिन्छ भनिएकोछ।
दुबै डोज भ्याक्सिन हङकङमा लगाएका १८ वर्ष पुगेका हङकङ आइडी होल्डरले यो भाग्य चिठ्ठामा भाग लिन पाउने छ्न। प्रत्येक पन्द्रह दिनमा उडाइने यो खेलमा भाग लिनलाइ प्रायोजकले उपलब्ध गराएको वेबसाईटबाट आफ्नो नाम दर्ता गराउनु पर्नेछ।
३. एमटिआर कम्पनीले ५०० वटा पास दिने
हङकङको एमटिआर कर्पोरेसनले भ्याक्सिन ग्रहण गरिसकेका नागरिकलाई ५०० वटा वार्षिक पास विजेताहरुलाई भाग्य चिट्ठा मार्फत प्रदान गर्ने घोषणा जुन १ तारीख २०२१ मा गरेको थियो । ५०० वटा एमटिआर पास वितरण गर्दा करिब हङकङ डलर १ करोड खर्च हुने बताइएकोछ। जुन पास विजेताले वर्षभरि असीमितरूपमा सो पासलाई रेल यात्रा गर्दा प्रयोग गर्न सक्दछ।
तर यो एनुअल पास एयरपोर्ट एक्सप्रेस ,एमटिआर फिडर बस, इस्ट रेल लाइनको फर्स्ट क्लास पृमियम र लो वु र लोक मा चाउ स्टेसन आउदा जादा प्रयोग गर्न मिल्दैन ।
चिट्ठाबारे थप विवरण समय आएपछि सार्वजनिक गरिनेछ।
४. सांग्रीला होटेलले एक वर्ष सित्तैमा बस्न दिने
शांग्रीला होटेलले आयोजना गर्ने भाग्य चिट्ठाको एक जना विजेताले एक वर्षको लागि संसारको जम्मा ७६ स्थानमा रहेका सयभन्दा बढी होटेलहरुमा निशुल्क बस्न पाउँछन्। बोर्डर खुल्ला नभएको अवस्थामा इच्छुकले हङकङको चार वटा होटलमा बस्न सक्नेछ।
यस भाग्य चिट्ठामा उमेरले १८ पुगेका हङकङका जोकोही आइडी कार्ड वाहक इप्लोइमेन्ट भिसामा भएका समेतले भाग लिन पाउनेछ्न। र सहभागी हुन चाहनेले ३१ अगस्टभित्र भ्याक्सिनको दुबै मात्रा लगाएको हुनु पर्दछ ।
चिट्ठाबारे पुर्ण विवरण चाडै सार्वजनिक हुनेछ।
५. डोरसेटले १,००० रुम निशुल्क दिने
डोरसेट हस्पिटालिटी इन्टरनेशनलले आफ्नो संसारभरि रहेका होटलका १,००० वटा कोठा लक्की ड्र विजेतालाई रात विताउनको निम्ति दिने निर्णय गरेकोछ। चानचुन १२ लाख हङकङ डलर मुल्य बराबरको १,००० वटा कोठामा बिजेताले होटेलको कुनै पनि शाखामा २ रात बिताउन सक्नेछन् र आगामी २०२२ सालको डिसेम्बरभित्र उक्त पुरस्कारलाई प्रयोग गर्न सकिन्छ ।
३०० वटा कोठा चाहिँ जापानको लागि छुट्याइएकोछ।
चिट्ठाबारे पुर्ण जानकारी समयमा दिइनेछ।