९ मार्च २०२१ हङकङ । क्रान्ति सुब्बा ।
हङकङको हेल्थ अथोरिटिले आज मंगलबार फेरि एकजना पुरुष कोभिड-१९ विरुद्धको साइनोभ्याक भ्याक्सिन लगाएपछि गम्भीर बिरामी भएको रिपोर्ट सार्वजनिक गरेकोछ।
वर्ष ५१ को उक्त रोगीले गत बुधबार शा तिनको युन वो रोड स्पोर्ट्स सेन्टरमा सुइ लगाएका थिए । सुइ लगाएपछि उनमा खोकी चल्ने र सास फेर्न गाह्रो हुने लक्षण देखा परेको थियो ।
सोमबार ऊनी क्युइन एलिजाबेथ अस्पतालको इमर्जेन्सी डिपार्टमेन्टमा भर्ना भएपछि उनको अवस्था कृटिकल भएर अहिले आइसियुमा छ्न।
डाक्टरको प्रारम्भिक जाँचपड्तालले उनलाई हृदयघात भएको ठहर गरेको थियो ।
हस्पिटल अथोरिटिका अनुसार उक्त पुरुषमा मधुमेह , उच्च रक्तचाप लगायत धेरै किसिमको दुखबिमारको इतिहास रहेको थियो ।
अब यो केस विशेषज्ञको प्यानललाई हस्तान्तरण गरिदिने कुरा अधिकारीहरुले बताए। र पुनश्च अधिकारीले भने यदि जो कोहि अनियंत्रित दिर्घ रोगबाट पीडित छ्न भने डाक्टरको सल्लाह लिएर मात्र भ्याक्सिन ग्रहण गर्नपर्छ ।