१२ मार्च २०२१ हङकङ । क्रान्ति सुब्बा ।
हङकङ स्वस्थ रक्षण केन्द्रको तर्फबाट डाक्टर च्वाङ सुक क्वानले आज अपरान्ह ४:३० बजेको नियमित प्रेस ब्रीफिङ मार्फत हङकङमा ६० वटा नयाँ कोरोना संक्रमित केस पुष्टि भएको बताएकी छिन।
जसमा ६ आयातित र बाकी ५४ जना स्थानीय केस रहेकाछ्न।
६ जना आयातित केस मध्येमा एकजना कोरोनाभाइरसको नयाँ नस्ल N501Y बोकेर आऔने पनि परेका छ्न।
स्थानीय केस मध्ये ४९ केस पुर्व केससंग संबंधित रहेको छ भने ५ केस स्रोत पहिल्याउन नसकिने स्रोतबाट आएकाछ्न । हङकङमा कुल कोरोना केस ११,२११ पुगेकोछ।
आजका नयाँ दर्ता भएका केसमा १२ वर्ष देखि ६५ वर्ष बीचका ३२ जना पुरुष र २८ जना महिला परेकाछन।
आज पुष्टि भएका ४७ केसहरु ग्राउन्ड फ्लोर , युनिट २-४,६४-६८ पोक फु लाम रोड , साइ यिङ पुनमा पर्ने अर्सस फिट्नेस सेन्टरबाट आएकाछ्न। जस मध्येमा ७ जना ( क्लोज कन्ट्याक्टमा रहेका समेत ) फिटनेसका कर्मचारी परेकाछ्न भने ४० जना कस्टमरहरु रहेकाछ्न।
अर्सस फिट्नेसबाट संक्रमित हुनेको कुल संख्या ६४ पुगेकाछ्न। यी ६४ जना भित्र ७ जना कर्मचारी , ५० जना ग्राहक र ७ जना घनिष्ठ संपर्कमा रहेका मानिसहरु परेकाछ्न। यो फिटनेसमा पहिलो केस मार्च ६ तारीख देखा परेको थियो ।
अपुष्ट केस
१. ५ वटा अपुष्ट स्रोतवाला स्थानीय केसमा एक जना १२ वर्षकी वालिका पनि परेकी छिन। उनी पढ्ने साम सोइ पो स्थित पाक तीन क्याथोलिक प्राइमरी स्कुल १४ दिनको लागि बन्द भएकोछ। उनी साम सोइ पो, फु विङ स्ट्रीट, डाइमन्ड बिल्डिङमा बस्तछिन । उनको परिवारका सदस्य पनि आज देखिएको प्रारम्भिक पोजिटिभमा परेकाछ्न।
२.अपुष्ट स्रोतका अर्का रोगी हुन चाक ओन स्टेट , फु चाक हाउस,सेक किप मेइमा काम गर्ने सेक्युरिटी गार्ड।
३.एक जना ५४ वर्षकी गृहिणी । ठेगाना : वन्डरल्यान्ड भिल्ला, क्वाइ चुङ।( उनी संगै भात खाएकी उनको एकजना साथीलाई पनि प्रारम्भिक पोजिटिभ भएकोछ)
४. काउलुन स्थित इन्टरप्राइज स्क्वायर फाइव टावरमा काम गर्ने एक जना । बस्ने ठेगाना : टावर – ५, एल्टो रेसिडेन्स , साइ कुङ।
५. चुङ क्वान ओ सेन्टरमा काम गर्ने एक जना रोगी । ठेगाना : स्योङ मिङ हाउस , स्योङ ताक स्टेट, चुन क्वान ओ।
आज २० जना भन्दा बढी प्रारम्भिक पोजिटिभ केस देखा परेकाछ्न।
हङकङमा संचालित सबै सरकारी र निजि फिटनेस सेन्टरमा काम गर्ने सबै स्टाफहरुलाइ यही मार्च १४ भित्र अनिवार्य भाइरस टेस्टमा जानू पर्ने आदेश जारी गरिएकोछ।