लामो समयदेखि महिला शसक्तीकरणको क्षेत्रमा कार्यरत कमला राना पछिल्लो समयमा कविता लेखनतिर पनि त्यत्तिकै सकृय हुनुहुन्छ । उहाँको कविताहरुमा मानवीय संवेदनशीलता ,आवेग र अनुरागका अभिव्यक्तिहरु जवरजस्तरुपमा आएका हुन्छन् । बासुरीको मधुर धुन जस्तो यी कविताहरुले नेपाली कविता लेखनको क्षेत्रमा राम्रो सम्भावना बोकेका छन् । प्रस्तुत छ साताको तीन कविता ।
वर्षाले थुनिएपनि तिम्रो यादमै रहिरहने छु
कार्तिकमा पनि –
बर्षायाम जस्तो मुसलधारे बर्षा छ
म –
बर्षामा नराम्रो गरी फसेको छु
पानी र हिलाम्मे सडकले मलाई थुनेर राखेका छन्
तरपनि
तिम्रो मायाले मेरो यो हृदय भरिएको छ
मेरा बिचारहरु तिमी तिरै बग्छन सदाझैं पङ्क्तिबद्व भएर ।
यी बूंदहरूले मेरो आत्मालाई भिजाउन सक्दैन
तर तिम्रा यादहरुले मलाई पूर्णता नै दिलाउँछ
घनघोर झरीले बनेका
कुन्ड, पोखरी र तालका बीचमा पनि म तिम्रो मुस्कान नै देख्छु ।
प्रत्येक वर्षाका थोपाहरूसँग, हिलोसँग र कुन्ड कुन्डमा हाम्रा ती पुराना र सम्झन लायक
यादहरू बोकेर डुबुल्की मार्छु
यस्तो वर्षा जति भैरहे पनि होस्
आकाश कालो र गर्जनशील नै किन नहोस्
मलाई प्रवाह छैन……
कीनकी-
मेरो मुटु तिम्रै लागि धड्कन्छ
यस्ता सबैखाले बिषम क्षणहरूमा पनि
म अलपत्र भए पनि, मेरो माया स्वतन्त्र छ ।
प्रीय –
तिम्रो बारेमा सोच्दा सोच्दै
गुनगुनाऊदै र रमाऊँदै म लापरवाह चल्न सिकी सके
चिन्ता पटक्कै नलिनु म ठिकै छु
अभ्यस्त भैसकेको छु प्रतीक्षा गर्न
एकदिन बर्षा रोकीएर घाम लाग्ने आशामा पर्खिबस्न सिकीसकेको छु ।
मन्थन
तन्त्र फेरिए
मन्त्र फेरिए
नीति र नियमले जनता बेरिए
बहुदल आए
बहुरुप छाए सत्तामा पुगे आफैलाई चोख्याए ।
परिवर्तन आएकै हो
सुबिधा लिन पाएकै हो रैतीले हैन उनले
गाउँ खाली भए आफना बाहिरिए
खुसी के को लागि मनाउने ?
सार्वजनिक ऋणले गलेको मनलाई थेग्न
मर्दा पर्दा कोही छैन गाउँ र घरमा
तिमी पो सरकार बन्यौ देश चलाउने ।
न उद्योग न कलकारखाना
त्यै माकुरेजालो सडक खनिए
लाखौ बाहिरिए गाउँमा आएको सडक जस्तै
खैर
जसोतसो चलेकैछ चुलोमा दाउरा बलेकै छ बारीमा फलेकैछ
श्रेय चै तिम्लाई नै गएकै छ
भलाई तिम्रै दरसन्तानको भएकै छ।
हाम्रा त
उहिल्यै बाजेको पालादेखि नङ्ग्रा खियाउने काम चलेकै छ
एकसरो नाना, बास बस्ने छाना, भोक लाग्दा खाना बनेकै छ।
भिडको पछि सत्य हुँदैन
भिडको पछाडि सत्य हुदैन
सत्यको पछाडी भिड हुँदैन
ठगको कुनै राजनीति हुदैन
राजनीति गर्ने ठग हुनुहुदैन
काम गर्नेले मुख चलाउदैन
मुख चलाउनेले काम गर्दैन
भ्रष्टाचार गर्ने अनपढ हुदैन
अनपढ सत्तामा पुग्दैन
ठगको कुनै राजनीति हुदैन
राजनीति गर्ने ठग हुनुहुदैन
काम गर्नेले मुख चलाउदैन
मुख चलाउनेले काम गर्दैन
भ्रष्टाचार गर्ने अनपढ हुदैन
अनपढ सबै सत्तामा पुग्दैन।