मोरङ,२९जेठ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश योजना आयोगका नव नियुक्त सदस्यहरुलाई आज एक समारोह वीच शपथ ग्रहण गराउनु भयो ।
मुख्यमन्त्री कार्कीले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा विराटनगरमा आज आयोजित समारोहमा प्रदेश योजना आयोगका सदस्यहरु क्रमशःकाठमाण्डौ महानगरपालिका वडा नं ९ का डा सीताराम बस्नेत,सोलुखुम्वु जिल्ला मुक्ली गाउँपालिका वडा नं ६ का किशोरकुमार राई र मोरङ जिल्ला केराबारी गाउँपालिका वडा नं २ की नमिता न्यौपानेलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भयो ।
समारोहमा प्रदेशका विभित्र मन्त्रालयका मन्त्रीहरु, प्रदेश सभाका सदस्यहरु,प्रदेश योजना आयोगका उपाध्यक्ष लगायत कर्मचारी, विभिन्न मन्त्रालयका कर्मचारी एवं मुख्यमन्त्री कार्यालयका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया