आनन्द श्रेष्ठ

असार ३० गते शनिबार पाटन दरबार स्क्वायर क्षेत्रमा संस्कृति,पर्यटन तथा नागरिक उडययन मन्त्री सुदन किराँतीकाे अगुवाईमा सरसफाई कार्यक्रम सम्पन्न भएकाे छ ।


ऐतिहासिक तथा सांस्कृतिक शहर पाटनकाे मठमन्दिर, ईनार कुवा,बगैँचा,सडकमा दर्जनौं सामाजिक संघ संस्थाकाे सहभागिता रहेकाे थियाे ।  यस अघि  पशुपतिनाथकाे मन्दिर परिसरमा २ महिना सरसफाई गरीएकाे थियाे भने स्वयम्भुनाथ, हातिवनकाे किरात स्थलमा सरसफाई तथा वृक्षराेपणकार्यक्रम सम्पन्न गरिएकाे थियो ।


देश नेताले होइन जनताले बनाउने हो भनेर स्थानीय तहका नेता धरानका मेयर हर्क साम्पाङले आज जनतालाई नै श्रमदान गर्न प्रेरित गरिरहेछ्न र देश बनाउने लहर राज्य भरि चलिरहेछ । राजधानीका मेयर वालेन शाह पनि गर्ने चाहना भएमा धेरै चिज गर्न सकिने नयाँ मानक स्थापना गर्दै छन।  यसैगरी राष्ट्रको मन्त्री स्तरबाट पनि कायापलटकारी साना या ठुला काम देश र जनताका लागि गर्न सकिन्छ भन्ने नयाँ मान्यता स्थापना गर्ने प्रक्रियामा मन्त्री सुदन किराती रहेको देखिन्छ ।

सरसफाइको भिडियो हेर्न तल क्लिक गर्नुहोस्

तपाईको प्रतिक्रिया