काठमाण्डौं ।
नेपाली संगीतमा मौलिक धारका गीत संगीतको अभाव भैरहेको अबस्थामा गायक राजु लामा र गायिका तारा श्रीष मगरको स्वरमा रहेको गुरुङ भाषाको गीत ‘ङोल्स्यो खोबाले‘ सार्वजनिक भएको छ । प्रेम गुरुङ तथा केशव बहादुर गुरुङको लय र्सिजनामा रहेको गीत सार्वजनिक गरिएको छ । प्रेमील जोडिहरु विचको प्रेमका चर्चा र प्रसंगलाई गीतमा समेटिएको छ । आफनो मायालाई सयौँ जुनी सम्म पनी निरन्तर अगाडि बढाउनको लागी आफु आतुर रहेको कुरा गीतमा गायकले गरेका छन । रविन थापा मगरको छायाँकन , बन्दे प्रसादको सम्पादन तथा भुपेन्द्र गुरुङको निर्देशन भिडियोमा रहेको छ । गीतलाई आकर्षक रुपमा मौलिक परिवेशमा निमार्ण गरिएको छ । गीतमा प्रेम गुरुङ र सुस्मिता गुरुङको अभिनय रहेको छ ।
गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।