काठमाडौ । समाजवादी प्रेस संगठनकाे प्रथम महाअधिवेशनमा धरानका पुराना पत्रकार आनन्द श्रेष्ठ सम्मानीत भएका छन ।
अधिराज्यका ७० जिल्लाबाट झन्डै ५ सय प्रतिनिधिहरूको सहभागीता रहेकोे साे अधिवेशनमा एक दर्जन जति पुराना वरिष्ठ पत्रकारहरूलाई पुर्व प्रधानमन्त्री नेकपा समाजवादीका अध्यक्ष माघव कुमार नेपाल र वरिष्ठ पत्रकार शम्भु श्रेष्ठको हातबाट प्रमाणपत्र हस्तान्तरण गरेर सम्मान गरिएको थियो ।
धरान सुनसरीबाट पत्रकारिता गर्दै आएका वरिष्ठ पत्रकार आनन्द श्रेष्ठको सम्मान पत्रमा भनिएको छ – “निष्पक्ष, स्वतन्त्र एवम जनपक्षीय पत्रकारिताको माध्यमद्वारा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा यहाँले तीन दशकभन्दा बढी समयदेखि पुयाउनुभएको योगदानको कदर गर्दछौं ।
नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र स्वाभिमानलाई अक्षुण्ण राख्दै जिम्मेवार पत्रकारको रूपमा देश र जनताको सेवामा समर्पित तपाईलाई वरिष्ठ पत्रकार सम्मानबाट सम्मानित गरिएको छ ।”
नयाँ वानेश्वर, काठमाडौकाे अर्पण व्याडकट हलमा आयोजित साे अधिवेशन जेठ २६ र २७ गते सप्पन्न भएको थियो ।