आनन्द श्रेष्ठ
राजनीतिकले दुश्मनी बढाउँछ भने कला,संस्कृतिले सम्बन्ध जाेडदाे रहेछ भन्छन फिल्म निर्देशक तुलसी घिमिरे । काठमाडौ स्थित राष्ट्रिय नाच घरमा नेपाली फिल्म क्षेत्रका हस्तीहरू तुलसी घिमिरे, नीर शाह, जितु नेपाल लगायत पत्रकार साहित्यकार,कवि ,लेखकहरूकाे उपस्थितिमा निर्देशक तुलसी घिमिरेको प्रस्तुतिमा “रामायण गाथा” नामक नृत्य नाटिका यही जुलाई ५ तारीख प्रदर्शन भएको थियो ।
नेपाली सिने जगतमा अतुलनीय योगदान पुर्याएका मुर्धन्य निर्देशक तुलसी घिमिरेको परिकल्पना र राष्ट्रिय नाचघरको आयोजनामा यो “रामायण गाथा ” नामक नृत्य नाटिका तयार गरिएकाे थियो जसमा सहभागी अधिकांश नाच घर कै थिए ।
२१० औं भानु जयन्तीकाे अवसरमा आदिकविले रचेकाे नेपाली रामायण र तुलसीदासकृत रामचरितमानसकाे समिश्रण गराई बनाईएकाे नृत्य नाटिकाकाे पहिलाे विशेष शाे रहेको थियो ।
चलचित्र निर्देशक तथा यस प्रदर्शनीका संयोजक राजेन्द्र शलभले एक घन्टा लामो यो नृत्य नाटिकाको प्रयोग नेपालमा पहिलो भएको बताए । यस्तो मिक्स भर्सनमा अहिलेसम्म कसैले नगरेको पनि उनले जानकारी दिए।
हिन्दी फिल्म आदिपुरुषले बिगारेकाे सम्वन्धलाई याे नाटकले सुधार गर्न ठुलाे भुमिका खेल्न सक्ने अनुमान गरिएको छ ।
लामो ग्याप पछि एउटा चलचित्र बनाउने योजनाका साथ पुन काठमाडौ पुगेका निर्देशक तुलसी घिमिरेले नयाँ पुस्ताका दर्शकलाई तान्न यस्ता कथाबस्तुबारे बुझाउन यस किसिमको प्रयोग गरिएको बताए ।
रामायण गाथा समुहमा तुलसी घिमिरे , राजेन्द्र सलभ, अशोक प्यासी राइ , राजकुमार श्रेष्ठ ,शिवराज पौडेल , जयदेवकृष्ण श्रेष्ठ , रमण घिमिरे ,डिल्ली शर्मा , दिनेश दवाडी , विरेन्द्र हमाल , कर्मयोगि र नीर शाह रहेका छ्न।
नाटकको शोको लीङ्क हेर्न तल क्लिक गर्नुहोस्