नेपाल आदिवासी जनजाति महिला महासंघ अमेरिका (फिवना) ले आयोजना गरेको बार्षिक बनभोज तथा बिबिक्यू कार्यक्रम न्यूयोर्क राज्यको स्थानीय राजनितिज्ञ लगायत बिभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न भएको छ ।
फिवनाले हरेक बर्ष मानाउॅदै आएको उक्त कार्यक्रममा उपस्थित बिशेष व्यक्तित्वहरुमा न्यूयोर्क राज्यको सेनेटर जोन लु, एसेम्ब्ली मेम्बर स्टेभेन रागा, साउथ एसियन कोरडिनेटर फर मेयर अफिस एरिक एडम सुकुरानी रघुरण्दन रहेका थिए ।
कार्यक्रममा शुभकामना मन्तब्य राख्ने क्रममा वक्ताहरुले नेपाली आदिवासी महिलाहरूले अमेरिकामा आएर गरेको यस किसिमको कार्यप्रति प्रशंसा ब्यक्त गरेका थिए । सोही अवसरमा आयोजक संस्थाको तर्फबाट अध्यक्ष इन्दिरा चोङबाङले संस्था स्थापना र यसका उदेश्यहरूलाई संक्षेपमा प्रस्तुत गरिन् ।
आपसी सदभाव कायम गर्ने, मनोरञ्जन प्रदान गर्ने र नयाँ सम्बन्धहरू बिस्तार गर्दै अघि बढ्ने उदेश्यकासाथ आयोजित यस कार्यक्रममा न्यूयोर्कमा रहेका विभिन्न संघ संस्थाका अध्यक्ष र प्रतिनिघिहरूको साथ र सहयोग रहेको थियो ।
कार्यक्रममा आदिवासी जनजाति महासंघ अमेरिका (फिपना) का कार्यकारी अध्यक्ष तुल बहादुर तामाङ, तमु गुरूङ सोसाइटी अफ अमेरिकाका अध्यक्ष ओम गुरूङ, किरात याक्थुङ चुम्लुङका अध्यक्ष दिपक थेबे, उपाध्यक्षद्वय बिबिश माङ्मु, सरोज थाङदेन, किरात राई सोसाइटी अफ अमेरिका (युक्रा) का केन्द्रीय उपाध्यक्ष केशबराम राई, युक्रा न्यूयोर्क च्याप्टरकी अध्यक्ष तथा फिपनाका उपाध्यक्ष ममता राई, थारू एण्ड फ्रेन्डस सोसाइटीका बरिष्ठ उपाध्यक्ष तथा फिप्नाका महासचिब दिपक चौधरी, किरात सोसाइटी अफ अमेरिका न्यूयोर्क च्याप्टर पूर्ब अध्यक्ष भारती राइ, माइनोरोटी इम्पावरमेन्टका अघ्यक्ष श्याम कार्की, हामी नेपाली ग्लोबल न्यूयोर्क च्यापटरका अध्यक्ष बिरेन्द्रजंग केसी, तामाङ सोसाइटी अफ अमेरिकाका पूर्ब अध्यक्ष सानुमाया तामाङ, हेल्लो अमेरिकाका डीरेक्टर किशोर सुब्बा र क्यामोराम्यान सम्राट कार्की लगायत अन्य प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
सोही अवसरमा नेपाली जनमानसलाई मानसिक स्वास्थ्य सम्बन्धी जनचेतना जोगाउने अभिप्रायकासाथ न्यूयोर्क सिटी डिपार्टमेन्ट अफ हेल्थका प्रोग्राम कोर्डिनेटर किरक्लिन स्कोडर र उनको टिमले टेबलिङ प्रयोग गरेका थिए ।
अध्यक्ष चोङबाङको संयोजकत्वमा आयोजित सो कार्यक्रममा सहभागीहरुलाई नेपाली खाना उपलब्ध गराइएको थियो भने नेपाली गीतमा नाचगान गर्ने मौका पनि मिलेको थियो ।
संस्थाकी सदस्य शान्ति जिरेलको स्वागत मन्तव्य रहेको यस कार्यक्रममा बालबालिका तथा बयस्कहरूकालागि बिभिन्न किसिमको खेलकुद पनि राखिएको थियो । खेलकुद बिजेतालाई पुरस्कार पनि बितरण गरिएको थियो । खेलकुद संयोजक र सदस्यमा क्रमशः पुर्व महासचिव बन्दना राई , महासचिव इन्दु लामिछाने र सदस्य आभा श्रेष्ठ रहेकी थिइन् ।
अन्तमा अध्यक्ष चोङबाङले महिलाहरुले आयोजना गरेको यस कार्यक्रम पुरुषहरूको सहभागिताबिना अपूर्ण रहेको अवगत गर्दै कार्यक्रम सफल पार्नकालागि महत्वपूर्ण भुमिका खेल्ने सम्पूर्ण व्यक्तित्व, सहभागिता जनाउने सम्पूर्ण संघ संस्था, मिडियाकर्मी लगायत सम्पूर्ण उपस्थित महानुभाबहरूलाई धन्यबाद व्यक्त गर्दै कार्यक्रम समापन गरेकी थिइन् ।