आप्रवासी महिला कामदार समूह, AMKAS नेपालको संस्थापक अध्यक्ष र हाल कार्यकारी निर्देशक । पहाड
खोटांग जिल्ला तर बुबा सिंगापुर पुलिसमा भएको कारण जन्म सिंगापुर, दुइ दशकदेखि बैदेशीक रोजगारीको
क्षेत्रमा कार्यरत महिलाहरुको हक अधिकारको निम्ति वकालत गर्दै आएको, हाल अमकास नेपालको कार्यकारी
निर्देशकको रुपमा कार्यरत विजया राई श्रेष्ठसँग यो क्षेत्रमा के कस्तो अवसर र चुनौतीहरु छन् ? सरकारले आउदा
दिनहरुमा समस्या समाधान गर्न के कस्तो परियोजनाहरु ल्याउनुपर्छ ? जस्ता विषयवस्तुमा केन्द्रित रहेर गरिएको
कुराकानी ।

तपाईहरुको संस्थाले गर्ने कार्य सिमा र बिषय के हो ?

हाम्रो संस्थाको नाम आप्रबासी महिल्ला कामदार समूह नेपाल (AMKAS) हो । यहाँ रहेका हामी सबै सदस्यहरु बैदेशिक
रोजगारमा गएर फर्केको दिदीबहिनीहरु छौं । हाम्रो संस्थाले बैदेशिक रोजगारबाट फर्केका महिलालाई नै संगठित गर्ने काम
गर्छौं र उनिहरुलाई देशभित्र कसरी आर्थीक रुपमा सक्षम बनाउन सकिन्छ ? त्यसतर्फ पनि केन्द्रीत छ हाम्रो कार्ययोजना ।
त्यस्तै गरि महिलाको बैदेशिक रोजगार सुरक्षीत, ब्यवस्थित र मर्यादित हुनुपर्छ, महिलाको समस्यालाई मानव अधिकारको
दृष्टिबाट वकालत गरिनुपर्छ भन्ने दृष्टिकोणबाट स्थानीय निकायदेखि अन्तराष्ट्रियस्तर सम्म महिलामैत्री कानुनको तथा
अभिसन्धीहरुको लागि पैरवी गर्छौं । विदेश जानु चाहने र बैदेशिक रोजगार बाट फर्केका महिलाहरुको क्षमता अभिवृद्धि
गर्ने, स्थानीय स्तरमा जनचेतना कार्यक्रम, कानुनी सेवा, कानुनी परामर्श, मनोसामाजिक परामर्श साथै बैदेशिक रोजगारबाट अलपत्र परेको दिदिबहिनीहरुलाई सुरक्षीत आवासगृह सेवा पनि प्रदान गर्छौं ।

यो कोरोना महामारीको बेलामा हामीले८५० जना भन्दा बढी दिदीबहिनीहरुलाई हाम्रो सुरक्षीत आवास सेवा प्रदान गरेका छौं यसरी फर्किएर आउने धेरै जस्तो दिदिबैनीहरुले आफ्नो देशमा अवसर नपाएर अन्तिम विकल्पको रुपमा विदेशिएको हो । जबसम्म आर्थिक रुपले ससक्त हुने स्थिति आउदैन तब सम्म यसरी नै हाम्रा दिदिबहिनीहरु असुरक्षीत बैदेशिक रोजगारमा धकेलिनु पर्छ। बेचबिखनको सिकार बन्नु बाध्य हुनुपर्दछ। त्यसकारण हाम्रो संस्थान हाल आर्थिक शसक्तिकरणको लागि रातदिन प्रयास गरिराखेको छ । सरोकारवालाहरुसँग स्वरोजगारको लागि पैरवी गरिराखेको छौं । यदि आफ्नै समुदायमा वा आफ्नै देशमा रोजगार पाए जोखीम मोलेर कुनै महिला थोरै पैसाको निम्ति बाहिर जानू पर्दैन ।

बैदेशीक रोजगारीमा जाने महिलाहरुको सङ्ख्या कति छ र कति देशमा कार्यरत छन् ?

हालसम्म बैदेशिक रोजगारमा जाने महिलाहरुको यकिन तथ्यांक नेपाल सरकारले नै राख्न सकेको छैन किनकि नेपाल
सरकारले निरन्तर रुपमा महिलाहरु माथि लगाएको बिभेदपुर्ण प्रतिबन्दको कारण अधिकांश नेपाली महिलाहरु भारत हुदै
अबैधानिकरुपमा खाडी मुलुकहरुमा जाने कारण प्रमुख समस्या हो । तर हाम्रो आवासगृहको तथ्यांक हेर्दा हाल सम्म
१२५० जनाले सेवा पाईसकेकोमा झन्डै ८०% अबैध र झन्डै ८५% घरेलु कामदारमा गएका छन् । गएको देश भन्नु पर्दा
६०% भन्दा धेरै कुवैतबाट ,कोहि साउदी अरेवीया, दुबई, बहराइन, ओमान,लेबनान, ईराक, मलेशिया,कतार, साईप्रस,
जोर्डन र इरान गएर फर्केकाहरु छन् l

बिशेष खाडी मुलुकहरुमा जाने महिलाहरुको चुनौती र समस्या के कस्ता छन् ?

खाडी मुलुक जाने महिलाहरुमा देखिने समस्या भनेको अबैधढंगले जाने हो ।अभिमुखीकरण तालिम र भाषा नसिकि जाने ।भाषा नजानेको र काम नजानेको कारण अनेक गाली गलौज सामना गर्नु पर्ने, भनेजति तलब नपाउने अर्थात् शारीरिक , मानसिक तथा आर्थिक शोषण जस्ता समस्यामा पर्नु परेको छ । यतातिर बल्ल तल्ल ज्यान जोगाएर आफ्नो देश फर्किसके पछि पनि सरकार द्वारा लागु गरेका सेवा सुबिधाबाट बन्चित हुनु पर्ने अवस्था छ अबैध भएको कारण ।

तपाईहरुको आवास गृहमा के – कस्ता समस्या भएका महिलाहरु छन् ?

धेरै जस्तो बिदेशमा कमाउनु गएका तर खाली हात फर्किनु परेकाहरु अर्थात रित्तो हात,मानसिक अवस्था गुमेका, गर्भवती
महिला, बिमारी,शारीरिक अवस्था ठिक नभएका,मानसिक अवस्था पुरै गुमेका र घर अर्थात् परिवारले अपनाउन नमान्ने
खालका जस्ता , बिचल्लीको अवस्थाका रहेका महिलाहरु आउने गर्छन । तर धेरैको परिवारलाई परामर्श गर्छौं र परामर्श पछी उनीहरुलाई परिवारले अपनाएको अवस्था पनि छ । बैदेशिक रोजगारमा गएका महिलाहरु मानसिक र
शारिरिकरुपमा हदैसम्मको यातना खपेर बिक्षिप्त अवस्थामा आउने गरेको घटनाक्रम प्राय भैरहेको हुन्छ ।

यस्तो किसिमको हिंसामा महिला नै पर्नुपर्ने कारण के हो ?

हिंसा भनेको पुरुषलाई पनि पर्छ । पुरुष पनि बेचबिखनमा पर्छन् । तर महिला धेरै हिंसामा पर्नुको प्रमुख कारण त यो
सरकारले लगाएको बिभेदकारी प्रतिबन्ध नै हो । किनकि यस्तो किसिमको समस्यामा पर्ने अधिकांश महिलाहरु अशिक्षीत तथा घरेलु कामको लागि अबैध रूपमा भारतको बाटो हुँदै जाने महिलाहरु छन् । तर सरकारले यस्तो प्रतिबन्ध नलगाएर महिला, पुरुष दुबैलाई समान व्यवहार गर्ने, दक्षता अनुसार सिपमुलक तालिमको व्यवस्था गर्ने, आधारभूत भाषाको ज्ञान प्रदान गर्ने आदि राज्यको रणनिति भए माथी उल्लेखित हिंसा धेरै कम हुने थियो ।

नेपाल सरकारले आफ्ना नागरिको सुरक्षाको परेको बेलामा अपनाउनुपर्ने कदमहरु के हो ?

अरु देशको सरकारले जस्तो आकस्मिक सेवाहरुको राम्रो प्रबन्ध गर्नु पर्छ जुन कुरा नेपालमा नभएको होइन तर कार्यशैली फितलो छ। आफ्नो नागरिक समस्यामा पर्दा तुरुन्तै सम्बोधन गर्ने खालको सेवा सुबिधाहरु हुनु पर्यो किनकि हरेक
कामदारले आफ्नो ज्यान जोखिममा राखेर देशको अर्थतन्त्रलाई टेवा पुरयाएको छ। अबैध हुनु नपर्ने खालको नियम कानुनहरु ल्याउनु पर्छ। कमाउनुको लागि खाडी मुलुक र मलेशीया मात्र छैन राम्रो राम्रो देशहरु पनि छन् । जस्तै यूरोपीयन देशहरु । उदाहरणको निम्ति जापान जस्ता देशहरु जहाँ काम पनि छ र आफ्नो आधारभूत मानव अधिकार उपभोग गर्नु पनि पाइन्छ ।

हाम्रो देशमा बनेका निति नियम के कस्ता छ्न नागरिकको पुहचसम्म पुगेकै छैन । यसलाई स्थानिय तहसम्म जनचेतना बिस्तार गर्न के कस्तो अभियान चलाउनुपर्छ त्यता ध्यान दिन पर्दछ । हामीसँग बनेका राम्रा नीति नियमहरु पनि छन् तर
त्यसको कार्यान्वयन फितलो छ । स्थानिय तहसम्म अझै जनचेतना पुग्न सकेको छैन । दूरदराजका नपढेका समूहसम्म खासै सहि सूचना पुग्न सकेको छैन । अब यो जनचेतना कार्यक्रम केन्द्रिय स्तरमा मात्र नभएर स्थानीय तहका सरकारले एउटा अभियानको रुपमा लानु पर्दछ । भरसक स्थानिय तह मै स्वरोजगारको अवसर सिर्जना गर्नुपर्छ ।

बनेका निति नियम के कस्तो छ ? नागरिकको पुहचसम्म पुगेकै छैन । यसलाई स्थानिय तहसम्मै जनचेतना बिस्तार गर्न के
कस्तो अभियान चलाउनुपर्ला ?

नीति नियम नबनेको पनि होइन । राम्रा नीति नियमहरु छन् तर त्यसको कार्यान्वयन पक्ष फितलो छन । जनचेतना पुग्नु पर्ने ठाउँमा अझ पनि पुग्न सकेको छैन । दूरदराजका नपढेका समूहसम्म खासै सहि सूचना पुग्नु सकेको छैन । अब यो जनचेतना कार्यक्रम राष्ट्र स्तर मात्र नभएर स्थानीय तहका सरकारले एउटा अभियानको रुपमा लानु पर्छ,
स्वरोजगारको सिर्जना गर्नु पर्छ अनि मात्र सायद हाम्रो लक्ष्यित वर्गसम्म सहि सूचना र अवसर पुराउनु सकिन्छ होला ।

समस्या समाधान गर्नको निम्ति सरकारको निति कुन कुरामा चुकेको छ ?

पहिलो न्यायचित नियम कानुन बनाउन चुकेको छ । दोस्रो बनेको कानुनहरु कार्यान्वयनको निम्ति चुकेको छ । नेपाल
सरकारले धेरै राम्रा राम्रा नीति नियमहरु ल्याएका छ तर व्यवहारमा त्यो नीति नियम एकातिर थन्किएकोछ भने समस्या अर्को तिर भएको छ । बैदेशिक रोजगारीमा जाने महिलाहरुको निम्ति नेपाल सरकारको अझै धेरै ध्यानाकर्षण हुन जरुरी छ ।

बैदेशीक रोजगारीलाई व्यबस्थीत गर्न के कस्ता कदमहरु चाल्नुपर्छ ?

बैदेशीक रोजगारीलाई व्यवस्थित गर्न सबैभन्दा पहिला महिलाको निम्ति लगाएको प्रतिबन्धको विकल्प खोज्नु पर्छ । दोस्रो आफ्नै देशमा प्रशस्त अवसरहरु भएका कारण देशमा नै रोजगार सिर्जना गर्नु पर्छ । गन्तव्य राष्ट्रहरु संग दुइपक्षीय सम्झौता गर्नुपर्छ । कामदार मैत्री कानुन तथा नियमवालीहरुको प्रभावकारी कर्यानन्यन गर्नुपर्छ । प्रदेशिक अर्थात् स्थानीय सरकारले प्रभावकारी सिपमुलक र अभिमुखीकरण तालिमहरुमा ध्यान दिनुपर्छ । कामदारले दुखले कमाएर ल्याएको पुजीको सहि लगानी गर्नको लागि सरकारले योजनाहरु ल्याउनुपर्छ । नेपाल सरकारको हरेक निकाय कामदार मैत्री हुनुपर्छ । सबभन्दा महत्वपुर्ण हरेक निकाय भ्रस्टाचार मुक्त हुनुपर्छ । अनि मात्र बैदेशिक रोजगार साथै स्वरोजगार व्यवस्थित, मर्यादित र सुरक्षीत हुन्छ ।

अन्तमा केही छुटे बताईदिनु न ?

अन्तमा म आफ्नै संस्थाको बारेमा भन्दै केहि आव्हान गर्नु चाहन्छु । बैदेशिक रोजगारको सिलसिलामा अलपत्र परेमा कुनै
कानुनी सहायता लिनु परेमा, बिदेशमा अलपत्र परेमा, र सुरक्षित आवास सेवा लिनु परेमा आप्रबासी महिला कामदार
समूह नेपाललाई सम्झिनु होला । सकेसम्म आफ्नै देशमा रोजगारको खोजि गर्नु होला । यदि बैदेशिक रोजगारमा नै जानु
चाहनु हुन्छ भने सबै प्रक्रिया जस्तै श्रम स्वीकृति, जानु लागेको देशको भाषा सिकेर, जुन काम हो त्यसको बारेमा सिप
सिकेर, अभिमुखीकरण तालिम लिएर मात्र नेपाल कै विमास्थल बाट जानु होला ।

तपाईको प्रतिक्रिया