– चन्द्र मादेन “आन्छ्न”
आज विस्वभर पापी कोरोनाले
लाखौंको ज्यान लिइ संसारलाई
भय, त्रास, पिडाले आकुलव्याकुल
बनाएको बेला
१५ नोभेम्बर आइतबारको दिन
तिहार कै बेला धुमिल कोलाहल संगै
महादशा बज्रपात भयो
कसलाई थाहा थियो र
तीन वर्षे छोराको जन्मदिन मनाउदैमा
८/८ जनाको त्यो पापी कालरात्रीले
अल्पायु मै वलि भोक खान्छ भन्ने कठै
केहि गर्छु भन्ने अठोट हिम्मत र
लक्ष्य बोकेका तरुण फुलहरु
विनिता तामाङ , शेर बहादुर गुरुङ
युवराज कंडेल , रामबाबु नेपाल
अनिता निरौला
५ जना केवल ३२ देखि चालीस वर्षका
सुन्दर भविस्यको सपना बोकि
कंक्रीट शहर हङकङ पसेका
अभागी दिवंगत आत्माहरुले
अल्पायु मै जीवन ब्रम्हलिन गरे भने
भर्खरै पखेटा पलाउदै गरेका
निर्दोष , निश्चल अबोध वालाहरु
रायन नेपाल र किर्तिका कंडेल
वालशुलभ आत्मा अनि
गुलाव झैँ फक्रदै गरेकि
सुरक्षा कंडेल नानी
सबै दिवंगत आत्माले
हङकङेली नेपालीको
मनै रुवायो,छिया छिया बनायो
विश्व मानवको ध्यानाकर्षण गरि
सबैको मन कुड्यायो,निस्तब्ध बनायो
त्यो त्रासदीपुर्ण अत्यासलाग्दो
आगोको ज्वाला र मुस्लोले
कति पोले होला
दर्दनाक पीडाले सुइकुच्चा ठोक्न
होडबाजी गर्दै छटपटाए होलान्
धुवाँको अन्धकारमा निस्सासिएर
श्वासप्रश्वास बन्द भए होलान
आधासरो जिउ जलाएर
पिना सुक्ने गरि चीत्कार गरे होलान्
मृत्युसंग जिवनको भिख मागे होलान्
आ- आफ्नो शरीर चलायमानताको
उत्कर्षमा पुगिन्जेल लडिरहे होलान
कठै! त्यो हृदयविदारक आर्तनाद
याचना कसले सुन्ने ?
कति निष्ठुरी पापी काल तिमी
आठ आत्माको जिजिबिषा संहारमा
तृप्ती भयौ
आजभोलि याउ मा तेइ, जोर्डनमा
जब एम्बुलेन्सको आवाज बज्छ
भय, त्रास र कौतुहलले जिउ सिरिङ हुन्छ
नहुनु पर्ने त्यो अकल्पनीय अनिस्ट
कहालीलाग्दो अजङ्गको दुर्घटना भै छाड्यो
व्रम्हलिन हुनु भएका
प्रत्येक दिवंगत आत्मा प्रति
चिर शान्तिको कामना
हार्दिक श्रद्धासुमन गुच्छा पठाउछु।