न्युयोर्क । मे २९, २०२४ बुधवारका दिन भर्चुअल प्लेटफर्म जुम मार्फत एक अन्तरक्रिया तथा छलफल कार्यक्रम नेपाल आदिवासी जनजाती महासंघ अमेरिकाले  सम्पन्न गरेको छ । महासंघका अध्यक्ष तोरण गुरुङको अध्यक्षतामा सुरुवात भएको कार्यक्रममा फिप्नाका सचिव दाजिमा शेर्पाको टेकनिकल सपोर्टमा फिप्नाका  महासचिव दिपक चौधरीले कार्यक्रमको सचांलन गर्नुभएको थियो ।

“ नेपाली अमेरिकन हेरिटेज डे” विषयक  अन्तरक्रियात्मक तथा छलफल कार्यक्रममा प्रमुख अतिथिका रूपमा न्यूयोर्क राज्यका सभासद जेनिफर प्रीन्स र बिशेष अतिथिहरुमा न्यूयोक राज्यका सभासद स्टिभन रागा रहेका थिए । अतिथिहरुमा क्रमशः  फिप्नाका  सदस्य संस्थाका अध्यक्षहरु, सल्लाहकारहरू, फिवनाका अध्यक्ष इनदिरा चोङबाङ, नेपाल सरकारका पुर्व पर्यटन सदभावनादुत केशवराम राई, एनआरएनए अमेरीकाका अध्यक्ष सूर्य लम्साल, न्यूयोर्क डेमोक्रयाटीक क्लबका अध्यक्ष ज्ञयानेल थापा रहेका थिए । कार्यक्रममा नेपाली डाईसपोरा संस्थाका प्रतिनिधि र अन्य आमन्त्रित व्यक्तित्वहरुको उपस्थिती पनि रहेको थियो ।

कार्यक्रममा ६ जना वक्ताहरू थिए, जसमा फिप्नाका सल्लाहकार लोक चेम्जोङले नेपाली अमेरिकन हेरिटेज डेबारे जानकारी दिनु भएको थियो । न्यूयोर्क राज्यका सभासद जेनिफर प्रीन्सले न्यूयोर्क राज्यमा रहेका  विभिन्न समुदाय र तिनीहरूको सांस्कृतिक महत्वको बारेमा बोल्नु भएको थियो। अर्का वक्ता न्युयोर्क राज्यका सभासद स्टिभन रागाले राज्य सभामा नेपाली लगायत अन्य समुदायको प्रतिनिधिलाइ समेटेर समावेशी बनाउनु पर्ने बारे आफ्नो अभिव्यक्ति दिनु भएको थियो ।

त्यसै गरी  एनआरएनए अमेरीकाका अध्यक्ष सूर्य लम्सालले  नेपाल र अमेरिकाको द्विपक्षीय सम्बन्धलाई सुदृढ बनाउन प्रवासी नेपालीको भूमिकाको बारेमा आफ्नो धारणा राख्नु भएको थियो । माइनोरिटी इम्पावरमेन्टका अध्यक्ष श्याम  कार्कीले  माइनोरिटी  समुदायलाई कसरी इम्पावर गर्न सकिन्छ भन्ने बारे बोल्नु भएको थियो ।
अर्का वक्ता न्यूयोर्क डेमोक्रयाटीक डिस्ट्रीक्ट लिडर  छेवाङ लामाले  नेपालीहरूले  मनाउदै आईरहेका बिभिन्न दिवस जस्तै नेपाली अमेरिकन हेरिटेज डे, नेपाल डे परेड, नेपाल कम्युनिटी डे, एभरेष्ट डेलाई कसरी  एउटै छाता मुनि मनाउन सकिन्छ भन्ने बारेमा आफनो धारणा राख्नु भएको थियो । फिवनाका अध्यक्ष इन्दिरा चोङबाङले आदिवासी महिलाहरूको शसक्तिकरणको बारेमा बोल्नु भएको थियो । अन्य वक्ताहरुले नेपाली अमेरिकन हेरिटेज डे, नेपाली भाषा र संस्कृतिको महत्त्व बारे प्रकाश पार्नु भएको थियो ।
अन्त्यमा जनजाती महासघंका अध्यक्ष तोरण गुरूङले उपस्थित सम्पुर्णलाई धन्यवाद दिदै कार्यक्रम समापन गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया