काठमाण्डौं ।
कवि सयपत्री थुलुङकृत कविता कृति ‘गाउँ फर्किरहेको परदेशी’ को काठमाडौमा लोकार्पण सम्पन्न भएको छ । सम्भव समूहद्वारा आयोजित लोकार्पण समारोह मण्डला थिएटरमा सम्पन्न भएको हो ।

संखुवासभाका कवि थुलुङ विगत डेढ दशकदेखि साहित्य सिर्जनामा क्रियाशिल छिन । २०७० सालमा ‘शान्तीको फूल´गजल सङ्ग्रह प्रकाशन गरेकी थुलुङले एक दशक पछि यो दोस्रो कृति कविता सङ्ग्रह पाठक सामु ल्याएकी हुन्।

कार्यक्रमका वक्ताहरू वरिष्ठ कवि श्रवण मुकारुङ, कवि ज्योति जंगल र कवि उत्तम तुम्सा लिम्बु रहेका थिए। कविता संग्रहका बारेमा बोल्दै कवि उत्तम तुम्साले भने- कविता लेखनको आ- आफ्नै पक्ष हुन्छ । गाउँ फर्किरहेको परदेशी अनुभुतीको गर्भबाट निस्किएको एउटा सफा सङ्ग्रह हो ।
त्यस्तै पुस्तकका बारेमा बोल्दै कवि ज्योति जङ्गलले प्रेमको मसीले लेखिएको यो सङ्ग्रह पाठकलाई आशा र आत्मबल दिने राम्रो पुस्तक बनेको बताइन । देश प्रेम, शान्ति र स्थिरताबारे पनि यस कृतिले यथेष्ट वकालत गरेको उनले औल्याइन ।

वरिष्ठ कवि श्रवण मुकारुङले कुनै सिपालु संगीतकारले चाह्यो भने सबै कवितामा संगीत भर्न सक्छ भन्दै कवि थुलुङ पनि अब कविताको यात्रामा बलियो गरी निस्किसकेको र नाक्छोङको दोस्रो स्टेपमा पुगिसकेको बताए।

कार्यक्रममा कवि मिथोच र रंगकर्मी नुसा लिङ्देनले सङ्ग्रह भित्रका एक एक वटा कविता वाचन गरेका थिए भने कवि स्वयमले एउटा कविता वाचन गर्दै आफूलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैलाई धन्यवाद प्रकट गरेकी थिइन ।

तपाईको प्रतिक्रिया