सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा दोश्रो महाकुलुङ ऐतिहासिक साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । साहित्य समाजको पहिचान, युवा साहित्यकारलाई उजागर हाम्रो अभियान भन्ने नाराका साथ कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम २०८१ असाेज २८ गते सोमबार महाकुलुङ गाउँपालिकाका उपाध्यक्ष विपना कुलुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा १३ जना साहित्यकारहरू आफ्ना रचना वाचन गरेका थिए ।

कार्यक्रममा साहित्यकारहरू गजल, मुक्तक, हाइकु, कविता ,लघुकथा वाचन गरि सुनाएका थिए । भाषा र साहित्यको विकास तथा संरक्षणको उद्देश्य सहित स्थानीय साहित्यकार मनुहाङ किराती साेलुको प्रयासमा आयोजित साहित्यिक कार्यक्रममा स्थानीय साहित्यमा योगदान पु¥रयाउने १ जना लाई सम्मान समेत गरिएको छ । सम्मानित हुनेमा लामो समय साहित्यिक क्षेत्रमा रहेर भाषा र साहित्यको विकास र संरक्षणमा योगदान पु¥याउने मन बहादुर कुलुङलाई दोसल्ला र सम्मान पत्र सहित सम्मानीत हुनभएकाे छ । यस्तै मनुहाङ किरातीकाे माता ७३ वर्षीय थेप्लीमनी कुलुङलाई पनि दाेसल्ला ओढाएर सम्मान गरिएको छ ।

गत वर्ष प्रतियोगिताको रुपमा आयोजना गरिएको प्रथम महाकुलुङ ऐतिहासिक साहित्यिक कार्यक्रमको निरन्तरता स्वरुप यस वर्ष पनि अप्रतियोगी कार्यक्रमको रुपमा आयोजना गरिएको आयोजक मनुहाङ किराती सोलुले बताउनुभयो । उहाँले आगामी वर्ष प्रतियोगिताको रुपमा आयोजना गर्ने गरि तयारी गर्ने उल्लेख गर्नुभएको छ । सोमबार आयोजित कार्यक्रममा रचना वाचन गर्ने १३ जनालाई सम्मान पत्रले सम्मान गरिएको किराँतीले बताउनुभयो । कार्यक्रममा महाकुलुङ गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष महल सिं कुलुङ, विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थी स्थानीय लगायत गरि सायौँको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया