कुमोद अधिकारी विराटनगर
२२ असोज,
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले वर्तमान सरकारको विकल्प खोज्ने वेला अहिले नभएको वताउनु भएको छ ।
विराटनगर विमानस्थलमा आज संचारकर्मीसंग कुरा गर्नुहुदै उहाले नेपाली कांग्रेस र नेकपा एमाले विचको सहमतीमा वनेको गठवन्धन सरकारको एकसय दिन पनि नपुगि सकेको अवस्थामा यो सरकारको विकल्प खोज्ने वेला अहिले नभएको प्रष्ट पार्नुभयो ।
सरकारमा रहेका दुई ठुला दलको विच वनेको गठवन्धन टुट्दा जनतामा नैरश्यता छाउने भएकाले यो गठवन्धनलाई कुनैपनि हालतमा टुट्न दिन नहुने उहाको भनाई थियो ।
दुई ठुलादल विच गठवन्धनको सरकार वनि सकेकाले अव पछाडी फर्कने भन्दा पनि यो गठवन्धनलाई जोगाएर अघि वढनुपर्ने अहिलेको आवश्यकता रहेको नेता कोइरालाको भनाई थियो ।
सरकारको एकसय दिन पनि पुगि नसकेको अवस्थामा सरकारको मुल्याकंन गर्ने वेला अहिले नभएको उहाले प्रष्ट पार्नुभयो ।
एक प्रश्नमा उहाले नेपाली कांग्रेस र एमाले विचको सहकार्यमा सरकार वन्नुपर्छ भनेर आफुले एकवर्ष अघि देखि भन्दै आएको र सोही अनुरुप सरकारपनि वनेकाले अव यो सरकारले जनतालाइृ आशा एंव भरोसा दिलाउने गरि काम गर्नुपर्ने वताउनुभयो ।
असोजको दोश्रो साता आएको वाढि पहिरोको समयमा प्रधानमन्त्री विशेष विदेश भ्रमण तथा सोही समयमा प्रहरीको चिफ तथा विपद् प्राधिकरणका सियो समेत विदेस गएकालेपनि वाढिको पहिरोको भयाभव अवस्थामा भने प्रभावकारी रुपमा सम्वन्धित निकायले काम गर्न नसकेको उहाले वताउनुभयो ।
नेता कोइरालाले, वर्तमान सरकार वन्नु अघि नेपाली कांग्रेस र नेकपा एमाले विच भएको सात वुदें सहमती कार्यान्वय गर्न दलहरुको सहमतीमा संविधान संशोधन प्रक्रिया अघि वढाउनुपर्ने र मुलुकको आर्थिक विकासमा सरकारले जोड दिनुपर्ने वताउनुभयो । आयोग वनाएर हुन्छ वा कुनै विधि र प्रक्रिया अपनाएर हुन्छ दशै पछि संविधान संशोधन प्रक्रियालाई अघि वढाउनुपर्ने उहाको भनाई थियो ।

तपाईको प्रतिक्रिया