बिराटनगर। राउण्ड टेबल नेपाल अन्तर्गत रहेको विराटनगर सेंट्रल राउण्ड टेबल १५ ले मोरङको रंगेली नगरपालिका स्थित रहेको श्री महर्शी मेही आधारभुत विद्यालयलाई पन्ध्र लाख बराबरको सहयोग गरेका छन् । उक्त रकमले सो बिद्यालयमा शैचालय र कम्पाउन्ड वाल निर्माण गरी हस्तान्तरण गरेको बिराटनगर सेंट्रल राउण्ड टेबल १५ का अध्यक्ष सुमित गोयलले बताएका छन्।
राउण्ड टेबलले सो विद्यालयमा वहुवर्ष योजना अन्तर्गत १ करोड रुपैयाँभन्दा बढीको लगानी गरी सकेको छ, र तेही क्रम मा अहिले पन्ध्र लाखको सहयोग गरेको हो ,राउण्ड टेबलले हरेक वर्ष उक्त बिद्यालयमा सहयोग गर्दै आएको बिद्यालय परिवारले जानकारी दिए। राउण्ड टेबलले हाम्रो बिद्यालयमा अहिलेसम्म १ करोडभन्दा बढीको लगानी गरिसक्नु भएको छ र आवशयकता अनुसार हरेक बर्ष सहयोग गर्ने समेत उहाहरुले प्रतिबद्धता गर्नु भएको छ बिद्यालयका प्रअ लखन राजबंशीले हिपमत डटकमलाई बताए।
सोमबार सो विद्यालयको परिसरमा एक कार्यकमको आयोजना गरी निर्माण सम्पन्न शैचालय र कम्पाउन्ड वाल हस्तानान्तर गरेको थियो । राउण्ड टेबल नेपालका अध्यक्ष आनन्द बाहेती, रंगेलि नगरपालिका उपमेयर भूमा पराजूलीले संयुत्त रुपमा हस्तानान्तर गरेका थिए ।
हस्तानान्तरण कार्यक्रममा राउण्ड टेबल नेपालका अध्यक्ष आनन्द बाहेती, रंगेलि नगरपालिका उपमेयर श्रीमती भूमा पराजूली, बिद्यालयका प्रधानध्यापक, शिक्षक लगायत स्थानियहरुको उपस्थिीती रहेको थियो ।