प्रोफेसर सान क्रोटी ला जोला ईन्स्टिच्युट फर इम्युनोलोजी ,सेन्टर फर इन्फेक्सियस डिजिज एन्ड भ्याक्सिन रिसर्च , क्रोटी ल्याबका प्रोफेसर हुन । अहिलेको एमआरएनए भ्याक्सिन तथा कोभिड बारे MedCram.com मा दिइएको प्रोफेसर सान क्रोटिसंग लिइएको अन्तर्वार्ता यहाँ प्रस्तुत छ।
अनुवाद : क्रान्ति सुब्बा
प्रश्न १- सार्स-कोभिड -२ को बारेमा तपाईंले गरेको नौलो खोज के छ?
डाक्टर क्रोटी- पहिलो कुरा मानिस भित्र के यो भाइरसबारे इम्युन मेमोरी हुन्छ कि हुन्न? अथवा यो मेमोरी भनेको के हो ? बुझ्न जरुरी छ। इम्युन मेमोरीले झन्डै हाम्रो दिमागको स्मरण शक्तिले जस्तै काम गर्छ। दिमागले जस्तै तपाईंको रोग प्रतिरोधात्मक प्रणालीमा हुने स्मरण शक्तिले पहिला देखेको कुरालाई संझन र खुट्याउन सक्दछ। तीन वटा प्रमुख तत्व मिलेर इम्युन मेमोरी बनेको हुन्छ।
१. एन्टी बडी
२. हेल्पर टि सेल
३.किलर टि सेल
१.एन्टी बडीको क्षमता मानव कोष बाहिर बलशाली हुदछ। यसले कुनै पनि भाइरसलाई मानव कोषभित्र छिर्न बाट रोक्दछ। यसर्थमा भाइरसलाई हाम्रो कोषभित्र छिर्न नदिने कार्यमा यो अहोरात्र खटिएको हुन्छ। एन्टीबडी बि सेलबाट बनेको हुन्छ। जसलाई मेमोरी बि सेल पनि भनिन्छ।वास्तवमा मेमोरी बि सेलले एन्टीबडी उत्पादन गर्दछ। एन्टीबडी हाम्रो रगतमा बग्ने गर्दछ।
२.तर हाम्रो कोषभित्र पसेर भाइरसले संक्रमण गराइसकेको छ भने हेल्पर टि सेलको काम आउदछ। संक्रमित सेललाई व्यवस्थापन गर्ने काम टि सेलको हो।
हामीले कोभिड -१९ का पुर्व रोगीमाथी यी चार किसिमका इम्युन मेमोरी हुन्छ कि हुन्न भनेर अनुसन्धान गर्दा ९५ प्रतिशत पुर्वसंक्रमितमा इम्युन मेमोरिको उपस्थिति मजबुत पाइयो।
प्रश्न २- सार्स कोभिड – २ चाहिँ २५ अथवा २८ वटा प्रमुख प्रोटिन मिलेर बनेको हुन्छ ? र फाइजर, वायोएनटेक, मोडेर्नाका वैज्ञानिकले भाइरसको एउटा स्पाइक प्रोटिनबाट एम आर एन ए ( mRNA) निकालेका हुन अथवा एउटा स्पाइक प्रोटिन एउटा कि धेरै प्रोटिन मिलेर बनिएको हुन्छ?
डाक्टर क्रोटी : यो एउटै प्रोटिनले बनेको हुन्छ। एउटै प्रोटिनको तीन वटा कपि एउटा आर एन ए मा बाधिएर बसेको हुन्छ।
प्रश्न – किन दुइटै कम्पनीले स्पाइक प्रोटिनलाई नै प्रयोगमा ल्याइयो यो खोप बनाउनको लागि ?
डाक्टर क्रोटी: अहिले संसारमा करिब २९ वटा लाइसेन्स प्राप्त मानव भ्याक्सिन कम्पनीहरु छ्न ती सबैले प्रोटेक्टिव एन्टिबडी रेस्पोन्सको आधारमा काम गर्दै छ्न। भ्याक्सिन निर्माणको लागि द्रुत गतिमा अघि बढ्दा सर्वप्रथम भाइरसको सतहमा भएको प्रोटिनको विरुद्धमा कसरी प्रभावकारी एन्टीबडी बनाउन सकिन्छ भन्ने कुरामा नै लाग्नु पर्ने हुन्छ। किनकि भाइरसको सतहमा भएको प्रोटिनलाई एन्टीबडिले बाँधेर राख्ने गर्दछ । यसो भनौं एन्टिबडीले सम्पूर्ण भाइरसलाई नै छोप्दछ जस्ले गर्दा भाइरसले केहि गर्न सक्दैन । पहिलाको कोरोना भाइरसको हकमा भने पहिलाको भाइरसको सतहमा दुई भन्दा बढी प्रोटिन हुने गर्दथ्यो। तर मुख्य कुरा चै स्पाइक प्रोटिन नै हो एन्टी बडीको मुल निसाना । मुलत: भाइरस प्रोटिनलाई प्रभावशून्य तुल्याउने कुरामा एन्टि बडिको विशेष महत्त्व छ। अहिलेको सार्स कोभिड २ को मामलामा पनि यहि कुरा लागू हुन्छ।
र रोग प्रतिरोधात्मक प्रणाली अन्तर्गत मुल तीन संयन्त्र हुन्छन् १.एन्टीबडी २. संहारक टि सेल (killer T cells) ३. सहयोगी टि सेल ( helper T cells)
भाइरसले एन्टीबडीको घेरा तोडेर कोषभित्र छिरेमा टि सेल स्वत: सक्रिय हुदछ। तर टि सेलले स्पाइक प्रोटिनलाइ नचिन्न पनि सक्छ अरु पच्चीस वटा प्रोटिन मध्येमा कुनैलाई चिनेतापनि । कोभिड रोगीमाथि यसै विषयलाई लिएर वैज्ञानिकहरुले पहिलो चोटि अध्ययन गरेका थिए । के संक्रमितको शरीरले टि सेल बनाउन सक्दछ जसले स्पाइक प्रोटिनलाई चिन्न सक्दछ? संक्रमितको शरीरले प्रशस्त टि सेल उत्पादन गरेको पाइयो र जसले स्पाइक प्रोटिनलाई पनि खुट्याउन सकेको देखियो। यो एउटा राम्रो संकेत थियोे भ्याक्सिनको विकासको लागि ।
प्रश्न: भाइरसले आफ्नो रुप बदली रहने ( म्युटेसन) गर्दछ । तर यो भाइरसले स्पाइक प्रोटिन बिना संक्रमण गराउन सक्दछ?
डा.क्रोटी : स्पाइक प्रोटिन बिना यो भाइरसले कुनै पनि किसिमको हानी गर्न सक्दैन । तर भाइरसको कुन चाहिँ अंशबाट म्युटेसन भैरहेको हुन्छ त्यो जग्गा खुट्याउन शरीरको एन्टी बडिलाइ कठिन पर्छ कुनै बेला । त्यसैले फ्लु चाहिँ एउटा ठुलो समस्या हो किनकि भाइरसले आफ्नो स्वरुप कसरी बदल्छ थाहा हुन्न। तर सबै भाइरस समान हिसाबले म्युटेट हुदैनन् जस्तै मिजल भाइरस भ्याक्सिनले ७०वर्ष देखि काम गरिरहेछ । त्यो भाइरस आफ्नो रुप बदलेर बाहिर जान सकेको छैन । पोलियो, हेपाटाइटिस बी भाइरसको हालत पनि तेस्तै छ। पहिलाको दायरालाई तोडेर बाहिर जान सकेका छैनन् । यसको अर्थ ९५ प्रतिशत मानिसमा यस्तो एन्टिबडी हुन्छ जसले त्यस्तो भाइरसलाई तथस्ठ तुल्याउन सक्छ । कथम भाइरसको एउटा म्युटेसन स्वरुप उम्किहालेता पनि त्यसले एन्टीबडीको घेरालाई तोडेर जान सक्दैन । किनकी प्रत्येक मानिसले बहुप्रकारको एन्टीबडि बनाउने भएकोले एउटा न एउटाले त्यसलाई समन गरि हाल्छ।
प्रश्न : वैज्ञानिकहरुले स्पाइक प्रोटिनको एउटा शिरा एम आर एन ए (स्ट्रेन) निकाल्न सफल भएकाछ्न र त्यसलाई लिपिड नानो पार्टिकल भित्र अनुबन्ध गरेकाछ्न। यो कसरी संभब भयो?
डाक्टर क्रोटी : वास्तवमा आरएनए भनेको हाम्रो शरीरमा हुने एउटा सामान्य मोल्क्युल हो र सबै सजिव चिजले आरएनएलाई एउटा दुत ( मेसेन्जर) को रूपमा प्रयोग गर्छ। एउटा सेलभित्र कम्तीमा पाँच हजार आर एन ए हुन्छ्न र प्रत्येक आरएनएले फरक फरक सूचना बोकेको हुन्छ। तर आरएनएको आयु छोटो हुन्छ। यो अल्पकालको लागि मात्र अस्तित्वमा रहन्छ। त्यसै प्रकारले आरएनए भ्याक्सिन पनि अल्पायु कै हुने गर्छ। भ्याक्सिन मार्फत यो हाम्रो सेलभित्र जान्छ र हाम्रो रोग प्रतिरोधात्मक प्रणालीलाई निर्देशन दिन्छ। र यो समाप्त हुने गर्दछ। सिरिन्जमार्फत यो सेलभित्र छिरेपछि यस्मा भएको सूचना तुरुन्त पढिनु पर्छ अन्यथा यो तुरुन्तै नष्ट भएर जान्छ।
प्रश्न : यो एमाआरएनए भ्याक्सिन लिपिड नानो पार्टिकलको रूपमा हाम्रो शरीरमा प्रबेश गर्दा के यो पाखुराको मांसपेशीमा जान्छ कि कता?
डाक्टर क्रोटी : हजुर ! निश्चित रूपमा यो मसल सेल भित्र नै जान्छ। र वैज्ञानिकहरु अझै अध्ययन कै क्रममा छ्न कि कुन सेलमा जाने गरि यो भ्याक्सिन प्रयोग गर्यो भने प्रभावकारी हुन्छ।अहिले चाहिँ यो भ्याक्सिन प्रयोग हुने सेल भनेको मसल सेल नै हो।
प्रश्न : हाम्रो शरीरभित्र भ्याक्सिन मार्फत छिरेको एमआरएनए कति लामो समय सम्म रहन्छ?
डाक्टर क्रोटी : एमआरएनएलाई हाम्रो शरीरले बारम्बार अध्ययन गर्दछ। यस क्रममा यसले अनगिन्ती स्पाइक प्रोटिन निर्माण गर्दछ। र आफुलाइ सेलको उपरी तहमा अभिव्यक्त गर्दछ फलस्वरूप हाम्रो शरीरको इम्युन सिस्टम उत्तेजित हुने गर्दछ। केहि एम आर एन ए एक मिनेट देखि घन्टासम्म सजिव रहदछ। यो आर एन ए भ्याक्सिन स्थिर रहनको लागि बनाइएको हो। र बढीमा केहि दिन सम्म जिउदो रहन सक्छ।
प्रश्न : एजोभेन्टको प्रयोग भ्याक्सिनमा किन गरिन्छ ?
डाक्टर क्रोटी : हाम्रो इम्युन सिस्टमले कतिपय कुरालाई राम्रो संग स्मरण गर्दछ भने कतिपय कुरालाई पुरै नकार्दछ ।।एजोभेन्ट्ले इम्युन सिस्टमलाई शरीरमा छिर्न लागेको यो चिज चाहिँ खतजनक छ है भनेर सम्झाउने काम गराउदछ। यसको लागि यथेष्ट शक्तिको जोहो गर र यसलाइ स्मरणमा राख भन्ने गर्दछ। भ्याक्सिनद्वारा प्रोटिन मात्र हालेर इम्युन सिस्टमले कुनै रेस्पोन्स दिनेवाला छैन । त्यसैले एजोभेन्ट चाहिँ इम्युन सिस्टमलाई उत्तेजित गराउनको लागि भ्याक्सिनमा प्रयोग गरिन्छ। तर एमाआरएनए भ्याक्सिनको चाहिँ आफ्नै खाले उत्तेजक पदार्थ भएकोले एजोभेन्टको दरकार परेन ।
प्रश्न : के अब एमआरएनए टेक्नोलोजी नै भविस्यको भ्याक्सिन निर्माणमा प्रयोग गरिन्छ त?
डाक्टर क्रोटी : अहिलेसम्मको परिणाम ज्यादै उत्साहजनक छ। मानव इतिहासमा नै यो पहिलो चोटि हो एउटै क्यालेन्डर वर्षभित्र भ्याक्सिन उत्पादन गरिएको। त्यो पनि तीन वटा चरणको परिक्षणमा उत्तीर्ण भएर। र यो भ्याक्सिनले ९५% प्रभावकारिता दर्शाएकोछ। ज्येष्ठ नागरिकमा र गम्भीर रोगको विरुद्धमा पनि यसको प्रभावकारिता अति राम्रो छ। यो एउटा ठुलो जित हो। अरु भ्याक्सिन टेक्नोलोजीका पनि आफ्नै खाले सकारात्मक पक्ष छ्न । तर स्पिडको मामलामा भने यसलाई जित्ने कुनै भ्याक्सिन छैन । २० वर्ष लाग्दछ एउटा भ्याक्सिन बनिन । तर १० महीनाभित्र ७० हजार डोज भ्याक्सिनलाई परिक्षणमा लगेर पुर्ण सफल तुल्याउनुले यो भ्याक्सिनको उज्ज्वल भविस्य छ भन्न सकिन्छ ।
प्रश्न: अस्ट्राजेनेकाले प्रयोग गरेको डिएनए चाहिँ कस्तो हो?
डाक्टर क्रोटी : अस्ट्राजेनेका र जोन्सन एण्ड जोन्सनले प्रयोग गरेको भाइरल भेक्टर हो। भाइरल भेक्टर वास्तवमा एडोना भाइरस हो जसलाई उनिहरुले सूचना संवाहकको रूपमा प्रयोग गर्छन् हाम्रो सेलभित्र । भाइरल भेक्टर पनि एमआरएनए जस्तै अस्थायी तत्व हो जो हाम्रो शरीरको अंश बन्दैन । शरीरमा बस्दैन। यो भाइरसको डिएनए हो हाम्रो शरीरको डिएनए होइन। यो भाइरल भ्याक्टर अर्थात एडोनो भाइरस कब्जामा आइसकेको भाइरस हो। फेरि एडोनो भाइरस बन्न सक्दैन। यसले यसको स्वचालित क्षमता गुमाइसकेको हुन्छ।