युवराज भण्डारीको नयाँ धारको देशभक्ति गीत सार्वजनिक भएको छ । गायक राजेश पायल राईको स्वर रहेको ‘भावनाको देश’ बोलको गीत असोज ३ गते संविधान दिवसको अवसर पारेर सार्वजनिक गरिएको हो ।
गीतकार भण्डारीको युट्युव च्यानल वाइ बी कृएसन मार्फत सार्वजनिक भएको गीतलाई सङ्गीतकार राजेश थापाले सङ्गीतवद्ध गरेका छन् । गीतमा फणीन्द्र राईले सङ्गीत संयोजन गरेका छन् ।
काठमाडौंको ए–वान म्युजिसियन स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतको रेकर्डिङ राजेश श्रेष्ठले गरेका हुन् । ध्वनि सम्पादन किशोर थापाले गरेका छन् । पूजा ठकुरीको निर्देशन, विनोद बमको सम्पादन र रामकुमार केसीको छायाङ्कनमा म्यूजिक भिडिओ साङ्ग्रिला कृएसन तयार पारेको हो ।
प्रवासमा रहेर पनि नेपाली सङ्गीत र साहित्यमा अनवरत रूपले सक्रिय तनहुँ निवासी युवराज भण्डारी हाल क्यानाडामा बस्छन् । भण्डारीको एक गीति कविता सङ्ग्रह प्रकाशित छ भने ‘भावनाको तस्वीर’ (गजल सङ्ग्रह) र ‘अर्को कर्नाली’ (कविता संग्रह ) प्रकाशोन्मुख छन् । उनको शब्द तथा सङ्गीतमा यस अघि पनि केही गीतहरू रेकर्ड भइसकेका छन् । पेशाले इन्जिनियर भण्डारी प्रवासमा साहित्यिक र सामाजिक अभियानमा सक्रिय छन् ।
‘भावनाको देश’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस् ।