२ फेब्रुअरी २०२१। हङकङ । क्रान्ति सुब्बा ।
हङकङ स्वस्थ रक्षण केन्द्रको तर्फबाट डाक्टर च्वाङ सुक क्वानले फेब्रुअरी १ तारीख अपरान्ह ४:३० बजेको नियमित प्रेस ब्रीफिङ मार्फत हङकङमा ३४ वटा नयाँ कोरोना संक्रमित केस पुष्टि भएको बताएकी छ्न जसमा ५ केस आयातित २९ केस स्थानीय रहेकाछ्न। ९ वटा केस स्थानीय टेस्टिङ सेन्टरहरुबाट आएकाछ्न।
ती स्थानीय केस मध्ये २१ केसको सम्बन्ध पुर्व केससंग रहेको छ भने ८ केस स्रोत पहिल्याउन नसकिने स्रोतबाट आएकोछ । हङकङमा कुल कोरोना केस १०,४८७ पुगेकोछ।
आजका नयाँ दर्ता भएका केसमा २ महिना देखि ८३ वर्ष बीचका १६ जना पुरुष र १८ जना महिला परेकाछ्न। आज २० जना प्रारम्भिक पोजेटिभ केस फेला परेकाछ्न।
पाँच आयातित केसमा २ जना डोमेस्टिक हेल्पर इन्डोनेसियाबाट , १ जना डोमेस्टिक हेल्पर फिलिपिन्सबाट ,१ यात्रु दुबईबाट र १ यात्रु नेपालबाट आएका परेकाछ्न। नेपालबाट आएको यात्रु कोरोना भाइरसको नयाँ प्रजाती (N501Y) बाट संक्रमित भएको पाइएकोछ।
२ वटा केस चुन वान , लुक येङ सन चुन ,ब्लक R बाट आएको छ।
अनिवार्य परिक्षणमा आज थप भवनहरु गएकाछ्न । जसभित्र परेका केही भवनहरु
१.९५-९९ च्यङ शा वान , साम सोइ पो
२. ६६- ६६A पार्क्स स्ट्रीट
३.६३ पोक फु लाम रोड
४.११-१७ फोर्ट स्ट्रीट , नर्थ पोइन्ट
५. ब्लक K तुन मान हाउस ,ओइ मान स्टेट , होमान तीन
६.सिन फाइ बिल्डिङ, ८-१२ विल्मेर स्ट्रीट, साइ यिङ पुन