नेपाली साहित्यमा पचासको दशकदेखि सकृय लेखक ठाकुर बेलबासे आफ्ना समकालिनहरु माझ लोकप्रिय व्यक्तित्व हुनुहुन्छ । साहित्यको विभिन्न आयाम र आन्दोलनहरुमा हस्तक्षेपकारी भूमिका निभाउदै आउनु भएका बेलबासे नेपाली पत्रकारिता क्षेत्रमा पनि एक स्थापित नाम हो । उहाँको कविताले मानवीय सम्वेगहरुलाई शक्तीशाली रुपमा उठान गर्नुको साथै प्रेम, अनुशासन र सदभावपुर्ण समाजको परिकल्पना गरेको हुन्छ । एक दर्जन भन्दा धेरै विभिन्न सम्मान र पुरस्कारबाट सम्मानीत बेलबासेको व्यक्तित्वलाई अर्को अर्थमा भन्नुपर्दा साहित्यमा लामो यात्रा तय गर्न सक्ने लेखकको रुपमा पनि लिन सकिन्छ। प्रस्तुत छ साताको तीन कविता ।
सरकारको अनुहार
सबै खुसीहरू सहित जल्यो घर
आफ्नी प्यारीलाई गर्नु पर्ने माया
आँखाका नानीजस्ता बाआमालाई दिनु पर्ने साथ
प्राणजस्ता नानीबाबुलाई दिनु पर्ने समय
अनि उत्सव जस्ता साथीभाइलाई दिनु पर्ने साँझविहान
यही घरलाई दिएको थियो
र ऊ बगर जस्तो बनेको थियो
जीवन धान्ने सम्पत्तिका नाममा भएको
यही घर हेरेर उसले आफुलाई
सधैं सुरक्षित ठान्थ्यो
आगोले
घरसंगै जिन्दगीका
तमाम सपनाहरू खरानी बनायो
र जले
घरभित्र रहेका
मनलाई पखाल्ने आँसु
कहिलेकाहीँ ओठलाई हँसाउने
हल्का चिसो हावा जस्तो हाँसो
बेलाबेला मस्तिष्कमा कम्पन ल्याउने दुख
केटाकेटीको भोकलाई जिस्क्याइरहने अभाव
बाआमालाई सताइरहने रोग
अनि प्यारीसंग जतनले लुछाचुडी गराउने
पालकको सागजस्तो कोमल रिस
हो सबैकुरा जले पछि
उसले सोच्यो
भयावह दुख थियो
र
खुसीको आस हुन्थ्यो
किन बाच्नु अब !
ऊ आफै पनि खरानी बन्न धेरै प्रयास गर्यो
आगोलाई ऊ प्रति
कस्तो दया जाग्यो
कि
उसका बाच्ने सबै उपायहरू खरानी बनाएर
उसलाई भने जिउँदै छोड्यो
आगोले
बाँच्ने सबै सम्बन्धहरू जलाए पछि
मृत्युको कल्पनामा थियो
ऊ मृत्युु सोचिरहेको थियो
ठिक त्यही समय
पत्रकारका साथमा आएको सरकारी राहतले
आगलागीले मार्न नसकेको उसलाई सजिलै मार्यो !
जीवनको अन्तिम श्वासले सरकारलाई धन्यवाद दिँदै
ऊ मर्यो !
सरकारसंग अपराध धेरै छ
कि आगलागीसंग
म भने गम्भीर अन्योलमा छु !
किन
आगलागी पछिको खण्डहर वस्तीभन्दा
विरूप देख्छु सरकारको अनुहार !
एउटा कुरूप आशा !
उसले
सडकमा पोखिएको हाँसोमाथि डोजर चलायो
र हाँसोका आँसुले आफ्नो अनुहारको फोहोर पखाल्यो !
उसलाई
सडक मनपर्छ
तर सडकको खुसी मन पर्दैन !
सडक किनारामा बसेर
देशको भविस्य पढिरहेका फूलहरूका हातबाट किताबकापी खोसेर
उसले आगो लगायो
र
वर्षौँदेखि ढापिंग्रेको आफ्नो मनलाई तातो बनायो
उसलाई फूल मनपर्छ
तर फूलको हाँसो मन पर्दैन !
अध्यारो सोहोरेर उज्यालो छरिरहेका
ताराहरूबाट
उसले
श्रम खोस्यो
र भन्यो तिमीहरू
भोकभोकै बाँच
खाली पेटले देश निर्माण गर !
उसलाई आकाश मन पर्छ
तर उज्यालो मन पर्दैनन् !
घामका पैतालाबाट
उसले
गोरेटो र बाटो झिकिदियो
र भन्यो तिमीहरू
मेरो आधुनिक सहरमा हिड्दा प्रदूषण फैलिन्छ
यो सहरमा न बाँच
उसलाई
सहर चाहिन्छ
तर सहरको आत्मा चाहिदैन
मृत सहरको सम्राट बन्न आएको
उसलाई
ताली चाहिन्छ
तर हात चाँहिदैन !
ऊ अर्थात नयाँ युगको कुरूप तानाशाह
उसले
यो शहरको ओठबाट
श्रुतिमधुर सङ्गीत फ्याकिदियो
र कोलाहलमा नाच्न थाल्यो !
समय असाध्यै रोगिएको मौकामा
ऊ नटवरलाल धामीको अवतारमा
सहर पस्यो
र जून,तारा, घाम अनि फूलको हत्या गर्दै भनिरहेको छ
मलाई देश चाहिन्छ
तर जनता चाहिन्न !
देशको देह बेचेर
हाँसो किन्नेहरूलाई
ऊ एउटा विरूप आशा !
जसलाई
देश चाहिन्छ
तर जनता चाहिन्न !
सरकारको अनुहार
सबै खुसीहरू सहित जल्यो घर
आफ्नी प्यारीलाई गर्नु पर्ने माया
आँखाका नानीजस्ता बाआमालाई दिनु पर्ने साथ
प्राणजस्ता नानीबाबुलाई दिनु पर्ने समय
अनि उत्सव जस्ता साथीभाइलाई दिनु पर्ने साँझविहान
यही घरलाई दिएको थियो
र उ बगर जस्तो बनेको थियो
जीवन थान्ने सम्पत्तिका नाममा भएको
यही घर हेरेर उसले आफुलाई
सधैं सुरक्षित ठान्थ्यो
आगोले
घरसंगै जिन्दगीका
तमाम सपनाहरू खरानी बनायो
र जले
घरभित्र रहेका
मनलाई पखाल्ने आँसु
कहिलेकाहीँ ओठलाई हसाउने
हल्का चिसो हावाजस्तो हाँसो
बेलाबेला मस्तिष्कमा कम्पन ल्याउने दुस्ख
केटाकेटीको भोकलाई जिस्क्याइरहने अभाव
बाआमालाई सताइरहने रोग
अनि प्यारीसंग जतनले लुछाचुडी गराउने
पालकको सागजस्तो कोमल रिस
हो सबैकुरा जले पछि
उसले सोच्यो
भयावह दुख थियो
र
खुसीको आस हुन्थ्यो
किन बाच्नु अब !
ऊ आफै पनि खरानी बन्न धेरै प्रयास गर्यो
आगोलाई ऊ प्रति
कस्तो दया जाग्यो
कि
उसका बाच्ने सबै उपायहरू खरानी बनाएर
उसलाई भने जिउँदै छोड्यो
आगोले
बाँच्ने सबै सम्बन्धहरू जलाए पछि
मृत्युको कल्पनामा थियो
ऊ मृत्युु सोचिरहेको थियो
ठिक त्यही समय
पत्रकारका साथमा आएको सरकारी राहतले
आगलागीले मार्न उसलाई सजिलै मार्यो !
जीवनको अन्तिम श्वासले सरकारलाई धन्यवाद दिँदै
ऊ मर्यो !
सरकारसंग अपराध धेरै छ
कि आगलागीसंग
म भने गम्भीर अन्योलमा छु
किन
आगलागी पछिको खण्डहर वस्तीभन्दा
विरूप देख्छु सरकारको अनुहार !