काठमाडौं । नयाँ सत्ता समिकरणका लागि महत्वपूर्ण मानिएको जनता समाजवादी पार्टी ९जसपा०ले सरकारका विषयमा निर्णय गरेको छ । लामो समयपछि सरकार विषयमा छलफल गर्न बसेका जसपाका शिर्ष नेताले कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न नसकिने निष्कर्ष निकालेको हो ।
आइतवार बसेको जसपा पदाधिकारीको बैठकमा बहुसंख्यक सदस्यहरु कांग्रेसको नेतृत्वमा सरकार बनाउन सम्भव नभएको बताएका थिए । माओवादीले कांग्रेसको नेतृत्वमा सरकार बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाएपनि जसपाले पार्टीमा छलफल गरेर निर्णय दिने बताएको थियो । ‘तत्काल कांग्रेसको नेतृत्वमा सरकार बनाउन सम्भव नभएकाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले आफूहरुका माग पूरा गर्ने प्रतिबद्धता जनाएकोले सरकारसँगै छलफल अघि बढाउने जसपाका एकजना नेताले बताए ।
जसपाले लाल आयोगको प्रतिवेदन कार्यान्वयन तथा राजनीतिक आन्दोलनका क्रममा लागेका मुद्दा फिर्ता गर्न सरकारसँग माग गरेको छ । जसपाका नेता लक्ष्मणलाल कर्ण आफूहरुका माग जसले पूरा गर्छ उसैसँग सहकार्य गर्ने पार्टीको नीति रहेको बताए ।