रमेश के.सी.
नयाँ शीतयुद्ध ? हो, चीन र अमेरिका बिच अहिले व्यापार र प्रविधिको विषयलाई लिएर नयाँ शीतयुद्ध चलीरहेको छ । पूर्व शीतयुद्ध जस्तो यो शीतयुद्ध बैचारिक छैन । दोस्रो विश्वयुद्ध पछि पूजीवादी अमेरिका र साम्यवादी सोभीयत संघ बिच चलेको शीतयुद्धले सन १९६२ मा क्यूवा मीसाइल संकटको बेला विश्व ध्वस्त हुने भय थियो । तर त्यो टरयो । के अमेरिका र चीन बिच पनि त्यस्तै संकट आउन सक्छ ? अहिले प्रविधी र व्यापारमा देखिएको द्वन्द पछि सैन्य तनावको रुपमा पनि प्रकट हुन सक्छ भनेर अन्तराष्ट्रिय मामलाका जानकारहरु बताउँदैछन ।
अहिले जापान र दक्षिण कोरियामा सैन्य अखडा राखेर प्रशान्त शक्ति बनेको अमेरिकालाई सन २०३० सम्म अमेरिकाको समकक्षी शक्ति हुने लक्ष्य चीनले राखेको छ । यदि यसो भयो भने विश्व व्यवस्थाको अवस्था के हुन्छ ? के विश्व शक्ति एसिया तर्फ सरेर अमेरिका युरोप क्षय तर्फ जाने छ ? अहिलेको यो पेचिलो प्रश्न हो । अमेरिकी भूराजनीतिका विशेषज्ञ रोवर्ट काप्लानका अनुसार विश्व राजनीति विचारधाराको युद्ध पश्चात भूराजनीतिमा फर्किएको छ । भनिन्छ उन्नाइसौ शताब्दी बेलायतको थियो । २० औ शताब्दी अमेरिकाको भयो र एसीयाको उदय एक्काइसौ शताब्दीमा विशेष गरेर चीनलाई केन्द्रमा राखेर हुनेछ भनी अर्का विद्वान पराग खन्ना बताउछन ।
दोस्रो विश्व युद्ध पछि अमेरिकालाई जसरी सोभीयत संघले चुनौती दिएको थियो । अहिले त्यस्तै चुनौती चीनले दिन थालेको छ । पात्र र समय परिवर्तन भएको छ । घटना त्यस्तै छ । सन १६४८ मा स्थापीत पश्चिमा केन्द्रित र त्यसपछि विकसीत वेष्टफेलियन विश्व प्रणाली अहिले असान्दर्भीक र अपुरो हुँदै गएको छ । उदारवादको जन्मभूमी यूरोप मै अहिले प्रजातन्त्र कमजोर देखिएको छ । ब्रेक्जिट संगै युरोपीयन यूनियन सङकटमा फसेको छ । जातीवाद, लोकप्रियतावाद र आप्रवासी घृणा संसारको नाइक मानिएको अमेरिकाको राष्ट्रपती डोनाल्ड ट्रम्पका बोली र बचनले प्रमाणित गरेको छ । पश्चिम अघिल्लो शीतयुद्ध जस्तो एक जुट छैन । उनिहरु आत्मकेन्द्रित र संसारबाट फर्किरहेका छन । सन १९७२ मा राष्ट्रपती रीचर्ड निक्शनले चीनको भ्रमण गरेपछि भएको सम्बन्ध सुधारबाट उत्साहित चीनले विगत ५० वर्षमा आश्चर्य जनक उपलब्धीहरु हासील गरेको छ । तात्कालिन राष्ट्रिय सुरक्षा सल्लाहाकार हेनरी किसीन्जरबाट भएको यस पहलबाट आफु साम्यवादी हुँदा हुँदै तात्कालिन सोभीयत संघ गठबन्धनमा नजाने सहमती पछि अमेरिकासँग चीनको सम्बन्ध कायम भएको थियो । यो कुटनीतिलाई पीङपङ कुटनीति पनि भनिन्छ ।
त्यस पश्चात अन्तर्मुखी चीनले पश्चिमसँग प्रविधि र व्यापार मार्फत आफ्नो सुधार कार्यक्रम अगाडी बढायो । देङको चीनीया चरित्रको समाजवाद संगै शास्त्रीय साम्यवाद त्यागी पुँजीवाद लागु गरेर विगतका दशकमा चीनले ७० करोड जनतालाई गरीबीबाट मुक्त तुल्यायो । आधा औद्योेगीकीकरण गरयो । अब उ विज्ञान र प्रविधिको क्षेत्रमा अमेरिका सँग प्रतिस्पर्धा गर्दैछ ।
हरेक वर्ष हुने सैन्य खर्च अमेरिका भन्दा चीनको कम छ । तत्कालमा चीन कसै संग पनि युद्ध चाहदैन । तर हार्वर्ड विशवविद्यालयका प्रध्यापक ग्राहम एलिसनले स्थापीत शक्तिलाई उदाउदो शक्तिले चुनौती दिन थालेपछि त्यहाँ स्वत युद्ध हुने सिद्धान्त थुसीडेडीस ट्रापको अविष्कार गरेका छन । प्राचीन ग्रीकका इतिहासकार थुसीडेडीसले कसरी एथेन्स र स्पार्टा स्थापीत र उदाउदो शक्ति हुँदा युद्धमा गए भन्ने उदाहरण पेश गरेका छन । त्यसरी स्थापीत शक्ति अमेरिका र उदाउदो शक्ति चीन बीच पनि त्यस्तै युद्ध हुने संकेत उनले गरेका छन । पहिलो र दोस्रो विश्व युद्धपछि संसारमा ठुला द्वन्द भएका छैनन ।
तर त्यस्तो द्वन्द यी दुई राष्ट्रहरु बिच हुन सक्ने अनेकौं सम्भावनाहरु छन । अन्तराष्ट्रिय रणनीतिक मामलाका केहि जानीकारहरु अमेरिकालाई चीनले युद्ध बिना विस्थपित गर्न नसक्ने मत पनि राख्छ्न। चीनीयाहरु भने आफ्नो राष्ट्रको उदय दोस्रो विश्व युद्ध ताका भएको जर्मनी र जापानको जस्तो हिंसात्मक नहुने बताउदै आएका छन । बेलायतबाट विश्व व्यवस्था सन १९४५ मा हातमा लिएको अमेरिका त्यती सजीलै त्यो नेतृत्व अरुलाइ सुम्पन चाहदैन । त्यसको सन्तुलन मिलाउन अहिले उस्को नजर भारत, जापान, दक्षिण कोरिया र अष्ट्रेलिया मा परेको छ । यि राष्ट्रहरुलाई एक गरेर “इन्डो प्यासिफीक” रणनीति अन्तर्गत चीनलाई रोक्न चाहन्छ । तर चीन भने बेल्ट र रोड अभियान मार्फत एसिया, यूरोप र अफ्रिकामा आफ्नो प्रभाव बढाउन लागि परेको छ । यी दुई योजनाहरुले अमेरिका चीनलाई आमने सामने बनाएको छ ।
७ दशकसम्म विश्वको नेतृत्व लीएको अमेरिका अहिले पनि संसारको सबै भन्दा ठूलो र शक्तिशाली सैन्य शक्ति हो । तर आज संसारमा उस्लाई चुनौती दिने शक्ति भनेको हरेक क्षेत्रमा चीन नै हो । करिब १ अरब ४० करोड जनसंख्या र १४ राष्ट्रहरु रुस, मध्य एसिया, पूर्वि र दक्षिण एसियासँग सीमाना गाँसीएको चीनको शक्तिको भूगोलको आफ्नै रणनीतिक महत्व छ । यदि चीन विश्वको नेता बन्न चाहन्छ भने उस्को त्यो अधिकार भएको सीङापुरका नेता ली क्बान युले बताएका थिए ।
तर, उपनिवेश, साम्राज्य र विश्वव्यापीकरण मार्फत जसरी यूरोपीकरण र अमेरिकीकरण विगत ४ सय वर्षमा भयो त्यस्तो चीनीयाकरण हुन असम्भव देखिन्छ किनकी चीनको कुन्फुसियाली संस्कृति र एक पार्टी शासन व्यवस्था विश्वका अरु राष्ट्रहरुलाई नसुहाउने हुनसक्छ । नयाँ शीतयुद्ध भनिएपनि आजको चीन सोभीयत संघ जस्तो होइन । चीनको मनोविज्ञान के छ भने उ आफुलाई ५ हजार वर्षदेखिको शक्ति मान्दछ । आफु संसारका केन्द्रमा रहेको मध्य अधिराज्यको ग्रन्थि उसमा छ ।
चीनमा अहिले राष्ट्रवादको भावना बढदो छ । चीनीया शासकहरु आफ्नो राष्ट्रलाई महान बनाउने अभिव्यक्ति दिन्छन । देङले आफ्नो शक्ति लुकाउ भन्थे तर आजको चीन आफ्नो शक्ति प्रदर्शन गर्ने र त्यससँग खेल्ने अवस्थामा आइपुगेको छ । विगत ४ सय वर्षमा विश्वलाई विकास र आधुनिकीकरण गरिरहेको पश्चिमको अन्त्य त्यति सजिलो त छैन तर त्यसका संकेतहरु देखिरहेका छन ।
यहुदी, इसाई जातीको वर्चस्व भएको विश्वमा हानजातीले त्यसलाई चुनौति भने दिएकै हो । एक्काइसौं शताब्दी विशेष गरेर एसियाकालागि महत्वपूर्ण हुनेछ । यो महत्व यहाँ हुने भूराजनीतिक सन्तुलनको हेरफेर, आर्थिक बृद्धि र विज्ञान प्रविधिको फैलावटका कारणले हुनेछ । जसको केन्द्रमा चीन हुनेछ ।
अहिलेनै एसियाको सबैभन्दा शक्तिशाली राष्ट्र बनेको चीनका लागी बाधाको रुपमा अमेरिका देखिएको छ । यि दुई बिच दक्षिणी चीन समुद्रको भुभाग, ताइवान प्रश्न, तीब्बत स्वतन्त्रताको मुद्धामा द्वन्द हुन सक्छ । तर यी द्वन्दहरुलाई मिलाउनसकिने सम्भावना भएको टिप्पणीकार बताउछन् ।
१७ औं शताब्दिमा विश्वको ठूलो आर्थिक शक्ति र विकसीत राष्ट्र चीन अहिले आफ्नो सहि स्थानको खोजीमा छ । जुन स्थान प्राप्त गर्नका लागि उसले धेरै मुल्य चुकाएको छ । तर त्यो स्थान पश्चिमाहरुको विश्व व्यवस्था विस्थापीत गरेर आफु स्थापीत हुने हो वा के हुने हो त्यो चाँही भविष्यलेनै बताउँछ ।