काठमाण्डौं। हामी र हाम्रो कृतिकाे आयोजनामा साहित्यकार शैलेन्द्र कुमार थापाको कृती ‘भाेगाइ‘ कृतिको
विमोचन गत ज्येष्ठ २० गते चिल्ड्रेन मोडर्न स्कुल बालुवाटारको सभाहलमा सम्पन्न भएको छ ।
कार्यक्रममा समूहका अग्रज सदस्यलाई सम्मान गराउने परिपाटी अनुरुप श्री सुरेश बैद्यको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा पूर्व मन्त्री साथै वर्तमान सभासद श्री गगन कुमार थापा र मुक्तक अभियन्ता साथै वरिष्ठ मुक्तककार श्री सुनिल अधिकारीले मुक्तकका विशेषताबारे समालोचना गरेका थिए ।
लीलाध्वज साहित्य प्रतिष्ठानका अध्यक्ष वरिष्ठ साहित्यकार श्री विजयध्वज थापाले साहित्यकार शैलेन्द्रले आफनो जीवन भोगाईलाई कृतिको रुपमा प्रकाशनमा ल्याउनुभएको पुस्तकले समाजमा आम मानिसलाई जीवनको विषयमा सहि जानकारी दिने बताउनुभयो ।
नेपाली साहित्यकारहरुलाई समूहमा एकजुट भएर नेपाली साहित्यलाई विकास र विस्तार गरि साहित्यकारहरुलाई राज्यबाट संरक्षण गरिनुपर्ने बताउनुभयो । हामी र हाम्रो कृति कार्यक्रमको संरचना र उद्देश्य बारे साहित्यकार मदन नेपालले जानकारी गराउनु भयो ।
कार्यक्रममा विभिन्न संस्थाका प्रमुख लगायत मुक्तकका अनुरागीहरुले सोहि पुस्तकबाट मुक्तक पनि वाचन गर्नु भयो । कार्यक्रममा साहित्यकार , पत्रकार र आम साहित्यप्रेमी हरुको उल्लेखनीय सहभागीता रहेको थियो ।