पुर्वेली संस्कार र संस्कृतिको गहिरो झल्को दिने ‘तिमी मेरो पारुहाङ’ बोलको लोक भाका गीतको भिडियो सार्वजनिक भएको छ। यो गीतमा गायिका मेनुका राईको सुमधुर स्वर छ, जसले माया र पिरतीको गहिरो भावलाई उजागर गरेको छ।

गीतकार चन्द्र जयपाल राईका शब्दले सजिएको यो भाकामा बसन्त सापकोटाको संगीत रहेको छ। गीतले पुर्वेली परम्परा झल्काउँदै मागी विवाह र भगाई विवाहका विषयमा दोहोरीका रमाइला प्रसंगहरू समेटिएको छ ।भिडियोमा विल्सन विक्रम राई, एलिसा राई र सोनाम तामाङले अभिनय र नृत्य रेहको छ। विक्रम डिसीको छायांकन, मनोज कार्कीको सम्पादन, र विल्सन विक्रम राईकै निर्देशनमा तयार पारिएको भिडियोमा संस्कार र संस्कृतिको मौलिकता झल्किएको छ।

गायिका मेनुका राईका अनुसार यो गीतले पुर्वेली लोक भाकाको सुन्दरता र मौलिकतालाई जगेर्ना गर्न सहयोग पुर्‍याउने छ। यो गीतको भिडियो अहिले सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्ममा उपलब्ध छ ।

तपाईको प्रतिक्रिया