हरेक बर्ष अक्टोबर ८ का दिन मनाइने विश्व शेर्पा दिवस अर्थात ग्लोबल शेर्पा डे यस बर्ष पनि शेर्पा संघ अमेरिकाले आयोजना गर्ने भएको छ। शेर्पा संघ अमेरिकाले पत्रकार सम्मेलन गरि यस दिवसबारे खुलासा गरेको हो ।

शेर्पा संघ अमेरिकाले सो अवसरमा शेर्पा युवाहरुलाई समेटेर डिजे डान्स पार्टीको आयोजना गर्ने बताएको छ । डिजे डान्स पार्टी कार्यक्रम वार्षिक रुपमा आयोजना हुने र कार्यक्रमको उदघाटन विश्व शेर्पा संघका संस्थापक अध्यक्ष तथा प्रमुख अतिथि आङ दोर्जी एडी शेर्पाले गर्ने भनिएको छ ।
त्यस्तै सल्लाहकार आङ दावा शेर्पाले यस किसिमका डिजे पार्टीले युथहरुमा एकता ल्याउन महत्त्वपूर्ण भुमिका खेल्ने बताए । अर्का सल्लाहकार आङ फुरी शेर्पाले युथहरुको ध्यानाकर्षण राजनीतिक क्षेत्रमा पनि हुन उत्तिकै आवश्यक भएको बताए । विश्व शेर्पा संघका वरिष्ठ उपाध्यक्ष ङिमा शेर्पाले पनि आयोजना हुन लागेको डिजे पार्टी कार्यक्रम एकदमै राम्रो कार्य भएको भन्दै यस खबरले आफू हर्षित भएको बताए ।
महासचिव आङ जङबु शेर्पाले विश्व शेर्पा संघको सेप्टेम्बर ७ तारिखका दिन सम्पन्न बैठकले विश्व शेर्पा संघको पहिलो सम्मेलन भएको दिन अर्थात अक्टोबर ८ लाई “विश्व शेर्पा दिवस” को रुपमा मनाउदै आइएको र सबै देशका शेर्पा संघ तथा किदुगहरुलाई विश्व शेर्पा दिवस मनाउनु हुन विशेष अनुरोध गरे ।
डिजे नाइट जस्ता कार्यक्रम मार्फत पनि शेर्पा संस्कृतिलाई दोस्रो पिडिमा हस्तान्तरण गर्न सकिन्छ । जसको निम्ति डिजे कार्यक्रम भित्र शेर्पा कल्चरको प्रदर्सन गर्ने , शेर्पा जातिसँग समन्धित नादिङ गीतहरू बजाउने , बिच बिचमा शेर्पा जाति र धर्मसंग संबंधित प्रवचन अंग्रेजी भाषामा दिने आदि कुरा समेटेर शेर्पा युवाहरुमा जागरण ल्याउने लक्ष्य यस कार्यक्रमको उदेश्य रहेको महासचिव आङ जाङबु शेर्पाले बताए ।

अक्टोबर ८ तारीखलाई नै विश्व शेर्पा दिवसको रुपमा मनाउनु पर्ने प्रस्ताव न्युयोर्क सिटि कमिटीले अगाडि सारेको कुरा शेर्पा संघ अमेरिका अध्यक्ष पासाङ दोर्जी शेर्पा एपी लामाले जानकारी दिए।
पत्रकार भेलामा डीजे, गायक तथा पर्वतारोही तेन्जिङ शेर्पालाई खादा तथा मालाद्वारा सम्मान गरिएको थियो । तेन्जिङ शेर्पाले सन् २०२४ मे २१ तारिख मंगलबारका दिन,बिहान ४:४७ बजे विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न सफल भएका थिए । उनले सगरमाथाको शिरमा शेर्पा संघ अमेरिकाको लोगो अंकित झण्डा पनि फहराउन सफल भएका थिए ।
यस कर्यक्रममा नेपालका प्रथम डीजे पर्वतरोही तेन्जिङ शेर्पाका साथमा न्यु योर्कका चिरपरिचित डिजे यल एस जङबु शेर्पाले डिजेको भुमिका निर्वाह गर्ने बताइएको छ।

शेर्पा युथहरुलाई एक ठाउँमा भेला गर्ने खालको यस्तो कार्यक्रम शेर्पा संघ अमेरिकाले पहिलो पटक गर्न लागेकोले ऐतिहासिक हुने कुरा आयोजकले जनाएको छ। सबै छिमेकी स्टेट जस्तै बोस्टन, न्यु हेम्सायर, कनेक्टिकट,न्यु जर्सी ,टेक्सास ,नर्थ क्यरोलिना, क्यालिफोर्निया , सियाटल, कोलोरडो, वसिङटन डिसी आदिबाट आफ्नो बालबच्चालाई सहभागीता गराइदिन सबै अविभावकहरुलाई संघले अनुरोध गरेको छ।

शेर्पा संघ अमेरिकाका महासचिव छिरिङ शेर्पाद्वारा संचालित यस पत्रकार भेलाको अन्तमा संघका सल्लाहकार संरक्षकले कार्यसमितिका सम्पुर्ण सदस्यलाई यो कार्यक्रम सफल बनाउन आ-अफनो ठाँउबाट सक्दो सहयोग गर्न अनुरोध गर्दै सम्मेलन विसर्जन गरेका थिए ।

तपाईको प्रतिक्रिया