न्युयोर्क । यही अक्टोवर २३ शनिबारको दिन नेपाल आदिवासी जनजाती महासघं अमेरीका (फिप्ना) ले वित्तिय साक्षरता तथा सामाजिक सुरक्षा कोष (Financial Literacy and Social Security Benefit) सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।
उक्त कार्यक्रममा फाईन्यानसियल लिटरेसि क्याम्पिनर ( Financial Literacy Campaigner) साङ दोर्जे शेर्पा र सामजिक सुरक्षा कोष पन्जिकृत विश्लेषक (Registered Social Security Analyst) दाजीमा शेर्पाले वित्तिय साक्षरता र सामाजिक सुरक्षा कोष सम्बन्धमा विस्तृत रूपमा जानकारी दिनु भयो ।

सामाजिक सुरक्षा कोषको सुबिधाहरू कहिले र कसले लिन मिल्छ, यसका फाइदा र बेफाइदा के के छन् , उमेरको हदबन्दी कस्तो छ, महिला र पुरुषको हकमा कस्ता प्रावधान छन्, एकल महिला, श्रीमान श्रीमतीमा लागू हुने करको दायरा र फाईदा र बेफाईदा आदि विषय माथि वक्ता द्वयले प्रकाश पार्नु भएको थियो । करिब तीन घण्टा लामो समयसम्म चलेको कार्यक्रममा प्रश्न उत्तरको चरण पनि रहेकोे थियो ।

फिप्नाका माहसचिव दिपक चौधरीद्वारा संचालित यस कार्यक्रममा फिप्नामा आबद्ध र अन्य विभिन्न नेपाली संगठनका पदाधिकारी र सर्वसाधारण जनसमुदायको उपस्थिति रहेको थियो।

न्युयोर्कवासी नेपालीहरुलाई वित्तीय साक्षरता प्रदान गर्दै उपलब्ध सामाजिक सुरक्षा कोषबारे ज्ञान दिने यस्ता सेमिनार निरन्तर आयोजना गर्दै जाने प्रण व्यक्त गर्दै फिप्ना अध्यक्ष तोरण गुरुङले कार्यक्रम विसर्जन गर्नु भएको थियो।

तपाईको प्रतिक्रिया