काठमाडौं । भेरोसेल खोप ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिहरूलाई लगाइने भएकोमा आफ्नो उमेर खुल्ने कागजात भएमा सजिलै खोप लगाउन पाइने मन्त्रालयले दिएको हो ।
नागरिकता नभई खोप लगाउन पाइन्छ या पाइँदैन भन्ने जिज्ञासा आएपछि मन्त्रालयले नागरिकता नभएका व्यक्तिले पनि खोप लगाउन पाइने स्पष्ट पारेको हो ।
‘नागरिकता नभएकाहरूका लागि आफ्नो नाम, उमेर र ठेगाना स्पष्ट देखिने अन्य कुनै सरकारी कागजपत्र भए पनि पुग्छ, त्यो पनि छैन भने वडा कार्यालयलाई आफूसँग कागजपत्र नभएको जानकारी गराउनुहोस् ।
र, वडा कार्यालयले दिएको सिफारिस लिएर खोप लगाउन गए सजिलै लगाउन पाइन्छ’ मन्त्रालयले भनेको छ ।