न्युयोर्क । युनाईटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका UKROA (यायोख्खा ) न्युयोर्क च्याप्टरले आफ्नो सातौं अधिवेशन न्युयोर्कको ज्यक्सन हाईटमा फेब्रुअरी २४ तारीखका दिन भव्यताका साथ सम्पन्न गरेकोछ।
अधिवेशनले सन २०२५ देखि सन २०२८ सम्मको कार्यकालको निम्ति अरुण मेवाङ् राईको नेतृत्वमा १५ सदस्यीय र एक कल्चर कोअर्डिनेटर ,एक महिला कोअर्डीनेटर सहित सत्र सदस्यीय च्याप्टर कार्यसमिति सर्वसम्मतिबाट चयन गरेकोछ।
अधिवेशन समुद्घाटन समारोहका प्रमुख अतिथि, वर्तमान केन्द्रिय सदस्य गरचा राईले समारोहलाई सम्बोधन गर्नु हुदैं हामी किरात राईहरु संसारका जुनसुकै ठाउँमा पुगे पनि आफ्नो संस्कार र संस्कृतिको संरक्षण तथा सम्बर्द्धनमा हामी नै लाग्नु पर्ने बताउनु भयो । युवा अवस्थामा हाम्रो ध्यान बाहिरको रौनक तिर आकर्षित हुन्छ । मन पनि सजिलै बरालिने गर्छ । तर उमेर ढल्कदै गएपछि साथै समाजमा घुलमिल हुदै गएपछि आफ्नो संस्कार ,संस्कृति तथा पहिचानबारे सुझबुझ बढ्दै जान्छ । तर युवा पिढीहरु यथासमयबाट नै आफ्नो संस्कार ,संस्कृतिलाई जीवन्त राख्न सकृयताका साथ लागेमा हाम्रो अस्तित्व संकटमा नपर्ने कुरा उल्लेख गर्नु भयो ।
संस्थाका संस्थापक सदस्य तथा पुर्व युक्रा न्युयोर्क अध्यक्ष तथा युक्रा केन्द्रीय उपाध्यक्ष केसव राम राईले निवर्तमान अध्यक्ष ममता राई नेतृत्वको कार्यसमितिले न्यूयोर्क च्याप्टरको हकमा अहिले सम्मकै उत्कृष्ट र सानमानको काम गरेको भनेर प्रसंसा गर्दै नया कार्य समितिले अझै यो भन्दा माथी छलाङ मारेर जान सक्नु पर्छ भन्दै सफल कार्यकालको शुभकामना दिनु भएको थियो ।
कार्यक्रममा न्युयोर्क च्याप्टर सल्लाहकार गोविन्द राई , अन्तर्राष्ट्रिय कराते रेफ्री ,जज तथा कराते एसोसिएनका प्रशिक्षक सेनसेइ पर्खी खालिङ राई र सुकु रुम्दाली राईले पनि आफ्नो मनतव्य राख्दै नया कार्यसमितिलाई कार्यकाल सफलताको शुभकामना दिनु भएको थियो ।
युकेआरओए निवर्तमान अध्यक्ष ममता खालिङ राईले आफ्नो ३ वर्षे कार्यकालमा आफ्नो जातीय उत्थानको निम्ति सकेसम्म गरेको बताउनु भयो । आफुले २०२२ बाट नै केही न केही नयाँपन दिने प्रयास गर्दै आएको र सम्पुर्ण कार्यसमिती र युक्रा परीवारको एकताबाट यो सम्भव भएको बताउनु भयो ।
आफ्नो पहिलो कार्यकालको सकेला पर्व सफल तुल्याउन युकेआरओएका पाँच वटै च्याप्टर र केन्द्रिय कार्यसमितिको अमुल्य सहयोग रहेको कुरा स्मरण गर्दै नेपाल आदिवासी जनजाती महासंघ अमेरीका अन्तर्गतका १८ संस्थाहरु, फ़िवना,एनआरएनए ,हामी नेपाली ग्लोबल आदि अमेरिकामा रहेका विभिन्न संघसंस्थाको पनि उत्तिकै साथ रहेको बताउनु भयो । आयोजित साकेला पर्वले किरात राईहरुले मनाउने साकेलाको अर्थ र भाव के हो भन्ने कुरा सबै माझ प्रस्टाउन केही हद सम्म सफल भएको आत्म मुल्यांकन गर्नु भयो । दोस्रो वर्षको साकेला न्युयोर्कको टाइम स्क्वायरमा सम्पन्न भएको थियो । यस स्थानमा सर्वप्रथम कार्यक्रम आयोजना गर्ने पहिलो अमेरिकन नेपाली संस्था नै युक्रा न्युयोर्क च्याप्टर थियो । जुन कार्यक्रमका बिशेष अतिथि रहेका थिए – अधिवक्ता द्वय जुमाने विलियम्स र काशिफ हुसेन। सोहि अवसरमा सिटीको तर्फबाट उत्कृष्ट आठजना साकेला सिली गर्ने र ढोल झ्याम्टा बजाउने कलाकारहरुलाई प्रमाण पत्र काशिफ हुसेनको हातबाट बितरण भएको कुरा पनि बताउनु भयो ।
आफुले नेपालमा रहेका संस्थाहरुलाई पनि आर्थिक सहयोग गर्दै आएको र अमेरीकन राई प्रतिभा साथै आफ्नो क्षेत्रमा स्थापित हुन सफल व्यक्तित्वहरुलाई सम्मान गर्दै आएको बताउनु भयो ।
निवर्तमान अध्यक्ष खालिङले नया कार्य समितीलाई उत्तरोत्तर प्रगतिको शुभकामना दिदै आगामी दिनहरूमा किरात राइहरुको सर्वोपरि हितको निम्ति संस्थालाई यथासक्दो सहयोग गर्न सदैव तत्पर रहने प्रतिबद्धता समेत जाहेर गर्नु भयो ।
युकेआरओए न्युयोर्क च्याप्टरका संस्थापक अध्यक्ष ,पुर्व केन्द्रीय अध्यक्ष ,पुर्व केन्द्रिय महासचिव तथा न्युयोर्क च्याप्टरका वर्तमान सल्लाहकार एवं निर्वाचन आयुक्त प्रभाकर राईले सफलपुर्वक निर्वाचन सम्पन्न गरि अरुण राईको नेतृत्वमा १५ सदस्यीय र एक कल्चर कोअर्डिनेटर ,एक महिला कोअर्डीनेटर सहित १७ जनाको न्युयोर्क च्याप्टर कार्य समितीको घोषणा गर्नु भएको थियो।
नयाँ कार्यसमितिलाई निर्वाचन आयुक्त प्रभाकर राईबाट सपथ ग्रहण गराइएको थियो भने खातापाता तथा सर्टिफिकेट हस्तान्तरण नोक्छो पदम बहादुर राईको हातबाट भएको थियो ।
नवगठित कार्यसमितिमा अध्यक्ष अरुण राई , वरिष्ठ उपाध्यक्ष वसन्ती राई, उपाध्यक्ष प्रमल राई , उपाध्यक्ष तेशुराज राई, महासचिव सृजना वाहिङ, सचिव उत्तर थुलुङ राई , कोषाध्यक्ष विनोद चाम्लिङ राई , सह कोषाध्यक्ष मनिषा चाम्लिङ राई, वोर्ड सदस्यहरु उधिर राई, निलम राई , दिपेस राई , जेनी महर्जन राई , शान्ति राई , अर्पन राई , मनिराज राई र कल्चर कोअर्डिनेटर मा रोसन राई र महिला कोअर्डीनेटरमा सरिता राई चयन भएका छन् ।
नव निर्वाचित अध्यक्ष अरुण राईले निर्वाचन आयुक्त प्रभाकर राईलाई निर्वाचन सफलपूर्वक सम्पन्न गरेकोमा धन्यवाद दिदै निवर्तमान अध्यक्ष ममता राई लगायत कार्यसमितीलाई विदाई तथा धन्यवाद दिनु भएको थियो ।
उक्त अधिवेशनमा संस्थाको आयव्यय विवरण संस्थाका कोषाध्यक्ष नेपाल यात्रमा रहनु भएकोले उपाध्यक्ष कृष्ण प्रशाद राईले दिनु भएको थियो र अधिवेशनको पहिलो सेसन माहासचिव बद्री कुमार राईले सन्चालन गर्नु भएको थियो ।