बिक्रम सम्बत २०४९ सालमा ठमेलको अर्थ लजमा ७ बर्षीय बालिकामाथि बलात्कार पछि भएको हत्याको बिरोधमा न्यायको निम्ति स्थापित महिला सुरक्षा दवाब समुहले क्रिकेटर सन्दीप लामिछानेको पक्षमा पाटन उच्च अदालतले गरेको फैसलाप्रति संस्थाको गम्भीररुपमा ध्यानाकर्षण भएको प्रेस विज्ञाप्ति मार्फत जनाएको छ ।

आफ्नो स्थापनाकालदेखि नै यस संस्थाले महिलाहरु माथिको दमन, शोषण र सबै प्रकारका भेदभाव तथा हिंसाको विरुद्ध सशक्त रुपमा आवाज उठाउँदै सम्बन्धित ठाउँमा दवाब दिदै आएको छ। कतिपय संविधानसँग बाझिएका वा महिला विकासमा अवरोध ल्याउने सबै खाले विभेदकारी ऐन कानुनको खारेजीको पनि माग गर्दै आएको छ ।

यो संस्थाले आफ्नो स्थापनाकाल यता संसदमा महिलाको जनसंख्याको आधारमा प्रतिनिधित्व , महिला आयोग स्वातन्त्र निकाय हुनुपर्ने , पैतृक सम्पत्तिमा छोरीको पनि समान अधिकार हुनुपर्छ जस्तो महत्वपुर्ण बिषयमाथि निरन्तररुपमा एड्भोकेशी गर्दै आएको थियो ।

लामिछाने विरुद्ध किटानी जाहेरी दिएकी गौशाला २६ को पक्षमा जिल्ला अदालत काठमाण्डौंले ८ वर्ष कैद सजाय तोकेको थियो । तर जिल्ला अदालत काठमाडौको फैसलालाई बदर गर्दै उच्च अदालत पाटनले पिडकको पक्षमा फैसला गरेको छ ।

त्यस्तै पिडित बिरुद्व सामाजिक सञ्जाल , यूट्यूव च्यानल , सञ्चार माध्यमहरुमा आएको जथाभावी अभिव्यक्तिको बिषयमा पनि संस्थाको ध्यानाकर्षण भएको छ । गौशाला २६ व्यक्ति नभएर पितृसत्तात्मक संरचनाको बिरुद्ध प्रतिकार गर्न दुश्साहास गर्ने पिडित समग्र नेपाली पिडित महिलाहरुको प्रतिबिम्ब भएको संस्थाले विज्ञाप्तिमा जनाएको छ ।

तपाईको प्रतिक्रिया