विराटनगर÷ नेपाली मौलिकता बोकेको नौमति पञ्चे बाजा संरक्षण गर्ने उदेश्य अनुसार विराटनगर महानगरपालिका वार्ड ८को आर्थिक सहयोग तथा राष्ट्रिय उपभोक्ता मन्च मोरङ र समृद्धि नेपालको आयोजनमा १५ दिने पञ्चे वाजा तालिम विराटनगरमा आज देखी सुरु भएको छ । नौमति पञ्चे बाजा तालिमको उद्घाटन विराटनगर महानगरपालिका कि उप मेयर शिल्पा निराला कार्कीले गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा विराटनगर महानगरपालिका वार्ड ८ का वडा अध्यक्ष राम पोखरेल ,कार्यपालिका तारा कुमारी राय ,वडा सदस्य भुवनेस्वर राजवंशी वडा न ८ का वडा सचिव मनोज मल्लिक , वडा सदस्य पवित्रा गजमेर समाजसेवी राजन भण्डारी ,समाजसेवी राजेन्द्र थापा राष्ट्रिय उपभोक्ता मन्च मोरङ , समृद्धि नेपालका पदाघिकारी लगायतको उपस्थिती रहेको थियो । पेशागत रुपमा आत्मनिर्भर बनाएर नेपालको मौलिक सस्कार र सस्कृतिलाई जर्गेना गर्नको लागी सिपमुलक तालिमले थप रुपमा महिलाहरुको क्षमता , दक्षता र आर्थिक रुपमा सवल बनाउनको लागी बिशेषगरि नौमति बाजा बनाउने तालिमबाट विगतको समयमा महिलाको संङख्या उल्लेखनिय वृद्धि भएको उपमेयर शिल्पा निराला कार्कीले जानकारी दिनुभयो छ् ।
बिवाह, उत्सव तथा शुभ कार्यमा प्रयोग गरिने मौलिकता बोकेको दमाह, झ्याम्टा, सनाइ, ढोलक, ट्याम्को, नरहिङ्हा जस्ता ९ वटा बाजाहरुलाई एकैसाथ बजाउने नौमति बाजा लोभ हुँदै गएको र यसको संरक्षणका लागि महिला दिदि बहिनीलाई आत्मनिभर भएर आर्थिक उपार्जनका लागी अग्रसर हुन तालिम प्रदान गरिएको वडा अध्यक्ष राम पोखरेलले बताउनुभयो । आगामी समयमा पनी वडा भित्रका नागरिकलाई सिपमुलक तालिमका लागी वडाले थप कार्यक्रम ल्याउने उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया