– दिलिप योन्जन तामाङ , हाल अमेरिका
नयाँ बर्ष पनि आउँछ जान्छ सधैं उमेर बढाएर
हासो खुसी कसरी मनाउ,आफ्नै उमेर घटाएर !
चाहाना कामना सबैको पुगोस,खै कसरी भनौं
सुख शान्ती कहिले आएन नयाँ बर्ष मनाएर !
हुनेलाई सधैं मोजमस्ती छ के नयाँ के पुरानो
अरुको हेरेर खै कसरी रमाउ नयाँ बर्ष सजाएर !
सबैको हासो र खुसी देख्छु आफ्नो सधैं पिडा
लाउने खाने छैन, खै कसरी मनाउ मनै जलाएर !
पोहोरको सावा ब्याज नतिर्दै नयाँ बर्ष आएछ
आउछ जान्छ नयाँ बर्ष आँखामा आसु छल्काएर !