२२ फेब्रुअरी, धनकुटा। प्रेम-पुर्ण-प्रताप फाउन्डेसनले धनकुटाका दुई छुट्टाछुट्टै विद्यालयलाइ शैक्षिक सामाग्री वितरण गरेकोछ। समाजसेवी तथा प्रेम-पुर्ण-प्रताप फाउन्डेसनकि संस्थापक पद्मा प्रधानकि कान्छी छोरी आहना प्रधानको जन्म दिनको अवसर पारेर धनकुटा जिल्ला पाख्रिबास- २ को बालपञ्च माध्यमिक विद्यालय र पाख्रिबास -२ ओख्रे अवस्थित जन कल्याण आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाइ किताब बोक्ने झोला, कपि, कलम आदि शैक्षिक सामाग्री वितरण गरिएकोछ।
प्रेम-पुर्ण- प्रताप फाउन्डेसनको तर्फबाट दोर्जे लामाको प्रमुख आतिथ्यता तथा विद्यालयका ब्यबस्थापन समितिका अध्यक्ष तोर्ण बहादुर खत्रीको सभापतित्वमा गत फागुन २ गते सो कार्यक्रम सम्पन्न भएको हो। ममता तामाङको सहजीकरणमा उक्त कार्यक्रम भएको थियो ।
प्रेमपुर्ण प्रताप फाउन्डेसनले संभब भए सम्म मुलुकका दुर्गम जिल्लाहरुमा अभाव खेपिरहेका विद्यालयहरुलाई विभिन्न किसिमको सहयोग प्रदान गर्ने उदेश्य लिएकोछ। यो संस्थाले आर्थिक अभाव भएका जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने ,विद्यालयलाई शैक्षिक सामाग्री,लत्ताकपडा आदि प्रदान गर्दै आएकोछ। यस अघि रामेछाप, दोलखा, सिन्धुपाल्चोक लगाएतका जिल्लामा शैक्षिक सामाग्री वितरण गर्ने काम फाउन्डेसनले गरेको थियोे । अब भोजपुर र सङ्खुवासभामा कार्यक्रम लिएर जाने कुरा प्रमुख अतिथी दोर्जे लामाले भने। उनले यस अभियानमा साथ दिनुहुने हङकङ बस्नु हुने क्रान्ति सुब्बा र अर्का समाजसेवी मुकुन्द शर्मलाइ यसै कार्यक्रम मार्फत धन्यवाद ज्ञापन गरेका थिए ।