काठमाडौं–गायक ओजस लामाको स्वरमा रहेको ‘सपना’ बोलको गीत सार्वजनिक भएको छ ।

‘द व्इल्ड’ नामक युट्युब च्यानलबाट सार्वजनिक भएको गीतमा अडियोको सम्पूर्ण जिम्मा सोही च्यानललाई दिइएको छ। गीतसँगै भिडियो पनि तयार पारिएको छ । ओजस लामाको शब्द तथा संगीतमा रहेको गीतमा प्रेम र रोमान्सलाई समेटिएको छ । आफनी प्रेमीका लाई डाडाँमा घर बनाएर आफनो सपनाको संसारमा राख्न गायक आतुर रहेका छन । सन्तोष तामाङको छायाँकन , सम्पादन तथा निर्देशनमा भिडियो तयार गरिएको छ । गीतमा भिडियो मास्टरिङ विजय राज भुर्तेलले गरेका छन । गीतको भिडियोमा ओजस लामा र अस्विनी श्रेष्ठको फिचरिङ देख्न सकिन्छ ।

गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया