पेशाले बेलायतको आस्फोर्डमा रजिस्टर डेन्टल नर्सको रुपमा कार्यरत श्रीमती कल्पना राई कुन्जु बिगत दुई दशक भन्दा लामो समयदेखि नेपाली गीतसगीतमा सक्रिय हुनुको साथै गायनमा राम्रो दखल राख्न सक्ने गायीका हुनुहुन्छ । सानै उमेरबाट गायन क्षेत्रप्रति रुची राख्नुहुने राईको नाम बेलायतमा बसेर गायन क्षेत्रमा समर्पीत समकालिन गायीकाहरु माँझ अग्रस्थानमा आउछ । पढाइमा पनि उत्तिकै तेज दिक्तेल मल्टिपल कलेजबाट आइ ए उत्तीर्ण स्कलरशिप पाएर पढाइकै सिलसिलामा धरान महेन्द्र बहुमुखी क्याम्पसबाट पोल्टिकल साइन्स र अर्थशास्त्रमा बि ए उत्तीर्ण उहाँ हाल सपरिवार बेलायतमै बसोबास गर्नुहुन्छ ।

पूर्व ब्रिटिस आर्मी बाबा टेकबहादुर राई र आमा कोपिला राईको कोखबाट जन्मिएकी कल्पनाको बाल्यकाल खोटाङ जिल्लाको खोटेहाङ गाउँमै बित्यो । प्राथमिक तहको स्कुल पढ्दादेखिनै उहाँ स्कूलको विभिन्न सांस्कृतिक कार्यक्रमहरुमा गीत गाउनुको साथै नेपाली गीतसगीतको बिषयमा गहिरो चासो राख्नुहुन्थ्थो ।

हाल आधा दर्जनभन्दा बढी कल्पना राई कुन्जुका सुमधुर स्वरमा सजिएको गीतहरू मध्ये, शब्द रचनाकार टिका चाम्लिङ्गको र संगीतकार शान्तिराम राई द्वारा संगीतबद्ध मियो हौ तिमी मेरो मायाको बोलको गीत गायक राजेश पायल राईसँग बजारमा आएको गीत निकै चर्चामा छ ।

तपाईको प्रतिक्रिया