निर्माता रविन कुमार नाल्बोको लिम्बू कथानक चलचित्र सुगुपलाई पुन सर्बोकृष्ट अवार्डले सम्मान गरिएको छ । बिहिबार सम्पन्न एफ एल एफ अवार्ड को चौँथो संस्करणमा सुगुप ले सर्बोकृष्ट अवार्ड प्राप्त गरेको हो।

त्यसैगरी उत्कृष्ट अभिनयको अवार्ड बबिता नेयोङहाङ र उत्कृष्ट गितकार याशेली योङ्हाङलाई प्रदान गरिएको छ । त्यसैगरी दोस्रो इन्टरनेशन म्युजिक एन्ड चलचित्र अवार्ड २०२४ मा उत्कृष्ट निर्देशकको अवार्ड लोकेन साम्बाले र उत्कृष्ट नायिकाको अवार्ड बबिता नेयोङहाङले प्राप्त गरेका थिए।

यस अघि पनि सुगुप’ले चौथोँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव २०८१ मा ४ वटा बिधामा अवार्ड हात पारेको थियो। पब्लिक च्वाईस अवार्ड, उत्कृष्ट छायांकन,उत्कृष्ट सम्पादन र उत्कृष्ट पार्श्व संगित गरि ४ ओटा अवार्ड प्राप्त गरेको थियो । त्यसैगरी पब्लिक च्वाईस अवार्ड सहित नगद रु ३५ हजार हात पारेको थियो। उत्कृष्ट छायांकन बाट युवराज राई, उत्कृष्ट सम्पादन बिपिन मल्ल र उत्कृष्ट सङ्गीत अशोक लोहोरुङले प्राप्त गर्नु भएको थियो ।

लिम्बू जातिमा प्रसव पिडा अर्थात सुत्केरी ब्यथाको कारण ज्युँदो या मृत बच्चा जन्माउने क्रममा अथवा प्रसुती ब्यथाकै कारण मृत्यु हुने महिलालाई सुगुप भन्ने लिम्बु समुदायमा प्रचलन छ । सुगुप भएर मृत्युवरण गरेकी महिलालाई गरिने मृत्युु संस्कार लाई मुख्य बिषयबस्तु बनाएर बनाईएको चलचित्र सुगुपले विश्व फिल्म जगतमा आफ्नौ अलग्गै कथाबस्तु लिएर आएको छ ।

तपाईको प्रतिक्रिया