९ मार्च २०२१ हङकङ ।क्रान्ति सुब्बा ।
हङकङ सरकारले कोरोनाभाइरस भ्याक्सिन प्राप्त गर्ने सुचीमा अरु धेरै सेक्टरका जनसमुदायलाई समेट्ने घोषणा मार्च ८ तारिख गरेकोछ । थप ७ वटा जोखिम युक्त क्षेत्रका यी प्राथमिकता समुह भित्र करिब १३ लाख मानिस पर्दछ्न। यी सात समुहको व्यक्तिले मार्च ९ तारीख बिहान ९ बजेबाट खोपको लागि अन्लाईन बुकिङ गर्न सक्नेछ्न।
जनसेवा मन्त्री पेट्रीक निपले खुलस्त पारेका सात क्षेत्र हुन –
१. खानपान उद्योग (catering industry ) – फुड एन्ड बेभरेजमा काम गर्ने व्यक्ति , सुपरमार्केट,मार्केट , सहज स्टोर र फुड डेलिभरी ( टेक अवे फुड डेलिभरी)मा काम गर्ने व्यक्ति ,रेस्टुरेन्ट स्टाफ , कुरियर सेवामा काम गर्ने स्टाफ
२. स्थानीय सार्वजनिक यातायात सेवामा कार्यरत व्यक्ति जस्तै : ट्याक्सी ,बस, पब्लिक लाइट बस ड्राइभरहरु, रेल चालक तथा स्टेसन स्टाफहरु
३. दर्ता भएका निर्माण कामदार
४. प्रोपर्टी म्यानेजमेन्ट कर्मचारी जस्तै : सेक्युरिटी गार्ड , क्लिनर तथा सेक्युरिटी स्टाफ
५. शिक्षक तथा स्कुल स्टाफ जस्तै: किन्डरगार्टन , प्राइमरी र सेकन्डरी स्कुल र युनिभर्सिटीका शिक्षणमा संलग्न र सहयोगी स्टाफ, स्कुल र स्कुलबसका ड्राइभर तथा सहचारी , स्कुलका प्राइभेट लाइट बसका ड्राइभर
६. पर्यटन उद्योगमा संलग्न व्यक्ति
७. जिम सेन्टर र व्युटी इन्डस्ट्री ( व्युटी पार्लर )मा काम गर्ने व्यक्ति