– दिलीप योन्जन तामाङ
गाई जात्रा के मनाउनु साडे पालेर दुध खोज्छ
हास्नु पनी कती हास्नु भ्रस्टचारीलाई सधैं रोज्छ !
१
धर्मात्मा बनिए अरुलाई सधैं गाली बेजेती गरेर
आफ्नो इजत आँफै फाले भुइ भरी ठेकेदार बनेर !
२
कमिलाले अरिङललाई नचलाकै राम्रो होला
सक्ती र पैसामा बिक्छ, बोकेर भाग्नु पर्ला झोला !
३
धर्म सस्कार सबै बेची खाए राष्ट्रघातीले
दास बिचौलिया चम्किन्छ कस्ले हान्ने लातीले !
४
बिदेशीको डलर खाएर, नेताले फैलाउने धर्म
लड्छ मर्छ दासहरु दैब गरे झै ठुलो ठुलो कर्म !
५
धर्मात्माले चुइक्क नबोल्ने देश बर्बाद बनाकोछ
धर्मको नाममा खान्छ मान्दैन लाज बरु हसाकोछ !
६
सत्य ईतिहास मेटाएर झुटो ईतिहास लेख्छौ
उठे जागे भुमीपुत्र अब तिमीहरुले नी देख्छौ !
७
विश्व जित्ने बिर हामीलाई सधैं दास बनाएउ
जात कै नाममा खाने ब्वासाहरु अब गनाएउ !
८
जनजातीको नाम बेच्ने,अहिले पनी फालेको खान्छ
आफु आफु लडाईं गर्छ मर्छ माथी उसैलाई लान्छ !
९
दलाल भ्रस्टचारी पालेर देश बन्दैन भन्छन
माटो र पानी बेच्दा पनी लठेप्रो लठेप्री बन्छन !
१०
बुद्धिजिबी पनी चाकाडी गरेरै फालेको खान्छ
नातागोता पैसा झोले पालेलाई कुर्सीमा लान्छ !
११
कानुन,न्याय र निसाफ सबै बिक्री हुन्छ
देश जनता बेची खाने देख्दा मन रुन्छ !
अस्टिन, अमेरिका
08/30/2023