रमेश केसी
विश्व भूराजनीतिका अध्येता डा. पराग खन्नाले समकालिन विश्वलाई बुझ्न तीन कुराहरुको आवश्यकता औल्याएका छन् । ति हुन भू–राजनीति, भू–अर्थनीति र भू–प्रविधी । यी तीनै कुरा बुझेका केभीन रुढले चीन अमेरिका द्वन्दको विवरण दिदै पुस्तक प्रकाशन गरेका छन । रुढ अस्ट्रेलियाका पूर्व पराराष्ट्र मन्त्री, पूर्व प्रधानमन्त्री र वर्तमान थिङक ट्याङ्क एसिया सोसाइटीका अध्यक्ष हुन । चीनीया भाषा मण्डारीनका ज्ञाता रुढ यी अमेरिका र चीन दुवै राष्ट्रको नेता र नीतिलाई नजीकबाट अध्ययन गर्ने चीन विशेषज्ञ हुन ।
उनको हालै प्रकाशित “द एभोइडेवल वार” पुस्तक त्यहि ज्ञानको साक्षी हो । अमेरिकाका प्राज्ञिक, सैनिक प्रतिष्ठानमा दिएका प्रवचनहरुको संकलन यो पुस्तकले आधुिनक चीन माओ देखि सी जीङपीङ सम्मको नेतृत्वको अध्ययन गरेक छ। उनको आकलन छ कि सीको चीन देङको चीन भन्दा फरक छ । सर्वोच्च नेता देङको “क्षमता लुकाई समय लेउ” भन्ने उक्ती भन्दा फरक “घरेलु रुपमा दमनात्मक र विदेश नीतिमा आक्रमक” बनेको निष्कर्ष निकालेका छन । चीन अमेरिका रणनीतिक साझेदारीबाट रणनीतिक प्रतिस्पर्धामा पुगेको ऊनी बताउछन । रुढको विश्लेषण छ कि चीन एक सभ्यतागत राष्ट्र हो । यसले वेष्टफेलियन प्रणालीको पश्चिमी राष्ट्रको अवधारणालाई चुनौती दिन्छ । चीनले आफुलाई “मध्य अधिराज्य” को रुपमा आफुलाई विशेष राष्ट्रको रुपमा लिन्छ । चीन अमेरिका सम्बन्ध केलाउदै जादा अमेरिकी राष्ट्रपति लिङकनको ह्वाइट हाउस सम्म पुग्न सकिन्छ । राष्ट्रपति लिंकनलाई चीनले पत्रचार गरेको थियो । आजको चीन पश्चिमीकरण भन्दा आधुनिकीकरणमा जोड दिन्छ । इसाई, यहुदी परम्पराको भन्दा आफ्नो कन्फुसीयाली मान्यताको कार्यान्वयन चाहन्छ । तर राष्ट्रपति सी मार्क्सवादी लेनिनवादी विश्व दृष्टीकोण राख्छन ।
चीन अमेरिका सम्बन्धले सन १९७२ मा अमेरिकी राष्ट्रपति रीचर्ड निक्शनले भ्रमण गरेपछि नयाँ गति लिएको हो । तत्कालिन साम्यवादी सोभियत संघलाई एक्लो पार्न साम्यवादी चीनलाई रणनीतिक रुपमा आफ्नो पक्षमा पार्न सफल भयो । चीनले अमेरिकाबाट विज्ञान, प्रविधि, व्यापार र वैदेशिक क्षेत्रमा सहयोग पायो । जसले चीनलाई द्रुत गतिमा विकास गर्न सहयोग गरयो ।
सन ९० को दशकसम्म चीन शान्त र सन्तुलित राष्ट्र थियो ।
अमेरिकी सहयोगमै राष्ट्रपति विल क्लिन्टनको पालामा विश्व व्यापार संगठनको सदस्य बन्यो जसले चीनलाई भुमण्डलीकरण सँग जोडयो । अमेरिकी नेता र नीति निर्माताहरु आर्थिक आधुनिकीकरणले चीनमा प्रजातन्त्र आउने विश्वास गरयो तर त्यसो भएन । तीयानमेन विद्यार्थी प्रदर्शन दमन गरीयो जो अब स्मृति मात्र बनेको छ । माओपछि सबैभन्दा शक्तिशाली बनेको सीको विचारधारालाई संविधानमा उल्लेख गरिएको छ । सी विचारधारा कम्युनिष्ट पार्टीको प्रभुत्व र सीको एकल नेतृत्व रहने उपाय हो ।
आधुनिक चीनको व्याख्या गर्दै रुढ सैनिक, आर्थिक र रणनीतिक मामलाको विस्तारले वर्तमानमा चीन विश्व व्यवस्थाको दाबी गर्ने राष्ट्र बनेको बताउछन । एसिया प्रशान्तबाट अमेरिकालाई धकेलेर अब दश वर्ष भित्र ताइवानको मुख्य भुमिमा एकिकरण गर्ने लक्ष्य लिएको छ । हरेक वर्ष चीनको सैनिक बजेट बढदो छ । हुन त वर्तमान अमेरिकी सैनिक बजेट चीनको भन्दा चार गुणा बढी छ । अमेरिकासँग प्रतिस्पर्धा गर्ने चीन आफु केन्द्रित एसिया बनाउन चाहन्छ । दक्षिण चीन समुन्द्रको विवादमा छिमेकी राष्ट्रहरुसँग चीन द्वन्दमा छ । पुर्वी समुन्द्र टापुहरुमा जापानसँग टकरावमा छ चीन भने हिमालय तर्फ लदाख र दोल्खामा भारतसँग सीमा विवादमा छ । यस्तो स्थितिमा चीनको उदयसँग एसियामा नयाँ समिकरण र सन्तुलन बन्दो छ ।
रुढ ती चीन विशेषज्ञ हुन जो विश्वका प्रमुख राजनेताहरुमा आफ्नो प्रभाव र सम्बन्ध राख्छन । तर उनी चीन अमेरिका द्वन्दलाई बेवास्ताकासाथ तीरस्कार गर्न सकिने बताउछन । उक्त अवधारणा पूर्व विदेश मन्त्री हेनरी किसीन्जरले ल्याएका थिए। उनका अनुसार चीनको उदयलाई व्यवस्थापन गरि एसिया प्रशान्त समुदाय बनाउनु पर्दछ । जसमा भारत पनि सामेल हुनेछ । चीनको उदय दोस्रो विश्व युद्धताका जर्मनी र जापान जस्तो हिंसायुक्त नहुन पनि सक्छ । तर निरंकुश बन्दै गएका कथित सम्राट सीको चीनबारे अहिल्यै नै भविष्यवाणी गर्न सकिदैन ।
चीन र अमेरिका आर्थिक रुपमा यस्तरी जोडीएका छन कि जसलाई छुटयाउन मील्दैन । यही अन्तरविरोधी चरित्रलाई हार्वडका प्रध्यापक ग्राहम एलीसनले थुसीडीडीस पासो नामाकरण गरेका छन । थुसीडीडीस प्राचीन ग्रीसका इतिहासकार हुन । उदाउँदो एथेन्सले स्थापित स्पार्टा राज्यलाई चुनौती दिदा उत्पन्न भएको द्वन्दलाई थुसीडीडस पासो भनिन्छ । अहिले उदाउदो चीनले स्थापित अमेरिकालाई दिएको चुनौतीसँग दाँजेका छन । उनले हार्वड विश्वविद्यालयमा यही पासोको अध्ययन गरे । जसका अनुसार विगत ५ सय वर्षमा संसारकामा १६ वटा यस्ता पासो भए । जसमा १२ वटामा युद्ध भयो भने ४ वटा शान्तीपुर्ण रहयो । यही अध्ययनको परिणाम स्वरुप उनले “डेस्टीन फर वार” भन्ने पुस्तक लेखे ।
चीन सोभियत संघको जस्तो होइन। सोभियत संघ आर्थिक रुपका कमजोर थियो भने चीन विश्वको नम्वर एक हुन गइरहेको छ । सैन्य रुपमा पनि चीन आधुनिकीरकरण तर्फ सक्रिय छ । कृतिम बुद्धिको विकासमा चीन ५ वर्षमा अमेरिकाको समकक्षमा पुग्ने छ । चीनले आणविक हतियार समेत समसामयिक बनाउदै गएको छ । चीन चीनीया चरीत्रको समाजवादसँगै सी विचारधारासँग जोडिएको छ । बेल्ट एण्ड रोड अभियान सीको महत्वपूर्ण सपना हो । जसबाट एसिया, यूरोप र अफ्रिकासँग चीनले आफुलाई जोडछ । हालसालै चीनले आफ्नो रणनीतिलाई बृक्स, संघाई कोअपरेशन मार्फत अगाडी बढाएको छ । यसै क्रमममा युक्रेन युद्धबाट थकित रुस पनि चीन तर्फ ढल्कीएको छ ।
समकालीन चीनमा राष्ट्रको पुर्नताजगी सँगै चीनीया सपना साकार पर्ने अवधारणा मार्फत जनतालाई एकबद्ध पारिएको छ । सन् १९४९ मा स्वतन्त्र भएको चीनलाई गुरिल्ला युद्ध मार्फत मुक्त तुल्याइएको थियो । यसै क्रममा सिंगापुरका ली क्वान युले चीनले कम्युनिष्ट पार्टी मार्फत युद्धमा एल्लो नदि पार गरेर क्रान्ति गरेकोले र यसै पार्टीले चीनलाई महाशक्ति बनाएको हुनाले उसलाई विश्व व्यवस्थाको दावेदार गर्न संगत हुने बताएका थिए ।
चीन विचारको पाखण्ड भन्दा व्यवहारमा जोड दिन्छ जसका लागी चीन शास्त्रीय युद्धकला, राज्यकला र समाजशास्त्रीय ज्ञानहरुले पूर्ण छ । राष्ट्रपति सी आफ्नो विचारधारा मार्फत जनतालाई सम्पन्न तुल्याउने र साँस्कृतिक पहिचान भएको राष्ट्र बनाउन चाहन्छन् । हालै सम्पन्न चीनीया जनकांग्रेसले यही कुराको अनुमोदन गरेको छ ।
चीनमा ४० वर्षसम्म निरन्तर १०% आर्थिक बृद्धि कम हुने आकलन पनि गरिएको छ । चीनमा युवाहरुको भन्दा बृद्धहरुको जनसंख्या बढने अध्ययनहरुले देखाएको छ । चीनको उदय यहुदी र इसाई भन्दा फरक सभ्यताको उदय हो । १७औं शताब्दीको आफ्नो गौरव र शक्ति फर्काउन चीन लागेकाले पश्चिमाहरु चिन्तीत छन् ।जसलाई सभ्यताको द्वन्द पनि भन्न सकिन्छ ।
मध्यपूर्वबाट एसियामा आफ्नो रणनीतिक संलग्नता बढाउदै राष्ट्रपति बराक ओबामाले एसिया पिभोटको निती ल्याएका थिए । जसलाई वर्तमान प्रशासनले निरन्तरता दिएको छ । चीनको उदयलाई रोक्न अहिले इन्डो प्यासेफिक रणनीति सक्रिय छ जसमा भारत अमेरीका जापान र अष्ट्रेलिया आदि छन् ।
शीत युद्धको आरम्भको दिनमा सोभियत संघलाई रोक्न अमेरिकी कुटनितिज्ञ जर्ज केनानले मास्कोबाट लामो केवल तार वाशिङटन पठाएका थिए । अहिले चीनको उदयले त्यस्तै अवस्था ल्याएको छ । सि जिङपीङको चीनले सन २०३० सम्ममा द्वन्द सृजना गर्न सक्ने आकलन रुढले गरेका छन् । यस्तै चीन्तन र चिन्ताले भरिएको पुस्तक हो यो ।
पुस्तक : द एभोइडेवल वार
लेखक : केभीन रुढ
प्रकाशक : एन एसिया सोसाइटी इन्सिटीच्यूट पब्लीकेशन
पेज : ८७