न्युयोर्क । कियाचु अमेरिकाद्वारा २२ डिसेम्बर २०२४ का दिन आयोजित चासोक तङनाम संयुक्त राज्य अमेरिकाको न्युयोर्क शहर स्थित शेर्पा किदुकको हलमा भब्यताका साथ सम्पन्न भएको छ । औपचारिक एवं डिजे गरि दुई खण्डमा सम्पन्न भएको कार्यक्रमको पहिलो औपचारिक खण्ड कियाचु अमेरिकाका महासचिव घन योङ्हाङ् र दोश्रो खण्ड संस्थाका पूर्व अध्यक्ष दिपेस जबेगुले संचालन गर्नु भएको थियो ।

कियाचु अमेरिकाका अध्यक्ष दिपक थेवेको अध्यक्षतामा संपन्न उक्त कार्यक्रममा अधिवक्ता तथा किरात याक्थुङ चुम्लुङ अमेरिकाका कानुनी सल्लाहकार श्री दुर्गा सुब्बा मेन्याङ्बोको प्रमुख आतिथ्य रहेको थियो भने बिशेष अतिथिमा कोलम्बिया युनिभर्सिटी अमेरिकाका प्रोफेसर डा. प्रेम फ्याक रहनु भएको थियो । कियाचु अमेरिकाका तुम्यहाङहरु मदन सम्बहाम्फे, केशर माङ्देन, प्रेम मेन्याङ्बो, पुष्पलता थाम्सुहाङ्, बिमला पोमु र कर्ण योङ्हाङ्को पनि उपस्थिति रहेकोे थियो।

याक्थुङ लिम्बुका सन्तानका रुपमा जन्म लिई आफ्नो विशिष्ट कर्म, त्याग, तपस्या, बलिदान र योगदानका कारण नेपालको राष्ट्रीय विभुति कहलिएका विभुतिहरुको तस्विरमा माल्यार्पण र चासोक पुजा गरी शुरु भएको सो कार्यक्रमको आरम्भमा नेपाल तथा संयुक्त राज्य अमेरिकाको राष्ट्रीय गान प्रस्तुत गरिएको थियो । ततपश्चात संस्थाका वरिष्ठ उपाध्यक्ष सरोज थाङ्देनले आमन्त्रित सम्पुर्ण अतिथि एवं महानुभवहरुलाई स्वागत मन्तव्य मार्फत स्वागत गर्नु भएको थियो ।

कियाचु अमेरिकाका विभिन्न तह तप्का र भुमिकामा रही संस्थाको वृत्ति विकास गर्न तन मन बचन र कर्मले विशिष्ट सहयोग पुर्याउने महानुभावहरूलाई प्रमुख तथा विशिष्ट अतिथिको हातबाट सम्मान पत्र प्रदान गरिएको थियो । सम्मानित व्यक्तिहरुको नामावली रहेकोे छ – पुष्पलता थाम्सुहाङ्, सरस्वती कन्दङ्वा, ममता सुब्बा लाबुङ, पूर्ण खिम्दिङ, केबी थेवे, सुबास हुक्पा चोङ्बाङ, बिष्णु चोङ्बाङ, पुरन लिम्बु, गजेन चेम्जोङ्, लीला सिङ्गक, बिमल चेम्जोङ, प्रेम मेङ्याङ्बो, सिभ लाबुङ, भिमा देवान, भिम मादेम्बा, कुबेर वनेम, बिरेन्द्रहाङ लाबुङ, रिना थाम्सुहाङ्, बिजेता थेवे, रुपा याखा, प्राची लिम्बु बिसुङ्खे, निर्मला कन्दङ्वा हुक्पा चोङ्बाङ्, शसिकला मोक्तान, रिन्जी डोल्मा शेर्पा, नवाङ शेर्पा, एलिसा लिम्बु ।
चासोक तङनामको पहिलो खण्डको अन्त्यमा संस्थाका अध्यक्ष दिपक थेवेले चासोक तङनाम सम्पन्न गर्न विभिन्न भुमिकामा रहेर सहयोग गर्नु हुने संस्थाका सम्पुर्ण पदाधिकारी, प्रायोजक, प्रमुख अतिथि, विशिष्ट अतिथि तथा अतिथि, क्यामेराम्यान, संचारकर्मी, मिठो खाना बनाउनु हुने संस्थाको कोषाध्यक्ष निर्मला कन्दङ्वा हुक्पा चोङ्बाङ आदि सबै प्रती आभार, कृज्ञता एवं धन्यवाद व्यक्त गर्दै औपचारिक कार्यक्रमको समापन गर्नु भएको थियो ।

चासोक तङनामको दोश्रो खण्डको कार्यक्रममा संस्थाका संस्कार संस्कृति विभाग संयोजक कुवेर वनेम एवं कियाचु अमेरिकाका तुम्याहाङ प्रेम मेङ्याङबोको नेतृत्वमा र रुपा याक्खा, लिला सिङ्गक, धन योङ्हाङ्, पुष्पलता थाम्सुहाङ्, सुबास चोङ्बाङ् , सरस्वती कन्दङ्वा, बिष्णु चोङ्बाङ, सुर्य लिङ्देनको सहयोगमा याक्थुङ लिम्बु समुदायको मौलिक केलाङ (च्याब्रुङ नाच ), यालाङ (धान नाच), हाक्पारे र रैथाने ख्याली प्रस्तुत गरिएको थियो । ममता सुब्बा लाबुङ, भिमा देवान गायक भिम मादेम्बा, प्राची लिम्बु बिसुङ्खे, रेमोस अधिकारी, राम सोदेम्बा र बिरेन्दहाङ लाबुङ लगायतले धमाकेदार नृत्य एवं गायन प्रस्तुत गरी उपस्थित महानुभावहरुलाई मनोरञ्जन प्रदान गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया