क्रान्ति सुब्बा
कोरोना भाइरसको बदलिँदो स्वरूपले भ्याक्सिन निर्माण कम्पनीमाथि थप तनाव थोपरेको छ। निर्माणको क्रममा रहेका र वितरणरत भ्याक्सिनले भाइरसको बदलिँदो स्वरूपलाई कसरी सम्बोधन गर्दछ हेर्न बाकी नै छ।
भ्याक्सिन मार्फत शरीरमा एन्टीबडी अर्थात प्रतिरोधात्मक शक्ति रचना गरि भाइरसलाई किनारमा राख्नु नै अहिलेको गृहकार्य हो।
यदि एन्टिबडीको रक्षात्मक क्षमताले मुल वा रूपान्तरित भाइरसको अतिक्रमणलाई धान्न नसकेमा हामी पराजित दशामा नै रहनु पर्ने हो ? दोस्रो डिफेन्स लाइन बनाउन सकिन्दैन? जस्ता प्रश्नमा घोत्लिएपछि वैज्ञानिकको ध्यानाकर्षण टि सेल तिर भएकोछ। टि सेल इम्युन सेलको एउटा यस्तो समूह हो जसले भाइरसद्वारा संक्रमित भएको सेललाई खोजेर संहार गर्दछ। हो यहि टि सेललाई कोभिड-१९ विरुद्ध लड्न चाहिने इम्युनिटीको स्रोत बनाउन तिर बैज्ञानिक लाग्ने भएका छ्न।
शोधकहरु अहिले दीर्घ इम्युनिटी प्रदान गर्न टि सेलले सहयोग गर्छ गर्दैन भन्ने कुराको अध्यन उपलब्ध डाटालाई हेरेर गरिरहेछ्न।
हत्यारा सेल
एन्टीबडी संगसंगै इम्युन सिस्टमले टि सेलको दस्ता नै उत्पादन गर्दछ भाइरसहरुलाइ अपधस्त पार्नको निम्ति । तिनै मध्येको एउटा समूह हो हत्यारा टि सेल ( killer T cell) जसले भाइरसद्वारा संक्रमणग्रस्त भएका सेलहरुलाइ खोजीखोजी सफाया गर्दछ। इम्युन सिस्टमले उत्पादन गर्ने अर्को समुह हो सहयोगी टि सेल ( helper T cells) जसले इम्युन सिस्टमको विविध प्रक्रिया परिचालन गर्न भुमिका निभाएको हुन्छ। तिनै भुमिका मध्ये एउटा हो एन्टीबडी र हत्यारा टि सेल उत्पादन गर्न सघाउनु ।
टि सेलले संक्रमणलाई रोक्न सक्दैन अर्थात संक्रमणलाई मनाही गर्ने कर्तव्य टि सेलको उत्तरदायित्वभित्र पर्दैन । किनकि भाइरस हाम्रो शरीरमा पसिसके पछि मात्र टि सेल सक्रिय हुने गर्दछ। तर प्रारम्भ भैसकेको संक्रमणलाई सफाया गर्ने कुरामा यसको महत्त्वपूर्ण भुमिका हुने गर्दछ।
जस्तै कोभिड-१९ को हकमा यदि यसले उपरी स्वास नलिबाट संक्रमण फैलनु अगावै भाइरस संक्रमित सेललाइ मार्न सफल भयो भने हामीले त्यति साह्रो बिमार भएको महसुस गर्दैनौं । टि सेलले भाइरसको वृद्धिदरलाई रोक्ने भएकोले समुदायभित्र घट्ने संक्रमणको डढेलोलाइ पनि यसले कम गर्दछ।
भाइरसको नयाँ भेरिएन्टले थोपरेको खतरालाई प्रतिरोध गर्ने क्षमता एन्टीबडीमा भन्दा बढ्ता टि सेलमा भएको कुरा समेत अध्यनले देखाउदैछ।
इम्युनविद आलेसान्द्रो सेट्टे र उनको समुहले अहिले क्यालिफोर्नियाको ला जोल्ला ईन्स्टिच्युट फर इम्युनोलोजीमा जारी राखेको टि सेल सम्बन्धि खोजका अनुसार कोभिड संक्रमित रोगीको शरीरले प्रशस्त टि सेल उत्पादन गरेको पाइयो र उक्त टि सेलले कोरोनाभाइरस प्रोटिनको कम्तीमा १५-२० वटा फरक किसिमको अंशलाइ आक्रमण गरेको देखियो ।
” एन्टीबडिलाई झुक्याएर म्युटेट भए जस्तो सजिलो हुन्न । टि सेललाइ छ्लेर म्युटेट भएर भाग्न भाइरसलाई निकै गाह्रो पर्छ ।” भन्छन् सेट्टे।
यदि यो टि सेलले कोरोना भाइरसको नयाँ साउथ अफ्रिकी म्युटेसन ५०१Y.V२ विरुद्धमा सक्रिय रहयो भने यसलाई प्रयोग गरेर धेरै किसिमको गम्भीर रोगलाइ निदान गर्ने अस्त्र बनाउन सकिन्छ भन्छन् युनिभर्सिटी अफ पेन्सेल्भिनिया,फिलाडेल्फियाका इम्युनोलोजिस्ट जोन वेरि ।
भ्याक्सिन अप्डेट
अहिले शोधकर्ताहरु कोरोना भाइरसको रूपान्तरित स्वरुपलाई डिल गर्ने कुरामा हाल अभ्यासमा ल्याइएको खोप कतिको प्रभावकारी सिद्ध हुन्छ भन्ने तथ्यलाई अध्यन गरिरहेकाछ्न। हाल प्रयोगमा गएका तीन वटा भ्याक्सिन – १.नोभाभ्याक्स , गेइथरबर्ग , मेरिल्यान्डबाट निर्मित प्रोटिन भ्याक्सिन
२.जोन्सन एन्ड जोन्सन , न्यु ब्रुन्सविक , न्यु जर्सीद्वारा निर्मित सिंगल सट भ्याक्सिन
३. अस्ट्राजेनेका, क्याम्ब्रीज युके र अक्स्फोर्ड युनिभर्सिटीद्वारा निर्मित भ्याक्सिन
यी तिनै भ्याक्सिनले कोरोना भाइरसको नयाँ भेरिएन्ट 501Y.V2 को उच्च प्रभाव रहेको देश साउथ अफ्रिकामा कम प्रभावकारीरूपमा काम गरेकोछ। तर यो नयाँ नश्ल उपस्थिति नगण्य भएको देशमा भने उल्लेखित भ्याक्सिनले राम्रो काम गरिरहेछ।
हालको सन्दर्भमा केहि कोरोना भाइरस भ्याक्सिन निर्माण कम्पनीले दोस्रो पुस्ताको भ्याक्सिन बनाउने तरखरमा लागि सकेकाछ्न जसले टि सेललाई थप प्रभावकारी ढंगले उत्तेजित तुल्याउने उपाय खोजिरहेछ्न।
एन्टिबडिले केवल सेलको बाहिरपट्टी भएको प्रोटिनलाई मात्र पत्ता लगाउन सक्दछ। कोरोना भाइरसको धेरैजसो भ्याक्सिनहरु भाइरसको सतहलाई सजाएर बसेको प्रोटिनको सुइरो अर्थात स्पाइकप्रति मात्र केन्द्रित भएको देखिन्छ । तर यो स्पाइक प्रोटिन ज्यादै परिवर्तनसिल रहने भएकोले म्युटेसनको संभावना उच्च रहन्छ । म्युटेसनको संभावना उच्च रहनेसाथ भाइरसको नयाँ अवतार आउने संभावना पनि प्रबल रहन्छ र यी भाइरसका उत्परिवर्तित ( म्युटेसन) स्वरूपले सजिलै एन्टिबडीलाई छलेर बाहिर निस्कन सक्छ।
टि सेलको हकमा भने यी टि सेलले हाम्रो शरीरको संक्रमणग्रस्त सेलभित्र उपस्थित भाइरल प्रोटिनलाई निशाना बनाउदछ । र कतिपय यी भाइरल प्रोटिनहरु ज्यादै स्थिर हुन्छ्न। उक्त प्रोटिनको यही स्थिरतामा केन्द्रित रहि स्पाइक प्रोटिनको तुलनामा कम म्युटेट हुने यी भाइरल प्रोटिनका केही परिकारलाई एउटै भ्याक्सिनमा समेटेर राम वाण भ्याक्सिन बनाउन सकिने कुरामा वैज्ञानिकहरु आशावादी छ्न। र कोरोना भाइरसको नयाँ भेरिएन्टलाइ समेत यो भ्याक्सिनले सम्बोधन गर्न सक्यो भने यसलाई मानवताको इतिहासमा आएको अर्को कोषेढुंगा मान्नु पर्दछ।
स्रोत : Nature.com