नेपाली साहित्यको एक स्थापित नाम बिजय सुब्बा नेपाली साहित्य र राजनीति दुवैमा आफ्नो दह्रो पहिचान बनाउन सफल एक राष्ट्रिय व्यक्तित्व हुनुहुन्छ । उहाँका कविताहरुले नेपाली समाज र यसका अन्तर अवस्थालाई निक्कै नजिक र गहिरोगरि व्याख्या र विश्लेषण गरेका हुन्छन् । नेपाली राजनीतिलाई बुझ्नु भएका सुब्बाका कविताहरु तिनै अवस्थाहरुका साक्षी हुन् । हाल साझा प्रकाशनको अध्यक्षको रुपमा कार्यरत नेपालको कम्युनिस्ट आन्दोलन र खेमाभित्र प्रभावशाली व्यक्तित्वको रुपमा वहाँ परिचित हुनुहुन्छ। प्रस्तुत छ साताको तीन कविता ।
भान्छे हातहरू
ए !
बोल्दा प्याच्चै नबोल्नू
बस्दा थ्याच्चै नबस्नू भन्नेहरू हो !
मलाई बताओ
कति बेलासम्म
कति गाली गर्दासम्म
प्याच्चै नबोलेको ठहर्छ?
कति फोहरसम्म बस्दा
थ्याच्चै नबसेको ठहर्छ ?
मैले त
एउटा गालामा चड्कन दिँदा
अर्को गाला थाप्ने गान्धी घोक्ता घोक्ता
सगरमाथा तल देख्न थालिसकेँ
बोलेपछि बोलीको अधीनमा
स्वाट्टै परिन्छ भन्छन् र त
मुख खोल्नु अगाडि सोच्नुपर्छ भन्ने
घर्तीको अर्ती बोक्ता बोक्ता
छिः आफैँलाई कतिचोटि टालिसकेँ ।
तर प्याच्चै बोल्नेहरूले मेरो
सङ्लो मन कतिचोटि टेकिसके
थ्याच्चै बस्नेहरूले मेरो
सानो यो बाटो बाटै नराखी
गजधम्म कतिचोटि छेकिसके
कति अति खप्नु हँ?
तिनीहरूले नि तिनीहरूले
एक थोक भनेर कुनै
अर्को थोक अर्थिने
रोजीछाडी पन्नाहरूमा कानून जस्तै
आफूले आफ्नै नाम
कतिचोटि लेखिसके ।
मैले भने
कासाबिआङ्काको धैर्य च्यापेर
कागले आफ्नो नाम
आफैँ काड्छ कि भनेर
काग चिन्न पर्खे पर्खिरहेँ
;बरा बरा भन्दै जरा काट्नेहरूबाट
कतिहम्मे परयो परयो नि तर्किन
सयौँचोटि तर्केँ तर्किरहेँ
तर मान्छे भनाउँदाहरूको बोलीबाट
‘काग हुँ’ त कहाँ झुक्किने रहेछ र ?
परिवर्तन छिनाउने हतियारहरू नि हतियारहरू
यी भान्छे हातहरूबाट सधैँ
तर्किँदा मात्रै त कहाँ मक्किने रहेछ र ।
अराजक अक्षरहरू
<span;>ए !
<span;>छाड मलाई
<span;>कसैले नसमात
<span;>आज म मन खोलेर
<span;>अराजक हुन चाहन्छु
<span;>तिमीहरू काग हौ टाउकाहरूको
<span;>हाम्रा काँधहरूलाई
<span;>सँधै भरिया नबनाओ भन्दा
<span;>तिमीहरुका लालची आँखाहरूले
<span;>हाम्रा बाटाहरुमा
<span;>रयालै रयाल नखन्याओ भन्दा
<span;>अराजक भन्छौ नि मलाई
<span;>भन, जति भने पनि भन
<span;>अब म अराजक हुन चाहन्छु ।
<span;>अहिलेसम्म
<span;>हामी फगत मुसा भयौँ
<span;>हे मलिन शहरका तिमी
<span;>बाँसुरीवादक पछाडि
<span;>एकोहोरो भएर नदीमा डुब्यौँ
<span;>हाम्रो दुखान्त अन्त्य सुनाउने
<span;>एउटा मुसा समेत बचेनौँ
<span;>हामी निस्लोट र अचम्मै एकोहोरो
<span;>फगत मुसा भएकोमा
<span;>मलाई अब
<span;>रत्तीभर चित्तबुझेको छैन
<span;>म अराजक हुन चाहन्छु
<span;>कम्तीमा
<span;>हाम्रो दुःखान्त अन्त्य सुनाउनुभन्दा
<span;>तिम्रो बाँसुरी धुन विरुद्ध
<span;>एउटा मुसा उब्रिन चाहन्छु ।
<span;>बाँध्छौ कसैले मेरा अक्षरहरुलाई ?
<span;>बाँध्छौ कसैले मेरा अक्षरहरुलाई ?
<span;>लौ बाँध
<span;>हेरौँ बन्धनले बाँधिन्छन् बाँधिन्नन्
<span;>अराजक भइसकेपछिका
<span;>मेरा मसिनी र काले अक्षरहरू
<span;>म पनि अब विचार गर्छु
<span;>यी भोका अक्षरहरू
<span;>परम्परा छाड्ने नाममा
<span;>थालमा हात गाड्न
<span;>छाड्न सक्छन् सक्तैनन्
<span;>तिमीहरू काम नपरी बन्धन र
<span;>ठानिएका मेरा निर्मोही अक्षरहरू
<span;>को पहिले टाकुरामा
<span;>थकाइ मार्दा रहेछन्
<span;>मूल ढोकाबाट उता
<span;>टाउको छिराइसकेर
<span;>खुट्टा चाहिँ यतै देखाउँदै
<span;>सक्दो प्रतिगमन पस्कने
<span;>तिमी कलुषित भान्छेहरू र
<span;>मेरा यी ठेला अक्षरहरू
<span;>को पहिले मैदानमा
<span;>म हुनुको झण्डा गाड्दा रहेछन् ।
मलाई माफ गर धनबहादुर माफ गर !
<span;>मलाईमाफ गर धनबहादुर !
<span;>मलाई माफ गर
<span;>म छाती हुँ चोइटिन्न ढुङ्गामा
<span;>भनेर युद्धमा सेकाएको
<span;>अलिकति शिलाबाला न्यानोले
<span;>‘कहिल्यै थाक्तिन’ कसम खाएको थिएँ
<span;>मेरो चुलोको बासीभात
<span;>न तताउनै समेत भ्याएको थिएँ ।
<span;>तर
<span;>अहँ सकिँन
<span;>घाम हेर्न घामतिरै फर्कनुपर्छ भन्थे
<span;>आगोको ताप आगैबाट लिनुपर्छ भन्थे
<span;>घामतिर फर्कन पनि सकिँन
<span;>आगोबाट तर्कन पनि सकिँन
<span;>केही केही गर्न सकिँन
<span;>मलाईमाफ गर धनबहादुर !
<span;>मलाई माफ गर ।
<span;>चाहनाहरूबाट भागेर
<span;>कतिदिन बाँचिरहन सकिन्छ र ?
<span;>चाहनाको पुलबाट सपनाको देश तर्दा
<span;>भुक्लुक्क उम्लेको मन
<span;>कतिदिन साँचिरहन सकिन्छ र ?
<span;>अहँ अब
<span;>अस्मिता जोगाउन सक्तिन
<span;>म त अर्काले चपाएको
<span;>गाँस निल्ने निरीह मान्छे रहेछु
<span;>सुकुमार हातहरूले अक्षर समातेर
<span;>हलो जोत्ने कुरा गरेपछि
<span;>हातमा खिया परेको खुकुरी लिएर
<span;>सिरानी फेर्ने कुरा गरेपछि
<span;>सब झूट लाग्यो धनबहादुर
<span;>सब झूट लाग्यो
<span;>म त कतिवेला एक्लै भएछु ।
<span;>म अरु केही हैन
<span;>बेलुकी पखको बास हुँ
<span;>बासमा जे जसो बस्दा पनि बासै हुन्छ
<span;>म कालो रङ्ग हुँ डर देखाइने
<span;>त्यही रङ्ग हुँ विरोधमा उठाइने
<span;>जे जसो गर्दा पनि भाषै हुन्छ
<span;>म सिन्को भएँ कुनै गफको सुरमा
<span;>निरुद्देश्य टिपिइरहन्छु टुक्रिइरहन्छु
<span;>म चोइटा भएँ कुनै झोँकमा
<span;>हठात् प्याट्ट फुटिरहन्छु
<span;>न प्रतिवादमा चढ्ने
<span;>साँघुरै सही सिँढी पाएँ
<span;>न मैदानमा निस्कने
<span;>अँध्यारै सही गल्ली पाएँ
<span;>कतै चढ्नै सकिँन
<span;>कतै बढ्नै सकिँन
<span;>सायद म बटुको भएँ उत्तानो छु
<span;>राम्रो होस् या नराम्रो
<span;>माथिबाट जे खस्दैछ
<span;>त्यही मात्र त ममा पर्नसक्छ
<span;>अहँ सक्तिन अब आफू जोगिन
<span;>मलाई माफ गर धनबहादुर !
<span;>मलाई माफ गर ।
<span;>थाहा छैन र धनबहादुर तिमीलाई ?
<span;>अब पहाड फोर्छौँ भन्ने उध्दोषहरू
<span;>पँधेरा मुनिका गरा भएकाछन्
<span;>विश्वास नगर पहाडवालाहरूलाई
<span;>खुट्टा नगाड गराहरूमा
<span;>जहाँ हिलोहरू उध्दोष भएकाछन्
<span;>उद्घोषहरूले पहाड कोट्याउन सक्दैनन्
<span;>गराहरूले अन्तर्घात छोट्याउन सक्तैनन्
<span;>यस्तो बेला म
;आतङ्क दासहरूको मोर्चाभित्र रहेर
;जिउँदो लासहरूको चर्चाभित्र गएर
तिम्रो नामको कित्ता काट्न सक्तिनँ
;बरु चुपचाप सुन्छु भित्ता फाट्न सक्तिन
के गर्न सक्ने भएँ र सक्तिनँ
मलाई माफ गर धनबहादुर !
मलाई माफ गर ।