नेपालको अर्थव्यबस्थामा नखोतिलएको एउटा पक्ष परम्परागत अर्थतन्त्र पनि हो । अर्थवेत्ता, अर्थशास्त्री देखि श्रम विज्ञहरु देशको आर्थिक हालतलाई लिएर समय समयमा निराशाजनक टिप्प्णी गर्छन् । देशका अर्थमन्त्री जहिले पनि ढिकुटी रित्तो भएको स्वेतपत्र देखाउँछन् । तैपनि देश चलि रहेको छ । कसरी देश चलेको छ ?छलफल गर्ने पर्ने विषय भएर आएको छ ।
विश्वव्यापीकरण, वित्तिय सन्तुलन र व्यापार घाटा जस्ता शव्दावली प्रति नेपालीहरु धेरै अभ्यस्त नै छन् । हुन पनि हो विश्व बैक र अन्तराष्टिय मुद्रा कोषको डिजायनमा व्यापार घाटालाई समायोजन गर्न नेपाली श्रमिक विदेश पठाउने योजना राज्यले बनाएको छ । हामी नेपाली जनता यसको सफल कार्यन्वयनको पक्षमा सडकमा नारा लगाईरहेका छौ । तर हाम्रो अर्थतन्त्रको धरातल कहाँ छ भनेर विश्लेषण गर्न जहिले पनि चुक्ने गरेका छौ । हाम्रो अर्थव्यबस्थाको इतिहास यही हो ।
धेरैले यो देश पशुपतिनाथले चलाएको भनेर व्यङ्ग्य मिश्रित आम धारण छ । हुन पनि हो देशमा कल कारखाना छैन, उद्योग धन्धा चौपट छ । त्यस माथि भूकम्पले थङ्थिलो बनाएको देशमा कोरोना महामारीबाट उन्मुक्ति पाएका नै छैनौ । देशको सबै भन्दा ठूलो रोग भ्रष्ट्राचारको हो । जनतालाई भनेर विनियोजन गरेको बजेट धेरै ठाँउमा चुहिदै थोपा पनि जनतालेपाउँदैनन् । यस्तो देशमा समृद्धि सपना केवल ’साधुको सात– जस्तै हुन्छ । यही चित्रलाई हेर्दै नेपाली बीरहरु आप्रवासनको संसारमा हराएका छन् । उनीहरुको कर्मशील सीप त्यतै विलाएको छ । तैपनि देश चलि रहेको छ । के साच्चि नै यो देश पशुपतिनाथ कै आशिर्वादले चलेको हो ? विचारणीय प्रश्न छ ।
एन्टोनेटने हेल्मर जस्ता विश्लेषकहरु आर्थिक गतिविधि विना पनि अर्थतन्त्र सुचारु रहनुको अर्थ परम्परागत अर्थतन्त्रसंग जोड्न चाहन्छन् । खास गररे जहाँ आदिवासीहरुको अधिक उपस्थिति छ त्यहाँ उनीहरुको ज्ञान, भूमिसंगको सम्बन्ध र जीवनशैलीले अर्थतन्त्रलाई जीवन दिन्छ । यस पाटोबाट नेपालको अर्थतन्त्रलाई विश्लेषण गर्न सकेको खण्डमा हामीलाई निराशा हैन, उत्साह र आसा जगाउँन सक्छ ।
परम्परागत अर्थतन्त्रमा आदिवासीको मूख्य भूमिका हुन्छ । उनीहरुको अर्थतँत्र निर्वाहामूखि त हुन्छ तर त्यहाँ जीविकाको विशिष्ट ज्ञान, सीप र परम्परागत पेसा हुन्छ । बर्षोको अभ्यास र अनुभवबाट विकास भएको यस्ता ज्ञान र पेसााहरु पूस्तान्तरणका माध्यमले कतिपय भूक्षेत्रहरुमा अहिले पनि अभ्यासमा रहेको छ । आदिवासी विज्ञ मोसेस तोयुकु भन्नु हुन्छ ‘आदिवासीको यही निर्वाहामूखि अर्थतन्त्र उनै उनीहरुको जीवन शैली हो । जसको हिसाव किताव राज्यले गरेको हुँदैन ।’
आदिवासीकोजीवनशैली उनीहरुको विशिष्ट साँस्कृतिक चालचलनबाट निर्देशित शुन्छ । आदिवासीको जीवनशैली सामुहिकतामा आधारित हुन्छ । सामुहिक निर्णयका लागि आदिवासीहरुको प्रथाजनित संस्था, कानुन, परम्पराहरु अभ्यासमा हुन्छन् । केही स्थानमा यस प्रकारका परम्परागत संस्थाहरु लोप भएको भएता पनि साँस्कृतिक मान्यता, प्रचलित मान्यता, आध्यात्मिक आस्थाका आधारमा सामुहिक सहयोगात्मक भावनाको विकास गरेका हुन्छन् । उदाहरणका लागि आदिवासी तामाङ समाजमा कुनै पनि सामुहिक क्रियाकलापमा सघाउनी लैजाने चलन छ । यो एकै परिवारलाई ठूलो आर्थिक बोझ नपरोस भनेर यस्तो परम्परा सुरु गरिएको हो । यस्तै गरी आदिवासी याक्थुङ (लिम्बू) समाजमा विवहामा सघाउनी लैजाने परम्परा छ । यस्को आफनो नियम हुन्छ । कुनै क भन्ने व्यक्तिको छोरा र छोरीको बिहेमा ख भन्ने व्यक्तिले मानौ रु एक सय र एक बोतल रक्सी सहयोग लगेको भए ख भन्ने व्यक्तिको छोरा वा छोरीको बिहेमा दुईसय लैजानु पर्छ । यो प्रचलन सबै लिम्बू गाउँमा छ । यो सहयोगात्मक सामुहिक कदम हो । यसरी नै पर्म प्रथा आदिवासीको श्रमसंग सम्बन्धित अर्को मौलिक सामुहिकताको ढाँचा हो । आदिवासी छन्त्यालहरुमा ग्वार प्रथा, हुड्डा, भाइसारियो पठाउने परम्परा छ । यो सबै परम्परागत अर्थतन्त्रसंंग सम्बन्धित परम्परा हो ।
आदिवासीहरुले आफनो परम्परागत समाजलाई सुव्बस्थित बनाउन र परम्परागत अर्थतन्त्रलाई अर्थपूर्ण बनाउन पेशा तथा व्यबसायसंग सम्बन्धित केही महत्वपूर्ण प्रथाजनित परम्पराहरु बनाएका हुन्छन् । पर्म प्रथा, ढिकुर प्रथा, ग्वार प्रणाली लगायतका परम्पराहरु उनीहरुको आर्थिक जस्वनसंग सम्बन्धित छ । गण्डकी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयबाट प्रकासित आर्थिक, सामाजिक एवं पूर्वाधार विकासको अवस्था नामक विवरण पुस्तकका अनुसार १४ वटा प्रथा र परम्परा त्यस प्रदेशमा प्रचलित छन् । यी मध्ये अधिकाँश परम्परा आर्थिक तथा श्रम संग सम्बन्धित छन् । विभिन्न जातीहरुको जन्मदेखि मृत्युसम्मका यस्ता संस्कारहरुले समाजवादउन्मूख अर्थतन्त्र निर्माणमा अहंम् भूमिका खेल्ने प्रदेश सरकारको अपेक्षा छ । गण्डकी प्रदेशका गुरुङ समुदायको ‘हुर्रे र आमा समूहको प्रथा’, थकाली समुदायको ‘ढिकुटी प्रथा’, नेवार समुदायको ‘गुठी प्रथा’, किरात समुदायको ‘किपट प्रथा’ र प्रायः सबै समुदायमा प्रचलित ‘अनिवार्य झारा प्रथा’, ‘धर्म भकारी प्रथा’, ‘ऐंचो पैंचो प्रथा’, ‘भारा पर्म’हरु छन् ।
आदिवासीहरु बिशिष्ट सीप भएका र ती सीपलाई आफनो पेसा व्यबसाय बनाउने समुदाय हुन् । आदिवासीको सीप तथा परम्परागत पेसा आफु बसेको भूमि, भूभाग र भूक्षेत्र अनुसार फरक फरक हुन्छन् । साझा रुपमा भन्नु पर्दा उनीहरुको परम्परागत पेसा प्रकृतिक स्रोत र साधानमा निर्भर हुन्छन् । मानव विकासको क्रममा आदिवासीहरुको विकाससंगै परम्पराबाट सिकेको यस्ता सीपहरु अहिले पनि आफनो पहिचान र परिचयका रुपमा निरन्तरता दिईरहेका छन् । उदाहरणका लागि अहिले पनि घुमन्ते र फिरन्ते जीवन बिताईरहेका राउटेहरु काठजन्य सामाग्रीहरु बनाएर अन्नसंग विनिमय गर्ने गर्दछन् । कृषि तथा पुशपालन गर्ने आदिवासीहरु परम्परागत कृषि प्रणालीबाट विमूख बनेका छैनन् । हिमाली आदिवासीको चरण प्रणाली परम्परागत पशुपालनको एक उदाहरण हो । कृषियुगमा प्रबेश गरेसंगै अभ्यास गरेका खोरिया खेती प्रणाली, मिश्रित वाली प्रणाली छोडेका छैनन् ।
आदिवासीहरुमा पशुपालन प्रमूख पेसा भन्ने बिषयमा विवाद भएन । पसुपालनबाट मूल्य श्रृंखला कायम गर्ने सीप पनि छ । गाई, भैसी, भेडा, च्याँग्रा वा बाख्रा, चौरीबाट आउने आय भनेको दुध तथा उन हो । दुधलाई संकलन गरेर घिउ बनाउने, घिउलाई लामो समयसम्म भण्डारण गर्ने सीप उनीहरुसंग छ । आधुनिक चिज कारखानाको स्थापना नहुँदै पनि दधजन्य पदार्थबाट बन्ने परिकारको निर्माण गर्न उनीहरु सिपालु छन् । बजारबाट टाडा यस्ता पशुगोठ हुने भएकाले दुध बेच्ने चलन प्रायः आदिवासीमा थिएन । यसैले घिउ बनाउने ठेकी वा टोलङ चलाएर घिउ निकाल्छन् । दही वा मोहीको प्रयोग गरेर छुर्पी वा यस्ता दुधजन्य पदार्थको मूल्यश्रंखला कायम गर्दछन् । यो आदिवासीहरुको महत्वपूर्ण ज्ञान हो ।
भेडाको उन पशुपालनको अर्को दृेन हो । यस्तो उनलाई प्रसोधन गरेर राडी पाखी बनाउने सीप पशुपालक आदिवासीहरुमा हुन्छ । हुन भेडाको उनबाट राडी, पाखी बनाउने सीप गूरुङसमुदायको भन्ने गरिन्छ । यस्तो भेडापालक आदिवासी गुरुङहरुको संख्या धेरै भएकाले पनि यस्तो टिप्पणी भएको होला । तर पशुपालक प्रायः सबै आदिवासीमा यस्तो सीप हुन्छ ।
हिमाली आदिवासीहरु भोटे, गुरुङ लहेमी सिंसावा, व्यासी, सियार तथा वालुङहरुले यस्तो काम गर्न जान्दछन् । छन्त्याल महिलाहरु भेडाको उनको राडीपाखी, हादुला, काम्लो, र बाख्राको उनको घुम, टोपी बनाउँछन् । त्यस्तै आदिवासी ल्होमी सिंसावाहरुको मुख्य जिविकोपार्जनको सेत कृिष तथा पशुपालन हो । पशुपालनका साथै भेडाको उनबाट बिभिन्न किसिमका बस्त्रहरु बनाउने गर्दछन् । राडी, पाखी बुन्ने र यसलाई बेच्ने पनि गर्दछन् ।
आदिवासीहरु प्रकृतिसंग सम्बन्धित बन जंगलमा अति निर्भर समुदाय भएकाले बन जंगलको उत्पादनसंग उनीहरु परिचित छन् । बनका कन्दमूल, फलपूmल, सागपातहरुसंग उनीहरुको परिचय गाढा छ । उयनीहरु बनका कन्दमूल संकलनमा पनि सिपालु हुन्छन् । काठ तथा बाँसका विभिन्न सामाग्रीहरु बनाएर बस्तु विनिमय गर्ने उनीहरुको चलन हो । कृषि औजारहरु थोङ्वा, थोङ्च्या, नेक्सीङ, तोक्ची शोरा, चिबु ढि तारी जस्ता औजार प्रयोग गर्छन् । प्राकृतिक जडिबुटी संकलन गरेर बेच्ने र चामल, खोर्सानीसंग साट्ने कतिपय आदिवासीको प्रचलन नै छ । पहराबाट ढुंगा झिकेर , लोहोरा, खल, पुजाआजा, गर्दा चढाउने चन्दन, द्धोट्नृ चनौठा, जाँतो आदिवनाएर त्यसैका आधारमा गुजारा गर्ने आदिवासी पनि नेपालमा नै छन् । केही आदिवासीहरु जीवन निर्वाहका लागि ऐरा (शिकार) खेल्ने गर्दथे । यो प्रचलन नेपाल कै आदिवासीहरुमा पाइन्छ । कुसुन्डा, चेपाङ, राउटृहरुको जीवन गुजारा यसैमा हुन्छ ।
माछामार्ने, खोला तथा नदीमा जाल हाल्ने, भीर मौरीको मह संकलन गर्ने, हस्तकला, कपडा बुन्ने, माटाका भाँडा बनाउने, ढुंगाको सामान बनाउने, काठका सामान बनाउने परम्पर।ागत सीप भएका आदिवासीहरु अर्झ छन् । राजीहरु यसमा सिपालु छन् । बोटेहरु पानी बिना उनीहरुको जीवन चल्न नै सक्दैन । पानी सबै प्राणीका लागि चाहिन्छ तर बोटेहरु साँस्कृतिक र जिवकोपार्जनका लागि एक अन्तर सम्बन्ध भएको जाति हो । आदिवासी जनजातिहरु आत्म निर्भर समुदाय हुन् । आफनो कपडा आफै बनाउनेउनीहरुसंग सीप छ । यस मध्ये तान बुन्ने परम्परा एक हो । याक्थुङ (लिम्बु) जातिका महिलाहरुमा तान बुन्ने बिशिष्ट परम्परा छ । परम्पराबाट नै चल्दै आएको यो परम्पराबाट आफुलाई चाहिने सबै प्रकारको लुगा कपडा महिलाहरुले तान बुनेर तयार गर्छन् । लिम्बु याक्थुङ परम्पराका जानकार अमर तुम्याहाङका अनुसार तानबाट यस्तो कपडा तयार हुन्छ ।
याक्थुङहरु तानलाई मनुष्य जीवनको पर्याय र प्रतीकको रुपमा लिन्छन् । फिजाएको तानका डोरीलाई मृत्युसंग तुलना गर्दछन् । १४ औ शताव्दीमा धागो कात्ने मेसिन ९धजभभ०ि आविकार भएर औद्योगिक क्रान्तिको परिणाम स्वरुप आधुनिक किसिमले उत्पादन सुरु हुनु पूर्ब याक्थुङमहिलाले तानमा बुनेको कपडाबाट नै उनीहरुले लगाउने लुगाफाटाको आपुर्ती गर्दथे ।
लिम्बु जातिको मौखिक इतिहास मुन्धुम अनुसार तानबुन्ने सीप लिम्बु महलिाहरुले युमा –परम्परागत धर्म) बाट पाएका हुन् । लिम्बुनी चेली र (थाक्कक) तान को सम्बन्ध परापूर्ब कालदेखि नै नै जोडिएको हो । युमामाङले किरात चेलीहरु मध्ये सबैभन्दा पहिले चेम्जोङ चेलीलाई थाक्केलुङमा तान बुन्न सिकाइएका हुन भन्ने जनश्रुती छ
लिम्बु आदिवासीमा मात्र नभएर प्रायः सबै आदिवासीको आफनो आफनो पहिचान जनितपोशाक छन् । ती सबै पोशाकहरु सम्बन्धित जातिहरुले आफै तयार गर्ने गरेको इतिहास छ । नेवारी समाजमा लगाइने महिलाको हाकु पटासी पुरुषको दौरा सुरुवाल इस्टकोट यो जातिको परम्परागत पहिचान हो । यस्तो कपडाहरु उनीहरु आफैले तयार गर्ने गर्दथे । अहिले भने प्रायः लोप भएर गएको छ । आयातित कपडाबाट यस्तो पोशाक बनाउने चलन छ ।
परम्परामा सबै कमडाहरु नेवारहरुले आफै तयार गर्दथे । घरमा तान, चर्खा राखेर कपडा बुन्ुन उनीहरुको पेसा मध्ये एक थियो । उपत्यकाका नेवारहरुले कपडा आफै तयार मात्र नगरेर अरु समुदायलाई पनि उपलव्ध गराउँथे । तनहुँस्थित दुम्सिपाखाका कर्ण बहादुर दरैको भनाइृमा उनीहरु कपास खेती गर्दथे र त्यो कपास उपत्यकाका नेवारहरुले भारीका भारी खरीद गरेर लैजान्थे । नेवारहरुले कपासलाई प्रसोधन गरेर घरबुना कपडा तयार गर्दथे । अहिले परम्पराका नाममा भक्तपुर लिवालीका सूर्यलक्ष्मी कोँजुले मात्र तान राखेर यो परम्परा धानेकी छन् । उननले उत्पादन गरेको हाकुपटासी उपत्यकामा खपत हुन्छ । ललितपुर र काठमाडौमा हाकुर्सि भनिन्छ भने भक्तपुरमा हाकुप्रासी भनिन्छ ।
हिमाली आदिवासी शेर्पा, ह्योल्मोले लगाउने बख्खु, दोचा पनि उनीहरु आफैले तयार गर्छन् । भेडाको उनबाट बन्ने बख्खु घाँटी देखि खुट्टासम्म लामो हुन्छ । चिसो स्थानमा बस्ने भएकाले उनीहरुले यो न्यानो कपडा परम्पराबाट प्रयोग गर्दै आएका छन् । हिमाली भेगका जातीहरुले लगाउने दोचा एक प्रकारको जुत्ता हो । भेडाको उनबाट बुनिेर बनाइने दोचा घुँडासम्म आउने हुन्छ । हाल यस्तो दोचा कपडा वा छालाको पनि बनाइन्छ । पहडी र हिमाली भेगमा बसोबास गर्ने गुरुङर मगरको जातीय पोशाक भाङ्ग्रा अल्लोको धागोबाट बन्द छ । घरेलु तानबाट बुनिने यो कपडाबाट भाङ्ग्रा बनाउन घरेलु तान राख्ने चलन छ । यस्तो तानलाई साँस्कृतिक रुपमा पुजा गर्ने र आध्यात्मिक रुपमा पुर्खाको बरदानका रुपमा बिश्वास गरिन्छ । धिमाल आदिवासीको मौलिक पोशाक पेटानी पनि उनीहरु आफैले तयार गर्ने गर्दछन् ।
माथिको विवरणहरुबाट आदिवासी जनजातिहरू आत्मनिर्भर, स्वायत्त शासन गर्ने र स्वावलम्बी भएको प्रमाण दिन्छ । जीवन निर्वाह गर्ने क्रममा युगौको अभ्यास र अनुभवबाट सिकेका यस्ता परम्परागत आदिवासी ज्ञान र शीपहरु अहिले बिस्तारै लोप हुँदै गएको छ । यस्ता ज्ञानको लोप हुँदा उनीहरूको जातीय पहिचानमा समेत चुनौती थपिएको छ । किनभने परम्परागत ज्ञान र सीप बिना आदिवासीले फरक पहिचान पाउन सक्दैन । र, परम्परागत अर्थतन्त्रलाई धराशायी बनाएर देश समृद्ध पनि बन्दैन ।